धरान/ एभरेष्ट चिल्ड्रेन होम स्कुल,धरान – ६ का बिद्यार्थीहरुले पढाईकाे अलबा अतिरिक्त क्रियाक्लापहरुमा समेत दख्खल राख्ने गरेका छन् ।
अतिरिक्त क्रियाक्लापमा नगर र जिल्ला स्तर सम्म विद्यार्थीहरुले उत्कृष्ट स्थान ल्याएर विजयी हुँदै आएका छन् ।
अतिरिक्त क्रियाक्लापहरुका लागि एभरे्ष्टले विशेष प्राथमिकता समेत दिने गरेकाले पनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरुले आफ्नो प्रतिभालाई खुलेर प्रस्तुती दिन सक्छन् ।
गायन,नाटक,नृत्य,हाजिरी जवाफ,खेलकुद,निवन्ध लगायत अन्य विद्याहरु जो विद्यार्थीमा लुलेको प्रतिभा हुने गरेको छ , त्यो प्रतिभालाई स्कुलले प्लेफर्म दिएर उनीहरुको लुकेको प्रतिभालाई बाह्रय ल्याउन सहयोग गर्दै आएको छ ।
भदौ २८ गते एभरेष्टले आफ्नो १७ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा त्यहाँ उपस्थित अभिभावक,प्रमुख अतिथी, अतिथी लगायतलाई भरपुर मनोरञ्जन दिलाएका थिए । गायन,नृत्य,संगीत ,मोडलिङ,सान्ससका विद्यार्थीले् बनाएको सामाग्री प्रदर्शन,नाटक लगायत अतिरिक्त क्रियाक्लापहरुद्धारा मनोरञ्जन दिलाए ।
आफ्ना छोरा छोरीहरुले पढेको स्कुलमा अभिभावकले प्रस्तुती हेर्न पाएर खुशीले गदगद भए ।
अभिभावकहरुले उक्त कार्यक्रममा सन्देश समेत लिन पाउने अवसर पाएका थिए । बिद्यार्थीहरुद्धारा प्रस्तुत गरिएको नाटकले सन्देश दिएको थियो ।
मोबाइलको प्रयोगले आफ्नो घर परिवार र छोरा छोरीमा कस्तो असर पुगेको छ र अभिभावकले कस्तो भुमिका खेल्न सक्नु पर्छ भन्ने नाटकमा प्रस्तुत गरिएको छ ।
उक्त नाटकको लेखन शिक्षक चेतन खतिवडा,निर्देशन बालकृष्ण लिम्बू र चेतन खतिवडाले गरेका थिए ।
नाटकमा विद्यार्थी निशान विश्वकर्मा,लोचना सिग्देल,शौरब कार्की र हिमा घिमिरेले अभिनय गरेका थिए ।
हेर्नुहोस् नाटक: