धरानमा घरमै लुकाएर राखेको ब्राउन सुगरसहित ३१ वर्षीय भुजेल पक्राउ

  • भदौ १९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–५ देउराली फोकल्याण्ड टापुबाट प्रहरीले ब्राउन सुगर  लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान–५ देउराली फोकल्याण्ड टापु बस्ने ३१ वर्षीय मनिराज भुजेल रहेका छन्।

प्रहरीका अनुसार भदौ १८ गते दिउँसो करिब २ः३० बजे उक्त क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको लागूऔषध नियन्त्रण टोली, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी देउरालीबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी टोलीले भुजेलको घर तथा कोठामा खानतलासी गर्दा उनले लुकाइछिपाई राखेको ब्राउन सुगर  ४.९१ ग्राम फेला पारेको जनाएको छ।

लागूऔषधसहित पक्राउ परेका भुजेललाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खाजा खर्च कटाउँदै बा ...

धरान/ आफ्नो खाजा खर्चबाट रकम छुट्याउँदै धरान&ndash ...

बेपत्ता श्रमिकको शी ...

काठमाडौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बा ...

नाट्यकर्मी महासंघद्व ...

काठमाडौं/ नाट्यकर्मी महासंघ नेपालले नेपाली रंगमञ्च ...

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved