विश्व प्रेस स्वतन्त्रता दिवस आज, राष्ट्रपति पौडेलद्वारा शुभकामना

  • वैशाख २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/आज मे ३ तारिख विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै सम्पूर्ण सञ्चारकर्मीहरूलाई शुभकामना सन्देश दिएका छन्।

राष्ट्रपतिले जारी गरेको सन्देशमा नेपालमा निरङ्कुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगत्को उल्लेखनीय योगदान रहेको स्मरण गर्दै प्रेस स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको अनिवार्य शर्त भएको बताएका छन्।

उनले भनेका छन्, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो।

यो केवल सञ्चारकर्मीको हक मात्र नभई आमनागरिकको सुसूचित हुन पाउने संवैधानिक अधिकार पनि हो।”

राष्ट्रपति पौडेलले सामाजिक सञ्जालको बढ्दो प्रयोगबाट फैलिन सक्ने मिथ्या र भ्रामक सूचनाले जनतालाई भ्रमित पार्न सक्ने भन्दै पत्रकारहरूलाई सत्य, तथ्य र विश्वसनीय सूचनाको प्रवाह गर्न अझ जिम्मेवार हुन आग्रह गरेका छन्।

यस वर्ष युनेस्कोले “पृथ्वीका लागि प्रेस: वातावरणीय संकटको युगमा पत्रकारिता” भन्ने नाराका साथ दिवस मनाइरहेको छ।

राष्ट्रपति पौडेलले वातावरणीय संकट निवारणमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै प्रेसले जलवायु परिवर्तनसम्बन्धी चेतनामूलक सूचनाको प्रवाहमार्फत नागरिकलाई सचेत गराउन सक्ने बताएका छन्।

राष्ट्रपतिले अन्त्यमा संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको पूर्ण उपयोग गर्दै सञ्चारकर्मीहरूले निर्भयतापूर्वक कार्य गर्न सकून् भन्ने शुभकामना व्यक्त गरेका छन्।

 

 

 

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved