अगुवाको इतिहास लेख्दै एमाले

  • मंसिर २०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विाटनगर/ कम्युनिष्ट आन्दोलनका सुरुवाती समयका अग्रणी व्यक्तिहरुको खोजी गरि इतिहास प्रकाशन गरिने भएको छ ।

बिहिबार नेकपा (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको पहिलो बैठकले प्रदेशभरीका न्युनतम ५० जना अगुवाहरुको इतिहास लेखन तथा प्रकाशन गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको छ । 

कम्युनिष्ट पार्टी स्थापना पछि असहज अवस्थामा पार्टी निर्माण र समाज रुपान्तरणको आन्दोलनमा भूमिका निर्वाह गरेर योगदान गरेका तर पार्टी नेतृत्वमा नदेखिएका, राजकीय र लाभको पदमा कहिल्यै नगएका गुमनाम योद्धाहरुको खोजी गरि दस्तावेज प्रकाशन गर्न लागिएको प्रचार विभागका प्रमुख लक्ष्मण तिवारीले जानकारी गराउनुभयो । 

कोशी प्रदेशका प्रत्येक जिल्लाबाट न्युनतम ३ जना त्यस्ता ज्येष्ठ अगुवाहरुको इतिहासको दस्तावेजिकरण गरि न्युनतम ५० जना अग्रजहरुका इतिहास समेटिने गरि प्रचार विभागका उप प्रमुख भीमज्वाला राईको नेतृत्वमा टिम निर्माण गरिएको हो ।

उक्त टिममा सदस्यहरु मोहनकाजी न्यौपाने, देवेन्द्र कार्की, सूमन पूरी, अविजाल विष्ट र हरीबोल आचार्य रहेकाछन् । 

बैठकले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई तोकिएकै समयमा सम्पन्न गर्न प्रेस चौतारी नेपालले प्रभावकारी भूमिका खेल्ने र श्रमजीवी पत्रकारहरुको हितका लागि निर्माण भएको गठबन्धनको नेतृत्वलाई जिताउन र साझा सहमतिका आधारमा उमेद्वारहरु जिल्लाहरुको टुंगो लगाउन चौतारीले पेशागत चरित्रका आधारमा खेल्ने निर्णय गरेको छ । 

बैठकले सबै जिल्लामा प्रेस चौतारी नेपाल, प्रचार विभाग र पार्टीको कामलाई प्रभावकारी बनाउने उदेश्यले प्रचार विभागहरुलाई १४ वटै जिल्लाहरुमा फोकल पर्सनको जिम्मेवारी दिएको छ ।

त्यस्तै प्रदेशमा रहेका सञ्चार गृहहरुलाई संरक्षण र व्यवस्थापन हेतुले प्रेस चौतारी नेपाल कोशी प्रदेश अध्यक्ष अविजाल विष्टको संयोजकत्वमा विवरण संकलन र सहयोग कार्यदल गठन गरेकोछ ।

त्यस्तै पार्टीको मुखपत्र रातो झण्डा प्रत्येक ६ महिनामा प्रकाशन गर्नेगरी प्रचार विभागका सचिव यज्ञ शर्माको नेतृत्वमा सम्पादन मण्डालको गठन गरिएको छ ।

उक्त सम्पादन मण्डलमा देवेन्द्र कार्की र गोपाल काफ्ले रहनु भएकोछ । 

त्यस्तै पार्टीको तर्फबाट सञ्चालन गरिने सञ्चार गृहको सम्भाव्यताको अध्ययनका लागि अग्रज पत्रकार तथा प्रचार विभाग सदस्य मोहनकाजी न्यौपानेको नेतृत्वमा सुमन पुरी, गोपाल काफ्ले, नेत्र पी अधिकारी र रेनुका राई रहेको कार्यदल गठन गरेकोछ । 

नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यतामा भएको बैठकको अध्यक्षता प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले गर्नु भएको थियो ।

बैठकमा कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रदेश सचिव राजकुमार भण्डारी, केन्द्रीय प्रचार विभाग सदस्य लीलाराज भट्टराई, चौतारी इन्चार्ज गणेश पोखरेलको समेत उपस्थिति रहेको थियो ,।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved