पुर्व मन्त्री कार्कीद्बारा नगर अस्पताललाई २० लाख वरावरको उपकरण हस्तान्तर वराहक्षेत्र नगरपालिकाद्बारा अवकास महिला स्वयंसेविकालाई नगद, सम्मान सहित बिदाइ

  • मंसिर २०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाले सेवा निवृत्त  (अवकाश) हुनु भएका ३२ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नगद ३० हजुारद्वारा सम्मान सहित बिदाइ गरेको छ ।

बिहिवार राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८१ को अवसरमा नगरपालिकाले सामुदायिक स्वास्थ्य सेवामा महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा सेवा पुर्‍याएका दुर्गादेवी बुढाथोकी, इन्दिरा सापकोटा, खड्गमाया मगर , तारा भुजेल , गीता कट्टेल , लग्नी चौधरी , भालुन चौधरी ,

गीता चौधरी , उर्मीला पौडेल , राधिका अधिकारी , लक्ष्मी ढुंगेल , रत्न माया माझी त्यस्तै जमुना थापा , नन्दकुमारी सुनुवार , कृष्ण कुमारी भण्डारी , मायादेवि अधिकारी , शोभा कुमारी धामी , मिथिला ढुङ्गना, अम्बिका खड्का , देवि नेपाल , गीता मण्डल , प्रमिला कबिरथ ,

मन देवि खड्का त्यस्तै इन्दिरा सिग्देल , सबित्रा घिमिरे , जानुका कार्की , निरा पोखरेल , जैवन खा , जुग्नी देवि भगत , मालती देवि साह , सबिना देबि बहरार र बुधनी खत्वेनीलाई नगद ३० हजार सहित सम्मान पत्र , मायाको चिनो र दोसल्ला ओडाएर सम्मान गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उमेश मेहताले जानकारी दिए ।

सम्मानित स्वास्थ्य सेवामा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रमुख अतिथि पुर्ब मन्त्री तथा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर कार्की ,नगर प्रमुख रमेश कार्की , उप- प्रमुख नन्द कुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुउ कटुवाल लगायतले सम्मान गरेका थिए ।

सम्मानसंगै नयाँ नियक्ती भएका ३५ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्वागत् समेत गरिएको थियो ।

सेवानिवृत्त महिला स्वयंसेविकालाइ सम्मान कार्यक्रमकै अवसरमा नेपाली कांग्रेशका नेता , पुर्ब मन्त्री तथा प्रतिनिति सभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले वराहक्षेत्र नगर अस्पताललाई २० लाख वरावरको स्वास्थ्य सामाग्री तथा उकरण हतान्तरण गरेका छन् ।
स्वास्थ्य तथा जनसंङख्या मन्त्रालयबाट प्राप्त एक थान   (USG, ECH)  भिडियो एक्सरे मेसिन , ग्यास सिलिन्डर ४ थान , ह्इलचियर २ थान लगायतका सामाग्री पुर्ब मन्त्री तथा प्रतिनिति सभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले नगर प्रमुख रमेश कार्की तथा अस्पतालका निमित्त व्यवस्थापक दिवस बिष्टलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै पुर्ब मन्त्री तथा प्रतिनिति सभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले महिला स्वास्थ्य स्वमं सेविकाले गरेको कामको चर्चा गरेका थिए । मातृ तथा बाल मृत्यु दर घटाउने कार्यमा महिला स्वास्थ्य स्वमं सेविकाले उल्लेखनिय भुमिका निर्वाह गरेको बताउदैं उनले भने उहाँहरुको मुल्याकन र सम्मानकालागि सरकारले योजना बनाउनु पर्ने बताए ।

नगर अस्पतालको बिकाश र सेवा सुविधाकालागि लागि पर्ने बताउदै कार्कीले भने स्वास्थ्य संस्थाको बिकाशका योजना बनाएर काम गर्नेछु ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved