Top 4

    Showing 2,771-2,780 of 9,499 items.
  • अविरल बर्षाको विपत्ती : कोशीमा पहिरो र बाढीले ६ जनाको मृत्यु ,आठ जना बेपत्ता , दुई घाइते

    धरान/ पाँचथरको दुई स्थानमा पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन । अरिवल बर्षातको कारण असोज १२ गते बिहान पाँचथरको फिदिम नगरपालिका-१ साँगेबोट स्थितमा रहेको राज कुमार नेम्वाङको घर पहिरोले बगाउँदा उक्त घरमा डेरा लिई बस्दै आएका फुरुङ्गा हाईड्रो पावरका कर्मचारी फिदिम नगरपालिका-१ का ५० बर्षीय गोपी बिश्वकर्मालाई पहिरोले किच्दा घटना स्थलमा नै मृत्यु भएको थियो भने हाईड्रोपावरकै कर्मचारी फिदिम-१ का ५१ बर्षीय कृष्ण दास र उनको श्रीमती ४२ बर्षीय कमला दाश, फिदिम-१ का ५५ बर्षीय धन कुमार तुम्वापो र फिदिम-१ की २१ बर्षीय सरस्वता तुम्वापो पहिरोमा परी बेपत्ता भएका छन । उक्त स्थानमा

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 1,063 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा २४ घण्टा बढीदेखि थुनिएकाको उद्धारमा कठिनाई,मुख्यमन्त्री सहितको टोली घट्ना स्थलमा

    धरान । अबिरल वर्षासँगै आएको वर्षाका कारण सप्तकोसी नदीमा आएको बाढीले बराहक्षेत्र ६ स्थित ठाकुरबारी टिक्रीमा थुनिएका ३५ जना २४ घण्टाभन्दा बढीदेखि भुनिएका छन् । थुनिएकाको उद्धारको निम्ति आएकाले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की  सहितको टोली उक्त स्थानमा पुगेपनि उद्धार गर्न सकिने अवस्था नभएको घट्ना स्थलबाट मुख्यमन्त्रीका जन सम्पर्क सल्लाहकार रवि खनालले कोशी पत्रलाई टेलिफोन सम्पर्कमा वताए । उनका अनुसार हिजोदेखि त्यहाँ ३५ जना मानिस चौपाया चराउन जाँदा थुनिएका हुन् । खनालका अनुसार मुख्यमन्त्री कार्कीले तत्कालै घट्ना स्थलबाटै गृहमन्त्रीलाँई फोन गरी हेलिकप्टर माग गरिएपनि 

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 710 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीले श्रीलंका टापुमा ३० जनालाई थुन्यो,देशभर ४ जनाको मृत्यु,१० जना बेपत्ता (पूर्वमा कहाँ के भयो हेर्नुहोस्)

     धरान । अत्यधिक गर्मीसँग मंगलबार बेलुकी पखदेखि पानी परेर देशैभर जनजीवन प्रभावित बनेको छ ।सुनसरीको बराहक्षेत्रको वडा नम्बर ६ को श्रीलंका टापुमा शक्रबार बेलुकी गोठमा गएको मानिसहरु कोशीको पानीको बहाबका कारण थुनिएको प्रमुख जिल्ला अधिकारी राम चन्द्र तिवारीले बताए । उनका अनुसार गोठमा रहेका प्रारम्भिक जानकारी अनुसार ३० जना मानिसहरु टप्पुमै थुनिएको बताइएको छ । प्रजिअ सहितको टोली अहिले कोशी टप्पुमा उद्धारको निम्ति जाँदै गरेको वताइएको छ । यसैवीच मौसम अनुमान शाखाको रेडअर्लटमा परेको कोशी प्रदेशको ११ जिल्लामा झनै कष्टकर बनेको खवर प्राप्त भएको छ । ११ जिल्लाको रेडअर्लटमा परेको जिल्ला धनकुटाको पख्रिबास

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 836 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएनमा बिद्यार्थीकाे भिडन्त, कस्ले जिते कस्ले हारे ?(हेर्नुहोस्)

    धरान । युरोपियन फुटसल च्याम्पियनसीपको मापदण्डको आधारमा सुनसरीको धरानमा युएन नवोदय फुटसल च्याम्पियनसीप लिग आज(शुक्रबार)देखि शुरु भएको छ । कलेजले कक्षा ११ र१२ कक्षामा अध्ययन गर्ने विद्यार्थीको निम्ति खेलकुद अन्तरगत पर्ने फुटसल अध्ययन अलवा खेल बृद्धि विकासको निम्ति युरोपियन मापदण्डमा रहेर आयोजना गरेको हो । लिगका कोर्डिनेटर तथा कलेजका प्राध्यापक विजय आछामीका अनुसार धरानमा अन्तराष्ट्रिय माप दण्डमा रहेर विद्यार्थीलाई ज्ञान र खेलको विकास गर्नको निम्ति खेलको आयोजना गरिएको बताए । उनले भने,“फुटसलको नियम अन्तराष्ट्रिय मापदण्ड अनुसारकै हुँदा भविष्यमा विद्यार्थीले जहाँ गएरपनि खेल प्रदर्शनमा कुनै र

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 1,171 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा छैन बजार अनुगमन? छिमेकी नगर वराहक्षेत्रमा प्रभावकारी अनुगमन

    वराहक्षेत्र/ चाडपर्व नजिकिँदै गएको छ । बजार दैनिक उपभोग्य वस्तुको बजारभाउ मनपरी छ । धरानमा भने बजार अनुगमन प्रभाबकारी वन्न सकिरहेको छैन । स्थानीय सरकारले बजार अनुगमन प्रभावकारी बनाएर यसरी भित्रिदै गएको चाडपर्व लक्षित बजार अनुगमन प्रभावबारी बनाउनु आवस्यक हुन्छ । वराहक्षेत्र नगरपालिकाले उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउँदै गएको छ। बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको लगायतका विषयमा अनुगमन टोली सक्रिय बनेको हो । दशैं तिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 716 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेची राजमार्गको सडक भाँसिएको भाँसियै , चार जिल्लावासीलाई समस्या

    इलाम/ मेची राजमार्ग स्थित इलामको राज दुवाली खण्डको कारण इलाम सहित पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन समस्यामा परेका छन् । जति मर्मत गरे पनि सडक भासिने क्रम नरोकिएकोले  समस्या बन्ने गरेको हो । लगातार परिरहेको पानीका कारण हाल आवत जावतमा झन् समस्या आइरहेको छ । तराईतिर जाँदा भन्दा यता आउँदा उकालो परेको र सडक हिलाम्मे भएको कारण उक्त खण्ड पार लगाउनै समस्या हुने गरेको हो । साबिक मेची अञ्चलका चार जिल्ला जोड्ने राजमार्गको उक्त सडक खण्ड सधैँ बिग्रने गरेको हुँदा झापा, इलाम, पाँचथर र ताप्लेजुङको यात्रामा उक्त खण्ड बाधक बन्ने गरेको हो । दिन दिनै सडक भासिने गरेको र सडक डिभिजनले यात्रा सहज बनाउन

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 656 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मनकारी टयाक्सी मजदुर ,चालक पत्नीको उपचारको लागि एक लाख साठी हजार पाँचसय प्रदान

    काठमाण्डौं/ ट्याक्सी चालक अमर सुनुवारकी क्यान्सर पीडित श्रीमति लक्ष्मी सुनुवारको उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट मिटर ट्याक्सी इकाई कमिटीले १ लाख ६० हजार ५ सय ६५ रुपैया सहयोग गरेको छ । शुक्रबार संगठनको कार्यालय एयरपोर्टमा एक कार्यक्रमको आयोजना गरि चालक अमर सुनुवारलाई उक्त रकम हस्तान्तरण गरिएको हो । बा २ ज १९२३ का टेयाक्सी चालक सुनवार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट ट्याक्सी इकाईका सदस्य हुन् । उनकी श्रीमतिलाई करिव ५ महिनादेखि छाती (ब्रेस्ट)मा क्यान्सर देखिएको थियो । सुनुवारलाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले रकम हस्तान्तरण गर्नुभयो । हाल

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 500 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देश भरि रात्री बस बन्द भन्नेमा बिमति, सबै बन्द भनेर आनन्दले बस्ने सरकार ?

    मैले नबुझेकोरु ११ र १२ गते दुइ दिन नेपालमा सुनामी आउन लागेको हो रु असार , श्रावण भन्दा डरलाग्दो झरि ,बर्षा हुने हो ? मध्ये बर्षामा पनि नगरेको काम यो बिपत ब्यवस्थापनले देश भरि कुनैपनी सवारी साधन रात्री नचलाउनु भन्नु जनतामा अनावश्यक, आवस्यकता भन्दा बढि त्रास, भ्रम फैलाएको जस्तो देखिन्छ , धरासायी भएको यातायात ब्यवसाय थप धरासायी बनाउदै । चितवनको हिमताल बस दुर्घटनाको उपज , सरकारको बिपत जोखिम ब्यवस्थापन तैयारी सुन्य । देश भरि रात्री बस बन्द भन्नेमा बिमति , किनकि तराइबाट तराइ पनि धेरै ठाउँमा रात्री बस संचालन हुन्छन , सबै बन्द भनेर आनन्द ले बस्ने सरकार। सरोज श्रेष्ठ (अध्यक्षं) नेपाल यातायात व्यवसा

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 726 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झगडिया र षड्यन्त्रकारीको बुद्धि कहिल्यै परिवर्तन हुदैन

    एउटा गाउँमा एकजना झगडीया थियो,त्यो बहुत षड्यन्त्रकारी पनि। उसले जिन्दगीभर साँध,सिमाना र आफ्नाकेही सामानसँग मिल्दो भेट्यो कि आफ्नो भनेर दाबी गर्ने र मुद्दा समेत हाल्न पछि नपर्ने उनको बानी थियो। उसले दाबी गरेको कुरा सत्य हूदैनथ्यो,त्यसैले ऊ संधै हार्थ्यो,यो खराब आचरण र बानीले छरछिमेक, नातागोता,आफन्त साथीभाइ टाढीएर करिब एक्लै हुँदा पनि हरेस चाहिँ खाँदैन्थ्यो।  अब जिवनको उत्तरार्धमा उसले फेरि अर्को षड्यन्त्र रच्न भ्यायो। सबै टाढिएकाहरुलाई नम्र भाषामा घरमा बोलायो र भन्यो मैले बाँचुन्जेल तपाईहरुलाई साह्रै दुःख दिएँ अब म मरेपछि तपाईंहरुको चित्त बुझ्नेगरी गाउँभरि डुलाउँदै मेरो लाशलाई लठ्ठी,भा

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 770 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा प्रथम पटक राष्ट्रिय व्याडमिन्टन,चार सयभन्दा बढीको भिडन्त

    धरान/ धरान व्याडमिन्टन क्लबले असोजको दोस्रो हप्तामा प्रथम धरान खुल्ला व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ। क्लबले विहीबार नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी असोज १७, १८ र १९गते व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने जानकारी गराएको हो क्लबले धरान नगरस्तरीय प्रतियोगिता असोज १४ र १५ गते सम्पन्न गरिसकेपछि तीन दिन कोशी प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न लागेको क्लबका अध्यक्ष टंक लिम्बुले जानक री दिए। धरान १३ को अमर सेवा समाजमा आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न समूहका ४ सय भन्दा बढीले खेलमा प्रतिष्पर्धा गर्ने आयोजकले जनाएक

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 766 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved