अत्याधिक बीमा दर तथा अन्यायिक बीमा नीति सुधारको माग

  • मंसिर २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/ मोरङ उद्योग व्यापार संघले नेपालको उद्योग÷व्यवसाय क्षेत्रमा लागू रहेका अत्याधिक बीमा शुल्क दर तथा विभिन्न अन्यायिक नीतिहरुको सुधारका लागि नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश र जिल्ला प्रशासन कार्यालय, मोरङ समक्ष ज्ञापन पत्र बुझाएको छ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा विहीबार गएको संघको टोलीले नेपाल बीमा प्राधिकरण, कोशी प्रदेशका प्रमुख विनोद कुमार पोखरेल र मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई नेपालको अत्याधिक बीमा शुल्क दर तथा बीमाका अन्यायिक नीतिहरु बारे अवगत गराई त्यसलाई तत्कालै सुधार गर्ने सुझावहरु सहितको ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउने क्रममा संघका अध्यक्ष अनुपम राठीेले भारत लगायत अन्य मुलुकको तुलनामा नेपालको बीमा दर ५० प्रतिशत देखि २०० प्रतिशतसम्म उच्च रहेको, आवश्यक/अनावश्यक सबै जोखिमहरु अनिवार्य समावेश गर्नु पर्ने अन्यायिक नीति रहेको, जोखिमको वर्गिकरण बैज्ञानिक तवरले नगरिएको, बीमा शुल्क गणना गर्ने कार्यविधि प्रष्ट नरहेको, बीमाकर्ता स्वयंले बीमा शुल्क गणना गर्न सक्ने व्यवस्था नरहेको, बीमा गराउँदाको कमिशन दर न्यून गरिएको लगायतका अवस्थाहरुका कारण नेपाली उत्पादन र उपभोग्य वस्तुहरुको मुल्य उच्च भई नेपाली उपभोक्ता देखि अर्थतन्त्रसम्म अनपेक्षित भार परिरहेको बताएका छन् ।

अध्यक्ष राठीले भुपरिवेष्ठित एवं कच्चा पदार्थमा परनिर्भर नेपालको विद्यमान आर्थिक गतिविधिहरुलाई दृष्टिगत गरी बीमा प्रिमियम दर भारत तथा अन्य मुलुकको भन्दा न्यून वा समान गरिनु पर्ने माग राख्नुका साथै नेपालको भौगोलिक, आर्थिक, सामाजिक, राजनैतिक लगायतका परिवेशहरुलाई ध्यानमा राखेर अपेक्षित जोखिमपूर्ण अवस्थाहरुको मात्र ऐच्छिक रुपले बीमा गर्न मिल्ने व्यवस्था गरिनु पर्ने, औद्योगिक/व्यवसायिक वस्तुहरुको जोखिमको वर्गिकरण अन्य देश सरह बैज्ञानिक तवरले गरिनु पर्ने, बीमा शुल्कको गणना प्रष्ट, पारदर्शी र समान रुपले हुने र नियामक निकायले तोके बमोजिम भए÷नभएको डिजिटल माध्यमबाट हेर्न मिल्ने व्यवस्था गरिनु पर्ने,

विगतको १० प्रतिशत बीमा कमिशनको व्यवस्थालाई यथावत कायम गर्नु पर्ने तथा भारतमा भन्दा दुई गुणा उच्च रहेको दुई पाङग्रे सवारी साधानको बीमा शुल्क भारत समान गरिनु पर्ने लगायतका सुझावहरु बीमा प्राधिकरण प्रमुख र प्रमुख जिल्ला अधिकारी समक्ष जानकारी गराउँदै नेपाल सरकार तथा सम्बन्धित निकायबाट ती सुझावहरुको संबोधनका लागि जोडदार पहल गरिदिन आग्रह गरेका छन् ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved