राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशन पोखरामा , नयाँ नेतृत्व चयन गर्ने तयारी

  • जेठ ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

पोखरा/ नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरु भएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्दै संगठनको भूमिकाबारे धारणा राखेका थिए।

११ दिनसम्म चल्ने महाधिवेशनबाट दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरिनेछ। एमालेको संशोधित नीतिअनुसार यसपटक युवा संघको केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ, जसमा ९ पदाधिकारी रहनेछन्।

अध्यक्ष क्षितिज थेवे पुनः नेतृत्व सम्हाल्ने इच्छामा छन् भने महासचिव सुमन पुरीसहित उपाध्यक्ष कृष्णहरि केसी, प्रकाश गौतम र महाराज गुरूङले समेत अध्यक्ष पदमा आँखा लगाएका छन्।

महासचिव पदका आकांक्षीमध्ये खेम शर्मा, कुबेर अधिकारी, विनय शाह, राजन थापा, महेश चौलागाईं र निरोज पौडेलको नाम चर्चामा छ।

यसपटकको नीतिअनुसार युवा संघमा दुई जना उपाध्यक्ष रहनेछन्, जसमा एक महिला अनिवार्य हुनेछ। महिला उपाध्यक्षको दौडमा शारदा पछाईं, नीशा लिम्बू, रेशु तामाङ र अनुपमा राई अग्रपंक्तिमा छन्।

खुला उपाध्यक्ष पदका लागि बलराम बेलबासे, राजन थापा र राकेश राईको नाम अगाडि आएको छ।

महासचिव सुमन पुरीका अनुसार महाधिवेशनमा करिब १ हजार ८ सय ३४ प्रतिनिधिको सहभागिता रहनेछ। यद्यपि आकांक्षीको संख्या बढिरहेको भए पनि एमाले नेतृत्वले भने संगठनमा प्रतिस्पर्धा होइन, सहमतिको अभ्यासलाई निरन्तरता दिने संकेत दिएको छ।

फागुन यता सम्पन्न भएका पार्टीनिकट १० वटा जनसंगठनको महाधिवेशनमा सर्वसम्मतिको बाटो अपनाइएको थियो। यो अभ्यास युवा संघमा पनि दोहोरिने सम्भावना  देखिन्छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved