धरान/धरान ८ नम्बर वडा समृद्ध बन्दै गइरहेको कोशी प्रदेश सांसद विजय राईले बताउनु भएको छ । आइतबार नेकपा (एमाले) धरान ८ नम्बर वडास्थित सभागृह टोल कमिटीको भेलालाई सम्बोधन गर्नुहुँदै नेकपा (एमाले) कोशी प्रदेश सचिवालय सदस्य राईले विकास र स्रोतसाधनमा धरान ८ समृद्ध बन्दै गइरहेको बताउनुभयो । धरानको बसपार्क यसै पडामा रहेको, नगरप्रवेश र निकासको महत्वपूर्ण द्धार यही वडामा रहेको देशकै लाइफलाइनका रुपमा लिइएको पूर्वपश्चिम मदन भण्डारी राजमार्ग यही वडामा रहेको, जिल्ला ट्राफिक प्रहरी कार्यालय र धरानकै सिटीहल सभागृह समेत यसै वडामा रहेको वहाँले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद
यो नगर अब जीवनको होइन,मृत्युको प्रतीक्षा हो।यहाँका गल्लीहरुआफ्नै अस्तित्वमाथिसन्देह गरिरहेका छन्। र, आकाशको रङ सधैँको जस्तो निलो छैन,यो त डिप्रेसनले पोतेको खरानीजस्तोओइलिएको छ। तिमीलाई थाहा छ,यो नगरको सुतेको हर गल्लीमाकेही झ्यालहरु छन्,जसको पर्दा भित्रआशंका र अविश्वासकासाँध चुलिएका छन्। त्यही पर्दाहरुलेनगरको चिहान बन्द गरिदिएका छन्। यहाँको समयघडीको सुइ होइन,एक जलिरहेको मैनबत्ती होजो पग्लँदैछ अनि अँध्यारोको आरनमा गुम्दैछ। मान्छेहरु यहाँ कोही छैन,जसले आफ्नै आत्मालाईछल्ने कोशिश नगरेको होस्। हस्पिटलका बेडहरु अब बिरामीका लागि होइनन्,त्यहाँ डिप्रेसनले थलिएकाडाक्टर र नर्स सुतेका छन्। औषधिहरु अ
धरान/ क्यान्सर तथा जलन भएका विरामीहरुले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहज रुपमा उपचार पाउने भएका छन् । .प्रतिष्ठानको हाताभित्र फार्मेसीसहित क्यान्सरका विरामीलाई लक्षित गरी अंकोलोजी विभाग र जलन भएका विरामीहरुलाई लक्षित गरी वर्न सेन्टर नया भवनमा सञ्चालनमा आएसँगै विरामीहरुले उपाचारका लागि अन्त्रयन्त्र भौतारिनुपर्ने अवस्थाको अन्त्य भएको हो ।प्रतिष्ठानमा दुईवटा सेवा एकै भवनबाट दिने उद्देश्यले भवन समेत निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै क्यान्सर तथा जलन भएका विरामीहरुले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हँटेर गएको हो । उपचारसँगै रिसर्च सेन्टरको रुपमा तीन ब
धरान/ धरानमा ‘मिस्टर कोशी’ खुल्ला बडि बिल्डिङ प्रतियोगिता हुने भएको छ ।एलाइनेट जिमको आयोजनामा चैत्र २२ र २३ गते हुने धरानमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । जिमका अध्यक्ष विक्रम लिम्बूका अनुसार उक्त प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी गरी कुल पाँच तौल समूहका करिब ५० जना बडि बिल्डरहरुबिच प्रतिस्पर्धा गराईने भएको छ । प्रत्येक तौल समूहका विजेताले उपाधिका लागि फाइनल चरणमा प्रतिस्पर्धा प्रदर्शन गरिने पनि अध्यक्ष लिम्वुको भनाई छ । उनका अनुसार फाइनल चरणका विजेतालाई छैटौँ ‘मिस्टर कोशी’ उपाधि विजेता घोषित गरिने भने विजेताले नगद १ लाख २५ हजार,
विराटनगर/ उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा सगरमाथा र कान्तिपुर, क्रिकेटमा विभिएम र अरनिको तथा कवडीमा अर्किड, मोडर्न एरा, कान्तिपुर र ग्रिनल्याण्ड कलेज विजयी भएका छन् । शनिबार भएको फुटबलको पहिलो खेलमा सगरमाथा कलेजले जेभियर्स स्कुललाई २–० को गोल अन्तरले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच सगरमाथाका प्रसान्त राई घोषित भए । दोस्रो खेलमा कान्तिपुर कलेजले होलीचाइल्ड कलेजलाई २–० को गोल अन्तरले पराजित गरेको छ । कान्तिपुरको जित प्लेयर अफ द म्याच गौतमकुमार चौधरी घोषित भए । शनिबारनै वैजनाथपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा व
धरान/ अहिले सुन्तालको पिक समय हो । पूर्वी पहाडी जिल्लामा उत्पादन भएका सुन्तलाको माग अत्याधिक भए पनि उत्पादन कम हुदा माघ धान्नै गार्हो भएको कृषि उपज बजारले जनाएको छ । पूर्वी पहाडी क्षेत्रमा यतिखेर सुन्तलाको सिजन सुरु भएको छ । तर गतवर्षको तुलनामा यसपटक पूर्वी पहाडी जिल्लाहरुमा माग अनुसारको सुन्तलाले बजार धान्न नसक्दा सुन्तलाको मूल्य बढेको छ । धरानस्थित कृषि उपज बजारस्थलका अनुसार गत वर्षको तुलनामा ५० प्रतिशत मात्र सुन्तला बजारमा आएको छ । गतवर्ष यो सिजनमा पौष मसान्तसम्म कृषि उपजबजार स्थल धरानमा ४५ सय मेट्रिक टन सुन्तलाको कारोबार भएको थियो । तर, यो वर्ष ३५ सय सय मेट्रिक टन बराबरको सुन्त
ताप्लेजुङ/ पाथीभरा क्षेत्रमा प्रहरी र केबलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हिजो हुँदा पाँच जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माकाअनुसार झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएका हुन् । आन्दोलनकारीतर्फ दुई जना घाइते भएका छन् । आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा हानेपछि स्थिति तनावपूर्ण बनेको थियो । आन्दोलनकारीबाट तीन थान खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनका अनुसार आन्दोलनकारीसँग लुकाइएको हतियार रहेको सूचना पाएपछि खोजतला
धरान/ बुवाको नाममा अक्षयकोष स्थापना गरिएको छ । बिहीबार धरान १५ का युवराज शंकर र मिलन शंकरले आफ्ना स्वर्गीय बुवा सुरज शंकर (सुय) को वार्षिक पुन्य तिथिका अवसरमा ५१ हजार रुपैयाँ अक्षयकोष विश्वकर्मा कल्याण सेवा समितिमा स्थापना गरेका हुन् । नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्रीय समिति सुनसरी १ (क) का सचिव युवराज शंकरले आगामि दिनमा पनि अक्षयकोष थप गर्दै जाने जानकारी दिए । मिलन शंकरका अनुसार यसअघि ५ हजार १ सय रुपैयाँ अक्षयकोष राखिएकोमा वार्षिक पुन्य तिथीका अवसरमा ४५ हजार रुपैयाँ ९ सय थप गरी ५१ हजार पुर्याइएको हो ।
वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की नगरवासिहरुको आधारभुत आवश्यक्ताहरु पूरा गर्न , आई पुरेका समस्याहरुको समधानसंगै स्थानीय सरोकारका विषयमा संवाद गर्न र गुनासो सुन्नु दैनिक रुपमा टोल-टोलमा पुग्ने गरेका छन् । आफ्ना नगरवासिका आधारभुत आवश्यक्ता र आई पुरेका समस्याहरुको समधानकालागि प्रयास र सहयोग जप्रतिनिधि तथा स्थानिय सरकारले गर्न अग्रसर हुने पर्ने मान्यता राख्दै आएका नगर प्रमुख कार्की दैनिक रुपमा बिहान टोल टोलमै पुग्ने , अस्पताल पुग्ने , प्राकृतिक तथा दैबिक प्रकोप आए समधानकालागि सहयोग गर्न तत्कालनै घटना स्थल पुग्ने गरेका गर्दछन् । नगरवासिको समस्या हल गर
धरान/ हामी सबैले बौद्धधर्मालम्बीमा आस्था राख्ने भिक्षुहरुले घर घरमा गएर केही न केही मागेको देखेकै छौ । वास्तवमा त्यो माग्नु आफ्ना्े दिनचर्या चलाउनुमात्र हैन यसभित्र पनि शिक्षा प्रदान गर्ने कुरा छ भन्दा अचम्म लाग्न सक्ला तर भिक्षुहरुले भिक्षा माग्दा समेत त्यसभित्र बौद्ध शिक्षा प्राप्त हुन्छ भन्ने कुरा स्वयम् भिक्षुहरुले जानकारी गराएका छन् । बौद्ध धर्ममा आस्था राख्ने भिक्षुहरु नेपालका हरेक ठाउँमा लामबद्ध लागेर भिक्षम दे भन्दै हिडेका हुन्छन् । उनीहरुको दिनचर्या नै भिक्षा मागेर चलेको हुन्छ तर भिक्षा माग्दै हिड्ने भिक्षुहरुले भने भिक्षा जीवनयापन गर्ने मात्र नभई यसभित्र बौद्ध शिक्षा सम