Top 4

    Showing 1,821-1,830 of 9,497 items.
  • कूल पूजा नजिकिँदै धरान कृषि बजारमा कालो र सेतो बोकाको व्यापार चुलियो

    धरान/  दशैँ, तिहारपछि ब्राह्मण–क्षेत्री समुदायको महत्वपूर्ण धार्मिक चाड ‘कूल पूजा’ नजिकिँदै गर्दा धरान १३ स्थित कृषि बजारमा खसी र बोकाको कारोबार तीव्र भएको छ। विशेषतः एउटै रङको कालो वा सेतो बोकाको माग उच्च देखिएको छ। नेपाली संस्कृतिमा चाडपर्वसँगै मासुजन्य परिकारको विशेष स्थान रहँदै आएको छ। दशैँ, तिहार जस्ता पर्वमा खसी, बोका लगायत चौपायाको बली दिने प्रचलन रहेकाले यस्ता समयमा पशुको व्यापार ह्वात्तै बढ्ने गर्छ। कूल पूजामा विशेषगरी एउटै रङको बोका आवश्यक पर्ने हुँदा यस्ता बोकाको मूल्य समेत उच्च भएको देखिन्छ। व्यवसायी मदन कार्कीका अनुसार, “कूल पूजामा एउटै रङको बोका प्र

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 663 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रशेष पाण्डे ‘भ्वाइस अफ नेपाल’ सिजन–६ का विजेता बने

    काठमाडौं/सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’ सिजन–६ को उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन्। शुक्रबार राति काठमाडौंमा सम्पन्न ग्रान्ड फिनालेमा उनी विजयी घोषित भए। प्रशेष पाण्डे कोच खेम सेन्चुरीको समूहबाट प्रतिस्पर्धामा उत्रिएका थिए। उनले कोच मेलिना राईको समूहका खोटाङका रोशन राई, कोच राजु लामाको समूहका इलामका प्रमेश राई र कोच उदय सोताङको समूहकी सिक्किमकी अर्पणा आचार्यलाई पछि पार्दै उपाधि जिते। फिनालेमा रोशन राई फस्ट रनरअप, प्रमेश राई सेकेन्ड रनरअप र अर्पणा आचार्य थर्ड रनरअप घोषित भए। विजेता बनेका पाण्डेले उपाधिसँगै २० लाख रुपैयाँ नगद प्राप्त गरेका छन्। साथै, अन

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 892 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विश्व प्रेस स्वतन्त्रता दिवस आज, राष्ट्रपति पौडेलद्वारा शुभकामना

    काठमाडौं/आज मे ३ तारिख विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै सम्पूर्ण सञ्चारकर्मीहरूलाई शुभकामना सन्देश दिएका छन्। राष्ट्रपतिले जारी गरेको सन्देशमा नेपालमा निरङ्कुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगत्को उल्लेखनीय योगदान रहेको स्मरण गर्दै प्रेस स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको अनिवार्य शर्त भएको बताएका छन्। उनले भनेका छन्, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो। यो केवल सञ्चारकर्मीको हक मात्र नभई आमनागरिकको सुसूचित हुन पाउने संवैधानिक अधिकार पनि हो।

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 460 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संघर्षमा रहेका गहना: कलाकारको पीडा र पहिचान

    'कलाकार देशको गहना हुन्" – यो भनाइ कति गहिरो छ, तर विडम्बनापूर्ण रूपमा हाम्रो समाज र राज्य संयन्त्रले त्यसको मूल्य अझै ‌बुझ्न सकेको छैन। कलाकार जसले समाजको भावनालाई स्वर, शरीर, रंग र लयमार्फत अभिव्यक्त गर्छन् । उनीहरू आफैँ भने देशमा सम्मान र सम्भावनाको खोजीमा भौँतारिइरहेका छन्। कला एउटा समाजको आत्मा हो भने, कलाकार त्यो आत्मालाई जीवित राख्ने पात्र हुन्। नेपालमा कलाकारितालाई अझै पनि गम्भीर रूपमा नलिइने, कला र कलाकारलाई केवल ूमनोरञ्जनू को औजार ठानिने र त्यसअनुसार व्यवहार गरिने गरिएको छ। आज पनि नेपालमा हजारौँ कलाकारहरू दैनिक जीविकोपार्जनको लागि संघर्ष गरिरहेका छन्। एउटा कलाकारले आफ्नो

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 852 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट क्याम्पस (सोम्स) ले उत्कृष्ट विद्यार्थीहरुलाई सम्मानित गर्‍यो

    विराटनगर/  बिराट क्याम्पस (सोम्स)ले आफ्नो शैक्षिक उत्कृष्टता र समर्पणलाई सम्मानित गर्दै विभिन्न सङ्कायका ७ जना उत्कृष्ट विद्यार्थीलाई सम्मान प्रदान गरेको छ। क्याम्पसको काठमाडौं बाहिर रहेको एकमात्र परीक्षा केन्द्र (सिबिइ सेन्टर)मा पहिलो तहको बोर्ड परीक्षा ९३५ अङ्क प्राप्त गर्दै उत्कृष्ट नतिजा ल्याउन सफल छात्र सम्पन्न श्रेष्ठलाई सम्मानित गरियो। त्यसैगरि, कक्षा–११ र कक्षा–१२ का उत्कृष्ट विद्यार्थीहरूलाई पनि आज क्याम्पसले विशेष सम्मान प्रदान गरेको हो। प्रत्येक वर्ष क्याम्पसले आफ्नो शैक्षिक प्रदर्शनमा उत्कृष्टता प्रकट गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै आएको छ। यस अवसरम

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 498 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  •  "शिक्षक आन्दोलनको सहमतिमा टुंगो, सरकारी विद्यालय आजदेखि खुले"

     काठमाडौं/ एक महिना लामो शिक्षक आन्दोलन अन्ततः सहमतिमा टुंगिएपछि आजदेखि देशभरका सरकारी विद्यालयहरू पुनः सञ्चालनमा आएका छन्। शिक्षकहरूले सरकारसँगको नौ बुँदे सहमति पछि आन्दोलन अन्त्य गरेका हुन्। यस आन्दोलनका कारण विद्यालयहरूको पठनपाठन ठप्प मात्र भएन, भर्ना अभियान पनि प्रभावित भएको थियो। सहमति बुधवार भएको भए तापनि, यसको सार्वजनिक घोषणा हिजो मात्र भएको थियो, जसका कारण आजदेखि विद्यालयहरू खुला भएका छन्। शिक्षकहरूले भनेका छन् कि सुरुमा भर्ना अभियान पूरा गरिनेछ र केही दिनमा पठनपाठन सुचारु हुनेछ।

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 438 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सम्पत्तिको लोभमा श्रीमानलाई ‘मरेको’ घोषणा! जीवित भेटिएपछि वडाध्यक्ष प्रहरीको फन्दामा

    इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–२० मा एक महिलाले आफ्नै जीवित श्रीमानलाई मरेको घोषणा गर्दै अदालतमा न्यायिक मृत्युसिद्धिको माग गरेकी घटना अहिले चर्चाको शिखरमा छ। पैसाको लोभमा परेर स्थानीय जनप्रतिनिधिसँग मिलेमतो गर्दै मृत्युप्रमाणपत्र बनाउने काम भएको खुलासा भएपछि, यो घटनाले कानुनी, प्रशासनिक र नैतिकताको गम्भीर प्रश्न उठाएको छ। दीपबहादुर खड्का नाम गरेका ती व्यक्ति विदेशमा – कतारमा – जिउँदै भेटिएका छन्। तर उनका श्रीमती कुस्मादेवी खड्काले भने १२ वर्षदेखि सम्पर्कविहीन भएको भन्दै उनलाई ‘मरेको’ घोषणा गर्न अदालतमा निवेदन दिएकी थिइन्। साथमा इटहरी उपमहानगरपालिका&n

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 3,256 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्कारपियो दुर्घटनामा एकको ज्यान गयो, छ जना घाइते

    उदयपुर/ उदयपुरको कटारी नगरपालिका–६ स्थित मदन भण्डारी लोकमार्गमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन्। बैशाख १८ गते अपराह्न चितवनबाट झापा जाँदै गरेको मे १ च ३०४० नम्बरको स्कारपियो आफैं अनियन्त्रित भई सडक किनारमा रहेको फलामको बेरियरमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा परेका घाइतेहरूमध्ये झापा दमक नगरपालिका–३ का ५५ वर्षीय माधव बस्नेतलाई तत्कालै प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी कटारी अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याउनासाथ नै चिकित्सकले उनलाई मृत घोषणा गरे। घटनामा अन्य छ जना घाइते भएका छन्। घाइतेमध्ये दमक–१० क

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 1,622 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पेस्तोल निकालेर तर्साउने युवक समातिए, प्रहरीद्वारा अनुसन्धान जारी

     सुनसरी/ सुनसरीको हरिनगरा गाउँपालिका–७ मा विवादका क्रममा कटुवा पेस्तोल निकालेर तर्साउन खोज्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्ति २५ वर्षीय सजाद अन्सारी हुन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार अन्सारीले बिहीबार दिउँसो करिब ३ः३० बजेतिर स्थानीय सारिक जटसँग विवाद भएको बेला पेस्तोल देखाएर धम्क्याउने प्रयास गरेका थिए। घटना थाहा पाउनासाथ प्रहरी चौकी घुस्की, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल बीओपी घुस्कीको संयुक्त टोली परिचालन गरिएको थियो। स्थानीयको सहयोगमा अन्सारीलाई कटुवा पेस्तोलसहित पक्राउ गरिएको खतिवडाले जानकार

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 857 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुई महिनामै दुई नेपाली छात्रा मृत: केआईआईटीमा के हुँदैछ?

    धरान/भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह आफ्नै होस्टेलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। पर्सा वीरगञ्जकी प्रिशा बिहीबार राति मृत भेटिएको पुष्टि विभिन्न सञ्चारमाध्यमहरूले गरेका छन्। उनकाे शव हाल अस्पतालमा राखिएको छ भने परिवार भारत पुगिसकेकाले पोष्टमार्टम प्रक्रिया अघि बढ्ने तयारीमा छ। यो घटना सामान्य देखिए पनि पछिल्लो अढाई महिनाभित्र केआईआईटीमै अर्की नेपाली छात्रा—प्रकृति लम्सालको पनि यस्तै शंकास्पद मृत्यु भइसकेको पृष्ठभूमिमा यो थप गम्भीर बनेको छ। नेपाल सरकार, परराष्ट्र मन्त्रालय र

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 653 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved