नक्कली सरकारी नम्बर प्लेट प्रयोग गरी गाँजा तस्करी गरेको खुल्यो

  • मंसिर २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा मंगलबार साँझ ६९० केजी गाँजासहित पक्राउ परेका सेतो नम्बर प्लेटका गाडी नम्बर र इञ्जिन नम्बर यातायात कार्यालयमा दर्ता नभएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
सरकारी नम्बर प्लेट भएका दुईवटा स्कारपिओबाट ६९० केजी गाँजासहित प्रहरीले एकजनालाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा उक्त गाडीहरू यातायात व्यवस्था विभागमा दर्ता नभएको र सरकारी गाडी नभई नक्कली नम्बर प्लेट बनाएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद तिमल्सिनाका अनुसार नम्बर कीर्ते गरेको खुलेको हो ।

‘ती गाडी सरकारी नभई नक्कली नम्बर प्लेट बनाएर प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ तिमल्सिनाले भने, ‘यातायात कार्यालयबाट प्राप्त विवरणअनुसार हालसम्म कतै पनि दर्ता भएको पाइएन ।’

उनका अनुसार सरकारी नम्बर प्लेट भएका गाडीको च्याचिस नम्बर र इञ्जिन नम्बर अनुसन्धान गर्दा कहीँ पनि दर्ता भएको छैन ।

‘इञ्जिन र च्याचिस नम्बर नमिलेको र हालसम्म दर्ता पनि नभएको पाइएको छ,’ डीएसपी तिमल्सिना भन्छन्, ‘कहाँ दर्ता भइरहेको भन्ने अनुसन्धान भइरहेको छ ।’

धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको सरकारी प्लेट भएको स्कारपिओबाट गाँजा बरामद गरिएको र घटनामा एकजनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मा रहेका छन् । विश्वकर्मा बा १ झ ४६०५ नम्बरको स्कारपिओ चालक हुन् ।

बा १ झ ५१२७ नम्बरको गाडी चालक तत्काल फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त गाडीलाई नियन्त्रणमा लिनका लागि इन्सास राईफलबाट ४ राउण्ड फायर गरेको थियो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved