धरान/ सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीस्थित बुढी खोलाको पुल नजिकबाट प्रहरीले १०७ दशमलव ४५ ग्राम ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरेको छ। लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका–१ नोचा टोलका २५ वर्षीय जमालउद्दिन मियाँ र सोही स्थानका २५ वर्षीय इमदाद मियाँलाई आइतबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट १०७ दशमलव ४५ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्याल
धरान/ सुनसरीमा प्रहरीले एकैदिन सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन किशोरसमेत रहेका छन्। उनीहरूको साथबाट करिब पाँच ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। शनिबार बिहान करिब ११ बजे इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले कोशी गाउँपालिका–१ लौकही बजारमा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ भी ०७८४ नम्बरको मोटरसाइकललाई शङ्काका आधारमा रोकी जाँच गर्दा सिटमुनि लुकाएर राखिएको १.८२ ग्राम ब्राउन सुगर बरामद गरेको थियो। उक्त घटनामा मोटरसाइकल चालक कोशी गाउँपालिका–६ का ४० वर्षीय सुरेन्द्र महतो पक्राउ परेका
काठमाडौं । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारमाथि शनिबार मध्यराति आएको बाढीले थप विपत्ति निम्त्याएको छ। बाढीबाट जोगिन सुरक्षित स्थानतर्फ लाग्ने क्रममा काँधमा जेब्रा झोला बोकेर हिँडिरहेको एक सानो बालकको तस्बिर सार्वजनिक भएपछि त्यसले सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलेको छ। उक्त तस्बिर सामाजिक सञ्जालमा साझा गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले बालकलाई आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। साम्पाङले फेसबुकमा लेखेका छन्, यो बालकलाई मैले मेरो व्यक्तिगत तर्फबाट रु. ५० हजार सहयोग गर्ने भएँ। ति
धरान/ सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष करिब ३५ हजारभन्दा बढी वनजन्य, नगदे तथा बहुवर्षीय प्रजातिका बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको छ। विसं २०७९ देखि सञ्चालनमा ल्याइएको नर्सरीबाट उत्पादन गरिएका बिरुवाको माग वर्षेनि बढ्दै गएको कार्यालयले जनाएको छ। सबडिभिजन वन कार्यालय रामधुनीका वन सहायक काजी आचार्यका अनुसार नर्सरीमा खयर, ज्याकाराण्डा, बेल, सिसौ, अमला, अर्जुन, कागती, तेजपत्ता, अम्बकलगायत विभिन्न प्रजातिका बिरुवा उत्पादन गरिन्छ। तीमध्ये केही बिरुवा चालु वर्ष उत्पादन गरिएका हुन् भने केही बहुवर्षीय बिरुवालाई अघिल्ला वर्षदेखि संरक्षण गरी हुर्काइँदै आएको उनले जान
सुनसरी/ पूर्वी पहाडी तथा तराईका क्षेत्रमा भइरहेको लगातारको वर्षाका कारण सप्तकोशी नदीको जलसतहमा तीव्र वृद्धि भएपछि सम्बन्धित निकायले ब्यारेज आसपास तथा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पछिल्लो मापनअनुसार सप्तकोशी ब्यारेजमा पानीको बहाव बढेर प्रतिसेकेन्ड १ लाख २६ हजार क्युसेक पुगेको छ, जुन सामान्य अवस्थाको तुलनामा निकै बढी हो। यसअघि चार घण्टा अगाडिको मापनमा बहाव १ लाख २५ हजार १ सय १० क्युसेक रहेकोमा त्यसयता नदीको सतह लगातार बढ्दो क्रममा रहेको ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिनैभरि वर्षा हुने पूर्वानुमान रहेकाले कोशी नदीमा बाढीको जोखिम
धरान/धरान उपमहानगरपालिका–५ को देवी गाउँस्थित लेदुवा खोलामा निर्माण सुरु भएको पुल सात वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा स्थानीयवासी र विद्यार्थी बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्न बाध्य भएका छन्। एक करोड २१ लाख ८६ हजार ८१३ रुपैयाँ लागतमा २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबीच सम्झौता भएको पुल २०७८ साउनभित्रै सम्पन्न हुनुपर्ने थियो। तर पटक–पटक म्याद थपिए पनि हालसम्म करिब ४० प्रतिशत मात्रै काम भएको छ। निर्माण गरिएका पिलरसमेत अहिले झाडीले ढाकिएका छन् भने बाँकी संरचना अलपत्र अवस्थामा छ। धरान–५ का वडाध्यक्ष मनप्
धरान/ सुनसरीको धरान–१५ मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीलाई कक्षाकोठाको सैद्धान्तिक शिक्षासँगै व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले शनिबार धरान–५ को देवीगाउँ सिरानस्थित खेतमा धान रोपाइँ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विद्यालयका विद्यार्थीहरू खेतमै उत्रिएर धान रोप्ने, बिउ ओसार्ने तथा आलि बाउसे गर्ने जस्ता कृषि गतिविधिमा प्रत्यक्ष सहभागी बने। उनीहरूले धानको बिउदेखि चामल उत्पादनसम्मको सम्पूर्ण प्रक्रियाबारे व्यवहारिक रूपमा बुझ्ने अवसर पाए। विद्यालयको पोसाकमै खेतमा पुगेका साना विद्यार्थीहरू हिलोमा रमाउँदै धान रोपाइँमा सहभागी भएको दृश्यले सबैको ध्यान आकर्षित
काठमाण्डौं/ आत्मदाहको निर्मम बाटोे रोज्न बाध्य बनाएकाले सरकार राइडसेर श्रमिक गणेश नेपालीको हत्यारा भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जनाएको छ । सरकारका संरचनाहरु जल्लादको भूमिकामा गरिब जनताको हत्यारा रहेको बताएको छ । संगठनका अध्यक्ष भीमज्वाला राईले यातायात श्रमिक तथा सडकप्रयोगकर्तामाथि ट्राफिक जरिवानाको आतंक, अभद्र व्यवहार, अत्याचार र चरम अपमान कतिसम्म थियो भन्ने उदाहरण नेपालीको आत्मदाहको घटनाले स्पष्ट गरेको बताएकाछन् । शुक्रबार विज्ञप्ती जारी गर्दै गरिखाने श्रमिकलाई आत्मदाहजस्तो निर्मम बाटोे रोज्न बाध्य बनाउने सरकार भएको उल्लेख गर्दै वर्तमान सरकारका संरचनाहर
धरान/सुनसरीको धरान १६ मा अवस्थित युएन नवोदय +२ कलेजले कक्षा ११ विज्ञान संकायका विद्यार्थीहरूका लागि चिकित्सा शिक्षा सम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। भविष्यमा एमबीबीएस, बीडीएस तथा बी.एस्सी. (नर्सिङ/मेडिकल साइन्स) अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा कलेजका +२ विज्ञान संकायका एड्भाइजर तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. आर्यन राज श्रवण मण्डल र उहाँको विज्ञ टोलीले चिकित्सा शिक्षाको वर्तमान अवस्था, प्रवेश परीक्षा तयारीका प्रभावकारी उपाय तथा यस क्षेत्रमा रहेका अवसरबारे विद्यार्थीलाई विस्तृत जानकारी गराएका थिए। कल
धरान/ धरान–१३ स्थित लोटस इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले भारतको नागाल्यान्ड राज्यमा आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली कला, संस्कृति र परम्पराको झल्को प्रस्तुत गर्ने भएका छन्। विद्यालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको नागाल्यान्ड राज्यको मोकोक्चुङस्थित गोर्खा विद्यार्थी सङ्घको औपचारिक निमन्त्रणामा आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा असार २९ गते आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नेपालको प्रतिनिधित्व गर्ने जानकारी दिएको हो। कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति, भेषभूषा र