Top 4

    Showing 1,991-2,000 of 9,373 items.
  • ताप्लेजुङमा हट्यो निषेधाज्ञा,सहमति यस्तो छ

    ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ सदरमुकाम फुङलिङ क्षेत्रमा लागु गरेको निषेधाज्ञा हटाएको छ। जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले राति ११ बजेदेखि लागु हुने गरी निषेधाज्ञा हटाएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले साँझ एक सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम राति ११ बजेदेखि लागु हुने गरी निषेधाज्ञा हटाइएको उल्लेख गरेका छन् ।‘नो केबलकार’ पक्षधरले मंगलबार दिउँसो वार्ताका लागि विभिन्न चार शर्त अघि सार्दै पूरा भए मात्र वार्तामा बस्ने बताएका थिए । सोही शर्तमा उल्लेख भएअनुसार प्रशासनले निषेधाज्ञा तत्काल फिर्ता लिएको हो । ‘नो केबलका

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 1,309 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा युवा लक्ष्यित निःशुल्क कुक तालिम सम्पन्न

    चतरा/  बराहक्षेत्र नगरपालिकाले वडा नं. ९ र १० का युवा युवतिहरूलाई लक्षित गरी निःशुल्क जेनेरल कुक तालिम प्रदान गरेको छ। नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत युवा लक्षित कार्यक्रमअन्तर्गत १ महिनासम्म सञ्चालन भएको उक्त तालिममा २४ जना प्रशिक्षार्थी सहभागी भएका थिए। नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख अरुण महेता का अनुसार तालिममा वडा नं. ९ र १० का युवा युवतिहरूलाई समेटिएको थियो। तालिम पश्चात सोमबार नगर प्रमुख रमेश कार्की, वडा नं. १० का अध्यक्ष तेजबहादुर गुरुङ लगायतका व्यक्तित्वहरूले प्रशिक्षार्थीहरूलाई प्रमाण-पत्र वितरण गरेका थिए। सीप सिकेर रोजगारी चाहने, तर आर्थिक

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 422 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी रेडक्रसको रक्त सञ्चार सेवा प्रभावकारी

    धरान/ नेपाल रेडक्रस सोसाइटी सुनसरीले मानवीय सेवासँगै सञ्चालन गरेको रक्त सञ्चार सेवा प्रभावकारी बन्दै गएको छ। ५० औं जिल्ला सभाको अवसरमा रेडक्रसले विपद् व्यवस्थापन, उद्धार, आर्थिक सहायता तथा रक्तदान कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लगेकाे बताइएको छ। कोशी प्रदेशकी सांसद यसोदा कायस्थले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै आएको उल्लेख गर्दै रेडक्रसलाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताइन्। नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष बासुदेव गौतमले सुनसरी शाखाले ११७ स्थानबाट वार्षिक ४ लाख पिन्ट रगत संकलन गर्ने उल्लेख गर्दै अस्पतालहरूमा रगत अभाव हुन नदिएको बताए। धरान–१ मा सम्पन्

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 491 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा जीवित व्यक्तित्वहरूको शालिक निर्माण: ढुंगे कला पार्कले पर्यटकीय आकर्षण

    सुनसरी/ धरानमा पहिलो पटक जीवित रहँदै समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान दिएका व्यक्तित्वहरूको शालिक निर्माण थालिएको छ। धरान–४ खरैनीमा निर्माण भइरहेको ढुंगे कला पार्कले यो अभिनव प्रयासलाई मूर्तरूप दिइरहेको छ। धरानको पर्यटन प्रवद्र्धनलाई मद्दत पुर्‍याउने उद्देश्यसहित कलाकारहरू श्रमदानमार्फत शालिक निर्माण गर्दैछन्। वडा नं. ४ कार्यालयको आयोजना र रोजन आर्ट स्टुडियोको संयोजनमा आयोजित कला क्याम्पमा नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ, वैज्ञानिक डा. महावीर पुन लगायतका प्रतिष्ठित व्यक्तित्वहरूको शालिक बनाउने काम अघि बढाइएको छ। कलाकार रोजन राईका अनुसार धरानलाई कलाको माध्यम

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 1,151 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप: वडा नं. २ र वडा नं. ९ विजयी

    चतरा/वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत सोमवार भएको पहिलो खेलमा वडा नं. २ विजयी भएको छ। वडा नं. ११ लाई ७-१ को फराकिलो अन्तरले पराजित गर्दै वडा नं. २ ले प्रतियोगितामा तीन अङ्क जोड्न सफल भएको छ। खेलमा ४ गोल गर्दै ह्याट्रिक पूरा गरेका वडा नं. २ का दीपेश तामाङ म्यान अफ द म्याच घोषित भए। उनले नगद २ हजार १ सय रुपैयाँसहित ट्रफी प्राप्त गरेका थिए। त्यस्तै, सोमवार नै सम्पन्न दोस्रो खेलमा वडा नं. ९ ले प्रथम संस्करणको उपाधि विजेता वडा नं. ३ लाई १-० गोल अन्तरले पराजित गर्‍यो। जितसँगै वडा नं. ९ ले प्रतियोगितामा तीन

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 491 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी खेलकुद महोत्सवको तयारी पूरा

    विराटनगर/ प्रथम कोशी खेलकुद महोत्सव – २०८१ को तयारी पूरा भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आइतबार पत्रकार सम्मेलन गर्दै फागुन १३ गते देखि १८ गतेसम्म सञ्चालन हुने खेल महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले बोर्डको २६ औं बैठकको निर्णय अनुसार बोर्डको वार्षिक कार्यक्रममा रहेको विभिन्न खेलका प्रतियोगिताहरु सम्मलित महोत्सव आयोजना गरेको बताए । महोत्सवमा १४ वटै जिल्लाका खेलाडीको सहभागिता हुने जानकारी दिँदै उनले १ करोड ७८ लाख खर्च हुने अनुमान बोर्डले गरेको बताए । कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 555 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षक संगठनको अध्यक्षमा राजन वन

    धरान/  नेपाल राष्ट्रिय शिक्षक संगठन धरानको पाँचौं अधिवेशनले राजन वनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार सदन सभाहलमा भएको सो अधिवेशनले वनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष होमनाथ दाहाल, महिला उपाध्यक्ष गीता चौलागाईं, सचिव फणीन्द्र कुमार खतिवडा, सहसचिव सुमित्रा माया तामाङ, कोषाध्यक्ष गोपाल थापा र सहकोषाध्यक्ष पुष्पलता प्रसाईँ चयन भएका छन् । सदस्यहरू देवराज राई, महेश्वर कोइराला, टेक बहादुर राई, जनम माया मग्राती मगर, पदम आले मगर, सागरमणि दाहाल र गोता ढकाल सापकोटा छन् ।कार्यक्रमको उद्घाटन संगठनकी केन्द्रीय सदस्य वेणु काफ्लेले गरेकी थिइन ।

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 475 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्वदेशमै फर्किने वातावरण बनाऊ

    गैरकानुनी रूपमा आफ्नो देशमा बसोबास गरिरहेका हजारौँ आप्रवासीलाई अमेरिकी सरकारले बर्सेनी देश निकाला गर्ने गरेको छ । कानुनी कागजातविना नै बसिरहेका त्यस्ता आप्रवासीलाई लाखौँ अमेरिकी डलर खर्चेर अमेरिकाले उनीहरूकै देशमा फर्काउने गरेको छ । यसरी आफ्नै देश फर्काइने कानुनी कागजातविहीन आप्रवासीहरूमा नेपाली नागरिक पनि हुने गरेका छन् । विश्वका १ सय ९ मुलुकका आप्रवासीमध्ये काजवातविहीनलाई फर्काउने प्रक्रियालाई वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि तीव्रता दिइरहेका छन् । यसपटक पनि केही नेपाली नागरिकहरू फर्काइएका छन् । मध्यमवर्गीय अधिकांश नेपाली नागरिकहरूका लागि अमेरिका सपनाको देश बन्ने गरेको छ ।

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 513 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागुऔषध सहित महिला पक्राउ

    धरान/  लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा धरान उप–महानगरपालिका–८ की २९ वर्षीया सुष्मा तामाङलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार दिउँसो २ बजे, धरान उप–महानगरपालिका–१६ स्थित कुन्ता शर्माको घरमा कोठा भाडामा लिएर बस्दै आएकी तामाङ लागूऔषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनको कोठाबाट लागूऔषध ट्रामाडोल ३ हजार २१० क्याप्सुल, प्रतिबन्धित औषधि क्एब्क्एभ्क्त् १ हजार ६६० ट्याब्लेट र क्एब्क्एब्क्ष्ल् ७३० ट्याब्लेट बरामद गरेको छ। पक्राउ परेकी तामाङलाई थप अनुसन्धानका लागि इलाका

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 1,377 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप : वडा नं. ५ को विजयी सुरुवात

    वराहक्षेत्र/ आइतवारदेखि वराहक्षेत्र नगरपालिकामा तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ। वराहक्षेत्र नगरपालिकामा लिग फर्म्याटमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ५ विजयी भएको छ। गत बर्षको बिजेता वडा नं. १ लाई शून्यका विरुद्ध दुई गोलको अन्तरले पछि पार्दै गत बर्षको उप-बिजेता वडा नं. ५ बिजयी भएको हो। जितसँगै वडा नं. ५ ले प्रतियोगितामा ३ अङ्क जोड्न सफल भएको छ। खेलमा १ गोल गरेका वडा नं. ५ का अर्जुन कुवर म्यान अफ द म्याच घोषित भए। उनले नगद २ हजार १ सय सहित ट्रफी प्राप्त गरेका थिए। प्रतियोगिता अन्तर्गत सोमवार पहिलो खेल वडा नं. २ र

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 680 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved