अगुवाको इतिहास लेख्दै एमाले

  • मंसिर २०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विाटनगर/ कम्युनिष्ट आन्दोलनका सुरुवाती समयका अग्रणी व्यक्तिहरुको खोजी गरि इतिहास प्रकाशन गरिने भएको छ ।

बिहिबार नेकपा (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको पहिलो बैठकले प्रदेशभरीका न्युनतम ५० जना अगुवाहरुको इतिहास लेखन तथा प्रकाशन गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको छ । 

कम्युनिष्ट पार्टी स्थापना पछि असहज अवस्थामा पार्टी निर्माण र समाज रुपान्तरणको आन्दोलनमा भूमिका निर्वाह गरेर योगदान गरेका तर पार्टी नेतृत्वमा नदेखिएका, राजकीय र लाभको पदमा कहिल्यै नगएका गुमनाम योद्धाहरुको खोजी गरि दस्तावेज प्रकाशन गर्न लागिएको प्रचार विभागका प्रमुख लक्ष्मण तिवारीले जानकारी गराउनुभयो । 

कोशी प्रदेशका प्रत्येक जिल्लाबाट न्युनतम ३ जना त्यस्ता ज्येष्ठ अगुवाहरुको इतिहासको दस्तावेजिकरण गरि न्युनतम ५० जना अग्रजहरुका इतिहास समेटिने गरि प्रचार विभागका उप प्रमुख भीमज्वाला राईको नेतृत्वमा टिम निर्माण गरिएको हो ।

उक्त टिममा सदस्यहरु मोहनकाजी न्यौपाने, देवेन्द्र कार्की, सूमन पूरी, अविजाल विष्ट र हरीबोल आचार्य रहेकाछन् । 

बैठकले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई तोकिएकै समयमा सम्पन्न गर्न प्रेस चौतारी नेपालले प्रभावकारी भूमिका खेल्ने र श्रमजीवी पत्रकारहरुको हितका लागि निर्माण भएको गठबन्धनको नेतृत्वलाई जिताउन र साझा सहमतिका आधारमा उमेद्वारहरु जिल्लाहरुको टुंगो लगाउन चौतारीले पेशागत चरित्रका आधारमा खेल्ने निर्णय गरेको छ । 

बैठकले सबै जिल्लामा प्रेस चौतारी नेपाल, प्रचार विभाग र पार्टीको कामलाई प्रभावकारी बनाउने उदेश्यले प्रचार विभागहरुलाई १४ वटै जिल्लाहरुमा फोकल पर्सनको जिम्मेवारी दिएको छ ।

त्यस्तै प्रदेशमा रहेका सञ्चार गृहहरुलाई संरक्षण र व्यवस्थापन हेतुले प्रेस चौतारी नेपाल कोशी प्रदेश अध्यक्ष अविजाल विष्टको संयोजकत्वमा विवरण संकलन र सहयोग कार्यदल गठन गरेकोछ ।

त्यस्तै पार्टीको मुखपत्र रातो झण्डा प्रत्येक ६ महिनामा प्रकाशन गर्नेगरी प्रचार विभागका सचिव यज्ञ शर्माको नेतृत्वमा सम्पादन मण्डालको गठन गरिएको छ ।

उक्त सम्पादन मण्डलमा देवेन्द्र कार्की र गोपाल काफ्ले रहनु भएकोछ । 

त्यस्तै पार्टीको तर्फबाट सञ्चालन गरिने सञ्चार गृहको सम्भाव्यताको अध्ययनका लागि अग्रज पत्रकार तथा प्रचार विभाग सदस्य मोहनकाजी न्यौपानेको नेतृत्वमा सुमन पुरी, गोपाल काफ्ले, नेत्र पी अधिकारी र रेनुका राई रहेको कार्यदल गठन गरेकोछ । 

नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यतामा भएको बैठकको अध्यक्षता प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले गर्नु भएको थियो ।

बैठकमा कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रदेश सचिव राजकुमार भण्डारी, केन्द्रीय प्रचार विभाग सदस्य लीलाराज भट्टराई, चौतारी इन्चार्ज गणेश पोखरेलको समेत उपस्थिति रहेको थियो ,।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved