भूगोल र मन जोड्न मनोजको सन्देश: सुनसरी–१ मा प्रतीकात्मक पैदल यात्रा सुरु

  • फागुन १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य बहादुर भट्टराई (मनोज) को सचिवालय टिमले बुधबार बिहानदेखि प्रतीकात्मक पैदल यात्रा सुरु गरेको छ।

धरान–१४ स्थित विजयपुर दरबार बाट प्रारम्भ गरिएको यात्राले उम्मेदवार भट्टराईको चुनावी नारा—“सुनसरी क्षेत्र नम्बर १ को भूगोल र मन जोड्न मेरो उम्मेदवारी”—लाई व्यवहारमै उतार्ने सन्देश दिएको सचिवालयले जनाएको छ।

सचिवालय सदस्य जनकऋषि राईका अनुसार पहिलो दिनको यात्रा बुढासुब्बा मन्दिर, दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर, धरान पुरानो बजारस्थित जामा मस्जिद धरान, धरान–१८ को धरान–१८ गुम्बा, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थल हुँदै विष्णुपादुका मन्दिर सम्म पुग्नेछ। त्यहाँबाट टोली बराहक्षेत्र पुगेर पहिलो दिनको कार्यक्रम टुंग्याउनेछ।

दोस्रो दिन बराहक्षेत्र मन्दिर बाट यात्रा सुरु भई रामधुनी मन्दिर पुगेर पुनः धरान फर्किएपछि समापन गरिने कार्यक्रम छ।

राईका अनुसार “भूगोल” ले सुनसरी–१ अन्तर्गत पर्ने धरान, बराहक्षेत्र नगरपालिका–१ देखि ५ र रामधुनी नगरपालिका–६ र ७ लाई जोड्ने सन्देश दिन्छ। “मन” ले हिन्दु, किरात, बौद्ध, इस्लाम र इसाई धर्मावलम्बीका आस्थास्थलमा पुगेर सम्मान प्रकट गर्दै धार्मिक सद्भाव र एकता सुदृढ गर्ने उद्देश्य बोकेको छ।

पैदल यात्रामार्फत उम्मेदवार भट्टराईले भौगोलिक दूरी मात्र होइन, विविध समुदायबीचको भावनात्मक सम्बन्धसमेत सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको सचिवालयले जनाएको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved