बिविध कार्यक्रम गरी धरानमा संगीत दिवस मनाइयो

  • असार ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  विश्व संगीत दिवसको अवसरमा शनिबार धरानको भानुचोकमा बिविध कार्यक्रमको आयोजना गरी संगीत दिवस उत्साहपूर्वक मनाइएको छ।

धरान संगीत प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भएका कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले धरानको साहित्य, गीत र संगीतको उन्नयनका लागि प्रदेश सरकारको निरन्तर साथ रहने बताए।

‘धरानको कला, साहित्य र संगीत प्रदेशको गौरव हो, आगामी दिनमा यसको प्रवर्द्धनमा सरकारले सहयोग गर्छ,’ मन्त्री राईले भने। उनले प्रतिष्ठानको भवन निर्माणका लागि समयमै प्रस्ताव आए आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेर सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा धरान वडा नं. २ का अध्यक्ष रमेश राईले संगीत प्रतिष्ठानलाई जग्गा उपलब्ध भइसकेको र भवन निर्माणमा प्रदेश सरकारको सहयोगको अपेक्षा रहेको बताए। प्रतिष्ठानले हाल नयाँ गायन प्रतिभाहरू उत्पादनका लागि प्रशिक्षण कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको जानकारी दिए।

संगीत दिवसकै अवसरमा धरानमै हुर्किएका चर्चित गायक मिलनसिंह खातीलाई स्रष्टा सम्मान प्रदान गरियो। ‘भनिदेउ आज के छ मनमा’ जस्ता कालजयी गीत गाएर लोकप्रिय बनेका खातीलाई प्रमुख अतिथि मन्त्री राईले सम्मानपत्र प्रदान गरे।

कार्यक्रममा चर्चित गायकहरू दीप श्रेष्ठ, मिलनसिंह खाती, नविन राई, क्यामरिन माझी, मुना सुन्दास, अनिस राईलगायतका कलाकारहरूको प्रस्तुति रहेको थियो।

संगीत दिवस मनाउने कार्यक्रममा प्रदेश सांसदहरू रमेश बस्नेत, विजय राई, यशोदा कायस्थ, धरानका उपमेयर अइन्द्रबिक्रम बेघालगायत विभिन्न वडाका अध्यक्षहरूको पनि उपस्थिति रहेको थियो।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved