धरान / सुनसरीको धरानलाई कार्यक्षेत्र बनाएर काम गर्ने सञ्चारकर्मी स्थानीय सरकारका प्रमुखबाटै असुरक्षित भएको भन्दै गृहमन्त्रालाई गुहारेका छन् । मेयर साम्पाङ र उहाँका समर्थकहरुले सञ्चारकर्मीमाथि लगातार गरेको दुव्यवहारपछि असुरक्षित भएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत गृहमन्त्रालाई ज्ञापनपत्र बुझाएको हो । सोमबार ज्ञापनपत्र बुझाउन जाँदा धरानका मात्र सञ्चारकर्मी थिएनन् । नेपाल पत्रकार महार्सघ सुनसरीसहित कोशी प्रदेश पत्रकार महासंघ विराटनगरका सञ्चारकर्मीहरु समेत आएका थिए । धरानमा मेयर र उहाँका समर्थकबाट नै असुक्षित भएको महसुस भएपछि प्रेस स्वतन्ताको प्रत्याभूतिको माग गर्दै जिल्ला प्रश
विजयपुर/ धरानमा तीन हप्तादेखि जारी आठौं वास्केटवल ट्यालेण्ट हण्ट तथा ट्रेनिङ क्याम्प आज शनिवार समापन भएको छ । धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राबिधिक तथा धरान उपमहानगरपालिकाको संयोजनमा वैशाख ९ गतेदेखि शुरु भएको थियो । उक्त बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प मा धरान उपमहानगरपालिकाका उप–मेयर आइन्द्र विक्रम वेघाको प्रमुख आतिथ्यतामा समापन भएको हो । गत सालमा एसइइ दिएर बसेका विद्यार्थी तथा बास्केटबल खेल्न इच्छुकहरु लाई लक्षित गरि आयोजित ट्यालेन्ट हन्टमा धरानभरिका विभिन्न स्कुल तथा कलेजबाट ६० जना विद्यार्थीहरुले सहभागिता जनाएका थ्एि । समापन कार्यक्रमलाई
विजयपुर / धरान उपमहानगरपालिका वडा नं. २ को सिंहदेवी मार्गदेखि गीतमन्दिर जाने बाटो छेउमा जहिल्यै सडक भत्किन्छ । यो सडक ६ – ६ महिनामा टालटुल गरिएको पाइन्छ। गुणस्तरहीन सडक निर्माण भएकोले सडक भत्किरहने समस्या हुने गरेको स्थानीयहरु बताउँछन्। यस बर्ष पनि सडक बोर्ड नेपालले स्थानीय सरकारलाई सडक निर्माणका लागि दिएको रकमले यो सडक टालटुल गरिदैछ ।बोर्डले धरानका विभिन्न स्थानका सडक स्तारोन्नतिका यस बर्ष लागि १ करोड १५ लाख रुपैया प्रदान गरेको छ। उपमहानगरपालिकाले ३० प्रतिशत थपेर धरानका चारवटा बाटोलाई स्तरोन्नति गर्ने काम गरेको हो । सडक स्तारोन्नतिमा धरान १४ विजयपुरदेखि पञ्चकन
धरान / किरात राईहरुले महान चाड साकेला उभौली वैसाख पूर्णिमा देखि धुमधाम मनाइरहेका छन् । राई भित्रको पनि किरात सुच्चा राईले उभौलीको पञ्चमी तिथिर्मा पितृको सम्झना गर्दै थानमा पूजा अर्चना गरेर मनाएका छन् । यो दिन उनीहरुले होमेबाजे (पुजारी बाजे) बाट आवश्यक सामाग्री तर्जुमा गर्छन । त्यसपछि ढुंगा र रुखको थानमा सामग्री राखी होमेबाजबाट गर्ने गरिन्छ । प्रदेश १ का धरान, सुनसरी, इलाम, पाँचथर, मोरङका सुच्चा राईहरुले सामुहिक पूजा गरेका थिए ।कार्यक्रममा प्रमुख अथितिको रुपमा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष एवम् अर्थविद् जित्पाल किरातको समेत उपस्थिति रहेको थियो । परिव
धरान / सुनसरीका सञ्चारकर्मीमाथि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गरेको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ सुनसरीले आन्दोलन गर्ने भएको छ ।महासंघका अध्यक्ष जनकऋषि राई र सचिव धु्रव ढकालले विहीबार संयुक्त विज्ञप्ती प्रकाशित गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेको हो । घोषित कार्यक्रम अनुसार मेयरले सञ्चारकर्मीमाथि गरेको दुव्र्यवहारविरुद्ध वैसाख २९ गते शुक्रबार जिल्ला प्रशासन कार्यालय सुुनसरीमार्फत गृहमन्त्रालयलाई ज्ञापनपत्र बुझाउने, वैसाख ३० गते शनिवार सुनसरीबाट प्रकाशित पत्रपत्रिका र अनलाइन पोर्टलहरुमा एउटै नारा प्रकाशन ÷प्रशारण गर्न अनुरोध गर्ने, वैसाख ३१ गते आइतबार सबै पत्रकारहरु
मोरङ/ प्रहरीले खोजी कार्यलाई तिब्रता दिएसँगै मोरङ प्रहरीले ठूलो संख्यामा लुटपाटमा संग्नहरुलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न समयमा लुटपाट गरी फरार रहेका १८ जनालाई पक्राउ गरेको हो ।जिल्ला अदालत मोरङको २०७१ चैत १७ गते र २०७५ कात्तिक १८ गतेको फैसलाबाट क्रमशः लुटपाट र कुटपिट मुद्दामा दोषी ठहर भएकाहरू र फरार रहेकाहरुलाई प्रहरीले पक्राउ गरकेो हो । इलाका प्रहरी कार्यालय रंगेलीले बुधबार उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका–४ बस्ने ४० वर्षीय रमेश ऋषिदेव, ३५ वर्षीया अकालदेवी ऋिषिदेव,५० वर्षीय मानिकचन ऋिषिदेव,६० वर्षीय फागुलाल ऋषिदेव,४० वर्षीया लिलमदेवी ऋषिदेव, ५५ व
मोरङ / नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले प्रलोभनमा परेर धर्म परिवर्तन गर्न नहुने बताएका छन् । मोरङको सुन्दरहरैंचा स्थित सलकपुरमा निर्माण भएको पाथिभरा देवीमाताको मन्दिर उद्घाटनमा कोइरालाले संविधानमा र्नै प्रलोभनमा धर्म परिवर्तन गर्न नपाइने उल्लेख गरिएको बताए उनले “सनातनकालदेखि मान्दै आएको धर्म र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने, राष्ट्रिय जनावर गाई र तेस्रो महत्वपूर्ण कुरा प्रलोभनमा धर्म परिवर्तन गर्न पाइँदैन यदि कसैले गरे दण्डनीय हुनेछ भनेर विधानमै उल्लेख रहेको बताए । कोइरालाले आफूलाई पनि डाक्टर अध्ययन सकेपछि धर्मपरिवर्तनका धेरै प्र
धरान / स्थानीय सरकारले स्वास्थ्य, शिक्षासँगै स्वरोजगारमूलक तालिमलाई समेत प्राथमिकतामा राख्न थालेका छन् । विशेष गरी स्थानीय सरकारले दलित, अल्पसंख्यक, आदिवासी जनजाति तथा महिला लक्षित स्वरोजगार तालिमको आयोजना गर्ने गरेका छन्। यसै क्रममा महिलाहरुलाई सीपमुलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यले धरान उपमहानगर पालिका वडा नं. १६ बजेट नै छुट्याएर मखमली जुत्ता बनाउने तालिम दिएको छ । एक हप्ते महिला लक्षित स्वरोजगार तालिममा महिलाहरुको उल्लेख्य सहभागिता रहेको छ । धरान उपमहानगरपालिका वडा नं. १६ ले वडामा रहेका महिलाहरुलाई लक्षित गरी मखमली जुत्ता बनाउने तालिम दिएको हो । वैसाख २७ देखि जेष्ठ २ गतेसम्म सञ्चा
मोरङ/ विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट लैंगिकमैत्री बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्। लैंगिक विभेदमा आधारित हिंसा रोकथाम प्रतिकार्य परियोजनाको कार्यक्रममा बोल्ने अधिकांशले महानगरले बनाउने बजेट लैंगिकमन्त्री हुनुपर्नेमा जोड दिएका हुन् । युएनएपीए, आइपास नेपाल र भिएसओको सहयोगमा विराटनगर महानगरपालिकाले आयोजना गरेको कार्यक्रम एवीसी नेपाल,सीएमसी नेपाल र कोकनले सहकार्य गरेका थिए । कार्यक्रममा एवीसी नेपालकी कोशी प्रदेश संयोजक विष्णु शर्माले महानगरले लैंगिक हिंसाका क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको बताइन् । उनले आगामी आर्थिक वर्षको बजेट लैंगिकमन्त्री बनाउन सुझावसमेत दिइ
मोरङ / विराटनगरका अधिकांश मासु पसल सञ्चालकले तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएको छ । विराटनगर महानगरपालिकाले गरेको अनुगमनका क्रममा तोकिएको मापदण्डविपरीत मासु पसल सञ्चालन गरेको पाइएको हो । आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे नेतृत्वको टोलीले मंगलबार विराटनगर ८, ९ र १० वडा नम्बरमा सञ्चालित आधा दर्जनभन्दा बढी मासु पसलको अनुगमन गर्दा यस्तो पाइएको होे । संयोजक घिमिरेका अनुसार अनुगमनका क्रममा कतिपय पसलले वध गर्ने र बिक्री कक्षसँगै रहेको, राम्ररी सिसा नलगाएको, झिंगा भन्किएको भेटिएको थियो । उपभोक्ताले सफा,स्वच्छ मासु उपभोग गर्ने अधिकार भए पनि अनुगमन नहुदा मासु पसल सञ्चालकहरुले