Top 4

    Showing 1,711-1,720 of 9,373 items.
  • कोशी प्रदेश लगानी सम्मेलन सुरु, ७१ परियोजना सोकेसमा

    विराटनगर/ कोशी प्रदेश सरकारको आयोजनामा कोशी प्रदेश लगानी सम्मेलन २०२५ विराटनगरमा सुरु भएको छ। दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्। उद्घाटन सत्रलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले लगानीकर्ता र निजी क्षेत्रको भरपर्दो वारेस बन्ने प्रतिबद्धता जनाए। उनले प्रदेशमा लगानीमैत्री वातावरण सिर्जना गर्न आठवटा कानुन अध्यादेशमार्फत संशोधन गरिएको जानकारी दिए। "लगानीकर्ताको सुरक्षादेखि परियोजनाको सहजीकरणसम्ममा प्रदेश सरकार तुरुन्त सक्रिय हुनेछ," मुख्यमन्त्री कार्कीले भने, "संघीय सरकारसँगको समन्वयमा आवश्यक

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 774 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ९ बुँदे सहमति: शिक्षक सन्तुष्ट, विद्यालय कर्मचारी असन्तुष्ट

    काठमाडौं/सरकार र नेपाल शिक्षक महासंघबीच भएको ९ बुँदे सहमतिपछि जहाँ शिक्षक पक्ष सन्तुष्ट देखिएको छ, त्यहाँ विद्यालय कर्मचारी भने झनै पीडित महसुस गरिरहेका छन्। आफ्ना माग र मुद्दा सहमतिमा समेटिन नसकेको भन्दै उनीहरूले चर्को असन्तुष्टि जनाएका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै सहमति कर्मचारीको हितविपरीत भएको दाबी गरेका छन्। “सरकारले त वर्षौंदेखि अन्याय गर्‍यो, अहिले शिक्षकहरूबाट पनि अपमानित हुनुपरेको छ,” उनले लेखेका छन्। योगीका अनुसार २०६७ सालमा भएको सहमति जस्तै अहिलेको सहमतिमा पनि विद्यालय कर्मचारीको पक्ष पूर्णतः बे

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 463 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रधानमन्त्री ओलीको उपस्थितिमा आज विराटनगरमा कोशी लगानी सम्मेलन

    विराटनगर/ कोशी प्रदेशको पहिलो लगानी सम्मेलन आज (बिहीवार) विराटनगरमा हुँदैछ। वीरेन्द्र सभागृहमा आयोजना हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्री ओली आज बिहान ११ बजे विशेष उडानमार्फत विराटनगर आइपुग्ने प्रदेश सरकारले जानकारी दिएको छ। दुई दिनसम्म चल्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले बताएका छन्। सम्मेलनको पूर्वसन्ध्यामा बुधबार ‘प्रि–इनभेष्टमेन्ट मिट’ सम्पन्न भएको छ। सो अवसरमा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानीमैत्री वातावरण निर्माण

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 530 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज विश्व मजदुर दिवस,यस्तो छ इतिहाँस

    ग्रेगोरियन क्यालेन्डर ईश्वी सम्वत सन् अनुसार प्रत्येक वर्ष मे महिनाको पहिलो दिन अन्तराष्ट्रिय मजदुर दिवसलाई विश्व भरका सबै मजदूर(वर्ग र मजदुरहरूको अधिकार, चासो, र प्रगतिको चिह्नका लागि “मे दिवस” भनेर पनि चिनिन्छ। यो दिन, विश्वभरका धेरै देशहरूमा राष्ट्रिय बिदा मनाइन्छ, यद्यपि उत्सवको मिति वा नाम भने फरक हुन सक्छ। रेमंड ल्याभिनले पेरिस बैठकमा प्रस्ताव गरे अनुसार सन् १८८९ वा बी।स। १९४६ मा एक वार्षिक दिवसको रूपमा वार्षिक आधारमा मे दिवस मनाउने निर्णय गरियो। रेमंड ल्याभिनले प्रस्ताव गरे कि “शिकागो दंगा” को वार्षिकोत्सव मनाउन अन्तराष्ट्रिय प्रदर्शन आवश्यक छ भन्ने निश्कर्ष अनु

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 631 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विज्ञापन बोर्ड सदस्य एवम् पत्रकार अधिकारीलाई पितृ शोक

    इटहरी । नेपाल सरकार विज्ञापन बोर्ड सदस्य एवं कोशी प्रदेशस्थित इटहरीबाट सञ्चालित यस अनलाईन पोर्टल प्रदेश खबरका अध्यक्ष पवन अधिकारीलाई पितृ शोक परेको छ । नेपाल प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष समेत रहेका सुनसरीका सक्रिय पत्रकार अधिकारीका पिता इन्द्रलाल अधिकारीको ८६ वर्षको उमेरमा बुधवार दिउँसो १ बजे निधन भएको हो । फोक्सो सम्बन्धी रोगबाट पीडित रहेका स्व.अधिकारीका पवन सहित प्रेम र ध्रुव अधिकारी छोरा र मीना, हिमा, तुलसा र अस्मिता छोरी रहेका छन् । स्व.अधिकारीको आजै दिउँसो इटहरीस्थित बूढीगङ्गा जमुना मुक्तिघाटमा अन्त्येष्टि गरिएको छ ।  

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 542 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा भव्य रूपमा परशुराम जयन्ती मनाइयो

    धरान/  हिन्दू धर्मका छैठौं अवतार भगवान परशुरामको जन्म जयन्ती धरानमा भव्य रूपमा मनाइएको छ। समाजमा व्याप्त विकृति, विसंगति र अन्यायविरुद्ध आवाज उठाउने परशुरामको योगदान स्मरण गर्दै शोभायात्रा, सभात्मक कार्यक्रम र सम्मानसहित जयन्ती मनाइएको हो। वैशाख शुक्ल तृतीयाको दिन परशुरामको जन्म भएको विश्वास गरिन्छ। राजा प्रसेनजितकी छोरी रेणुका र ऋषि जमदग्निबाट जन्मिएका परशुरामको स्मृतिमा धरानमा विगत दुई वर्षदेखि परशुराम जयन्ती धुमधामसाथ मनाइँदै आएको छ। भगवान परशुराम समाज, सुनसरी–धरान गठन भएपछि यो परम्परा थप संस्थागत रूपमा अघि बढाइएको हो। यस वर्षको जयन्तीको अवसरमा बिहान व्यानरसहितको शोभायात

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 563 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ५ सयका ७ थान नक्कली नोटसहित भारतीय युवती विराटनगरमा समातिइन्

    विराटनगर/ विराटनगरस्थित एक किराना पसलमा सामान किन्न गएकी भारतीय युवती ५ सय दरका ७ थान नक्कली नोटसहित पक्राउ परेकी छन्। पक्राउ परेकी युवती भारत बिहारको अररिया जिल्ला घर भएकी १९ वर्षीया सिम्पी बैसन्ती हुन्। कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार बैसन्ती विराटनगर महानगरपालिका–१३ मा रहेको किराना पसलमा बुधबार सामान किन्न गएकी थिइन्। पसलमा उनले भारतीय ५ सय रुपैयाँको नोट दिएकी थिइन्, जुन नक्कली भएको आशंका लागेपछि पसल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बैसन्तीलाई नियन्त्रणमा लिएको थियो। खानतलासी गर्

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 809 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दौरा सुरुवालमै लन्डन म्याराथुन दौडेर गिनिज वर्ल्ड रेकर्ड!

    सुनसरी/ धरानका सन्तोष राईले नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमै लन्डन म्याराथुन २०२५ पुरा गर्दै गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन्। लन्डनमा सम्पन्न विश्वकै प्रतिष्ठित म्याराथुनमा उनले २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै इतिहास रचेका हुन्। राई धरान रन समूह र नेपाल रन यूके का संस्थापक हुन्। हाल सपरिवार युकेमा बसोबास गरिरहेका राईले गिनिज रेकर्डको प्रयाससहित नेपाली संस्कृति र पहिचानलाई विश्वमञ्चमा पुर्‍याउने उद्देश्य राखेर दौडमा सहभागिता जनाएका थिए। उनको सन्देश स्पष्ट छ – "खेलमार्फत नेपाली संस्कृति विश्वलाई देखाऔं।" यस अभियानमार्फत उनले जुम्लामा निर्माणाधीन ‘हाई

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 649 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरकार र शिक्षक महासङ्घबीच आज पुनः वार्ता, आन्दोलन भने यथावत

    काठमाडौँ/ आन्दोलनरत नेपाल शिक्षक महासङ्घ र सरकारबीच आज दिउँसो पुनः वार्ता हुने भएको छ। बुधबार राति अबेरसम्म वार्ता भए पनि निष्कर्ष ननिस्किएपछि आज दिउँसो २ बजे शिक्षा मन्त्रालयमा फेरि वार्ता हुने तय भएको हो। महासङ्घका महासचिव तुला बहादुर थापाका अनुसार महासङ्घले अघि सारेको ९ बुँदे प्रस्तावका विषयमा सहमति जुटाउने प्रयास भइरहेको छ। ती बुँदाहरूमा सहमति जुटेपछि पहिलो चरणमा मन्त्रीपरिषद्बाट निर्णय गराउने र दोस्रो चरणमा संसदमार्फत विधेयक पारित गराउने योजना रहेको थापाले जानकारी दिए। यता, वार्ताको प्रयास जारी रहे पनि आन्दोलन भने रोकिएको छैन। शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुबेदीका अनुसा

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 475 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सशस्त्रलाई छलेर भागेको कार दुर्घटनाग्रस्त अवस्थामा फेला, ४ सय २१ किलो गाँजा बरामद

    धनकुटा/  सशस्त्र प्रहरीको चेकजाँचबाट बच्न खोज्दा भागेको एक कार धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित नमस्ते झरना नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। सो कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ। सशस्त्र प्रहरीले जनाए अनुसार चेकजाँचका क्रममा भागेको को २ प १७३४ नम्बरको उक्त कारलाई मुलघाट क्षेत्रबाट नियन्त्रणमा लिन खोज्दा चालक फरार भएका थिए। पछि खोजीका क्रममा नमस्ते झरनामा बेवारिसे अवस्थामा कार फेला परेको हो। दुर्घटनामा परेको अवस्थामा फेला परेको कारको खानतलासी गर्दा १२ वटा पोकामा प्याक गरिएको ४ सय २१ किलो गाँजा भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ। कारका चालक भ

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 1,425 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved