Top 4

    Showing 151-160 of 9,632 items.
  • धरान पिण्डेश्वर बाबाधाममा बोलबम मेलाको तयारी पुरा

    धरान/  प्रत्येक वर्ष साउन महिनामा धरान–१४ स्थित पिण्डेश्वर बाबाधाममा लाग्ने बोलबम मेलाको तयारी पुरा गरिएको छ । साउन महिना भगवान् शिवको विशेष महिना मानिने भएकाले प्रत्येक सोमबार तथा साउन महिनाभर नेपालका विभिन्न जिल्ला र भारतबाट समेत हजारौँ भक्तजन पिण्डेश्वर बाबाधाममा जल चढाउन आउने गर्छन् । भक्तजनको चापलाई व्यवस्थित र सुरक्षित बनाउन धरान उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, पिण्डेश्वर बाबाधाम व्यवस्थापन समिति, नेपाल प्रहरी,शसस्त्र प्रहरी ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक तयारीलाई तीव्र बनाइएको धरान–१४ का वडा अध्यक्ष कृष्णप्रसाद भट

    • प्रकाशित मितिः साउन २, २०८३
    • 925 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिबिस्कसमा हिज्जे प्रतिभाको प्रतिस्पर्धा, अन्नपूर्ण सदन बन्यो च्याम्पियन

    धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा शुक्रबार उत्साहपूर्ण वातावरणबीच अन्तरसदन स्पेलिङ कन्टेस्ट (हिज्जे प्रतियोगिता) सम्पन्न भएको छ। विद्यार्थीहरूको शब्दभण्डार, सही हिज्जे लेख्ने क्षमता र बौद्धिक दक्षता निखार्ने उद्देश्यले आयोजित प्रतियोगितामा अन्नपूर्ण सदनले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हात पारेको हो। स्कुलका अतिरिक्त क्रियाकलाप संयोजक नयनराज राईका अनुसार कञ्चनजङ्घा सदन द्वितीय, मनास्लु सदन तृतीय तथा सगरमाथा सदनले सान्त्वना स्थान हासिल गरेका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई स्कुलका भाइस प्रिन्सिपल विजय सिंह थेबे र शिक्षिका सपना शाहले मे

    • प्रकाशित मितिः साउन १, २०८३
    • 606 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा ब्राउन सुगरसहित दुई पक्राउ, मोटरसाइकल पनि नियन्त्रणमा

    बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–६, ऐतबारेबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति करिब ९ बजे लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ वर्षीय अशोक राई र ४६ वर्षीय ईश्वरकुमार कार्कीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले अशोक राईको शरीर खानतलासीका क्रममा १ दशमलव ६७ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। घटनास्थलबाट को १७ प ८३२९ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा र

    • प्रकाशित मितिः साउन १, २०८३
    • 279 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानले सम्झियो आफ्ना जनप्रिय मेयर तारा सुब्बालाई

    धरान/ धरान उपमहानगरपालिकाका प्रथम जननिर्वाचित नगर प्रमुख स्वर्गीय तारा सुब्बाको ९औँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली सभा, माल्यार्पण तथा स्मरण कार्यक्रम  सम्पन्न भएको छ। तारा सुब्बा स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा राजनीतिक नेतृत्व, जनप्रतिनिधि, सामाजिक अभियन्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। प्रतिष्ठानका अध्यक्ष नारायण सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय गानपछि स्वर्गीय तारा सुब्बा तथा देशका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव योगे

    • प्रकाशित मितिः साउन १, २०८३
    • 517 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीको सत्ता समीकरणमा भूकम्प, कांग्रेसले एमालेसँगको सहकार्य अन्त्य गर्‍यो

      विराटनगर/  कोशी प्रदेशको राजनीतिमा नयाँ मोड आएको छ। नेपाली कांग्रेसले नेकपा ९एमाले० सँगको सत्ता साझेदारी अन्त्य गर्ने औपचारिक निर्णय गरेसँगै प्रदेशमा नयाँ राजनीतिक समीकरणको चर्चा तीव्र बनेको छ। विराटनगरमा बिहीबार बसेको नेपाली कांग्रेस कोशी प्रदेश कार्यदलको बैठकले एमालेसँगको गठबन्धनलाई अब निरन्तरता नदिने निर्णय गरेको हो। यद्यपि, सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूलाई तत्काल फिर्ता बोलाउने विषयमा भने केन्द्रको निर्देशन पर्खिने निर्णय गरिएको छ। बैठककै क्रममा कांग्रेसका शीर्ष नेताहरूको टेलिफोन आएपछि मन्त्री फिर्ता बोलाउने निर्णय स्थगित गरिएको नेताहरूले बताएका छन्। केन्द्रबाट स

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 177 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्तिम पटक सँगै तास खेले, फर्किएनन् बुद्धिबहादुर– साथीकै हातबाट भयो विभत्स हत्या

    लमजुङ/  बेंसीसहर नगरपालिका–८ का ५७ वर्षीय बुद्धिबहादुर बोहोरा र दोर्दी गाउँपालिका–१ ढोकेका ३० वर्षीय विजय लामिछाने मिल्ने साथी हुनुहुन्थ्यो। दुवैबिच घुमफिर गर्ने, तास खेल्ने, खानपिन गर्ने घनिष्ठ सम्बन्ध थियो। लामिछाने बोहोराको घरमा नियमित आउजाउ गर्नुहुन्थ्यो। बोहोराले पनि लामिछानेले भनेका कुरालाई सहजै स्वीकार गर्ने गरेको परिवारजन बताउँछन्। यति घनिष्ठ सम्बन्ध भएका साथीबाट अप्रिय घटना होला भनेर दुवै परिवारले कल्पना गरेका थिएनन्। तर, एक साताअघि मृत फेला परेका बोहोराको हत्या आफ्नै साथी लामिछानेले सुन लुट्ने उद्देश्यले गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले घटनामा संलग्न

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 341 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माग्दा पनि सूचना नदिने इटहरी उपमहानगर, पारदर्शितामाथि गम्भीर प्रश्न

    इटहरी/  सूचनाको हक प्रयोग गरी सार्वजनिक सरोकारका विषयमा सूचना माग्ने नागरिकले कानूनले तोकेको समयभित्र सूचना पाउनुपर्ने व्यवस्था भएपनि इटहरी उपमहानगरपालिकाले भने सूचना उपलब्ध नगराएको पाइएको छ । विभिन्न समयमा दर्ता भएका निवेदनमा आर्थिक वर्षका योजना, नगर अस्पतालको फार्मेसी ठेक्का, सवारीसाधन खरिद तथा वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआईए० सम्बन्धी सूचना मागिए पनि सूचना उपलब्ध नगरिएको वा आंशिक रूपमा मात्र उपलब्ध गराइएको सेवाग्राहीहरूको गुनासो छ । नेपालको संविधानको धारा २७ ले प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयमा सूचना माग्ने र पाउने मौलिक हक सुनिश्चित गरेको छ । त्यसैगरी स

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 166 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बेपत्ता भएको चार दिनपछि शव भेटियो

    मकवानपुर/ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा बाढीले स्कुटरसहित बगाएका चालकको शव चार दिनपछि फेला परेको छ। सोमबार खोलाले स्कुटरसहित बगाएका चालकको शव बिहीबार फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। चालकले चलाएको स्कुटर भने मङ्गलबार क्षतिग्रस्त अवस्थामा भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार स्कुटरमा फेला परेको ब्लुबुकका आधारमा स्कुटरधनी सर्लाहीका महेश कार्की रहेको खुलेको छ। कार्कीका आफन्त घटनास्थलमा पुगेका छन्। प्रहरीका अनुसार सिमखोलाले बगाएको शव घटनास्थलबाट करिब १५० मिटर तल बालुवामा पुरिएको अवस

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 193 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ‘कोरा राइड २०८३’ शनिबार, मन्त्री भीम पराजुलीले उद्घाटन गर्ने

    धरान/  वातावरण संरक्षण, स्वस्थ जीवनशैलीको प्रवर्द्धन, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र कोशी प्रदेश पर्यटन वर्ष २०८३ अभियानलाई थप टेवा पुर्‍याउने उद्देश्यका साथ धरानमा ‘कोरा राइड २०८३’ आयोजना हुने भएको छ। पेडलर्स धरान माउन्टेन बाइकिङ क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै साउन २ गते शनिबार बिहान ६ बजे धरान–२ स्थित भानुचोकबाट कार्यक्रम सुरु हुने जानकारी दिएको हो। कार्यक्रमको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले गर्ने तय भएको क्लबले जनाएको छ। क्लबका अध्यक्ष किशान मास्केका अनुसार नेपालमा सन् २०११ देखि सुरु भएको कोरा र

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 1,034 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पत्रङ्गा पुलमा ब्राउन सुगरसहित धरानका युवक पक्राउ

    सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित पत्रङ्गा पुलबाट प्रहरीले ७.५६ ग्राम ब्राउन सुगरसहित धरानका एक युवकलाई पक्राउ गरेको छ। मंगलबार साँझ करिब ५ः३० बजे कालाबन्जरबाट धरानतर्फ स्कुटरमार्फत लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन सुरक्षा बेस चतराको संयुक्त टोलीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा धरान उपमहानगरपालिका–१८ निवासी २५ वर्षीय सौगात सुनुवारले चलाएको को २८ प २४३२ नम्बरको स्कुटर रोकेर तलासी लिँदा ७.५६ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। बरामद लागूऔषध र स्कुटरसहित सुनुव

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 709 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved