Top 4

    Showing 1,321-1,330 of 9,492 items.
  • लागू औषधसहित दुई पक्राउ, ब्राउन सुगर र क्याप्सुल बरामद

    सुनसरी/ सुनसरीको इनरुवा नगरपालिका–६ स्थित हलेसी चोकमा लागू औषध ओसारपसारमा संलग्न दुई जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। साउन ३ गते दिउँसो करिब ३ बजेको समयमा पूर्व–पश्चिम लोकमार्गमा को ३३ प ३१४९ नम्बरको मोटरसाइकलमा अढेस लागेर बसेका दुई जनामाथि प्रहरीले चेकजाँच गर्दा उनीहरूबाट प्रतिबन्धित लागू औषध फेला परेको हो। पक्राउ पर्नेमा इनरुवा–८ का ३४ वर्षीय मोहमद सफरुल र ऐरावती गाउँपालिका–५ का ४८ वर्षीय अशोक कुमार यादव रहेका छन्। यादवको साथबाट ४१.४४० ग्

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 667 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देशका केही जिल्लामा मेघगर्जनसहित वर्षा, बाढी र पहिरोको जोखिम

    काठमाडौं/ देशका केही जिल्लामा सक्रिय मौसमी प्रणालीका कारण मौसम अस्थिर बनेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका केही भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेश, मधेशको पूर्वी भू–भाग, गण्डकीको स्याङ्जा, बागलुङ, कास्की र कर्णाली प्रदेशको जाजरकोट, सुर्खेत, डोल्पा र सिमिकोट आसपासका क्षेत्रमा मौसमी प्रभाव उच्च देखिएको हो। महाशाखाले दिएको जानकारीअनुसार हाल सक्रिय मौसमी प्रणाली क्रमशः दक्षिण–पश्चिमतर्फ सर्दै गएको छ। यसका कारण प्रभावित जिल्लासँगै आसपासका क्षेत्रमा समेत आगामी केही घण्टासम्म मौसम झन्

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 421 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मेयरले खानेपानीमन्त्रीलाई भेट नदिएपछि फर्किए

    धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले संघीय सरकारका खानेपानीमन्त्री सहितको टोलीलाई वेवास्ता गर्दै भेट नदिपछि मेयरको चुनाबी प्रतिवद्धताको कोशी प्रोजेक्टको खानेपानी आयोजना अन्यौल भएको छ । शक्रबार मन्त्री प्रदीप यादव सहितको खानेपानी मन्त्रालयको कर्मचारीहरु मेयरलाई भेट्नको लागि धरान आए तर भेट दिएनन् ।मन्त्री सहितको टोली त्यसै फर्किएको छ । सु्नसरी उद्योग वाणिज्य संघ सुनसरीको कार्यक्रममा मन्त्री यादवले धरानका मेयरकै कारण कोशी प्रोजेक्ट खानेपानी आयोजना अन्यत्रै जान सक्ने संभावना बढेर गएको बताए । उनले कुल लागतको ८५ प्रतिशत नेपाल सरकारले एडिबिबाट लिएर धरानलाई अनुदान दिनेछ भने १५ प्रतिश

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 687 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सशस्त्र प्रहरी बल न.४ गण सुनसरीद्वारा ६ करोड भन्दा बढी मूल्यका भन्सार छली सामान बरामद

    धरान/सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हेडक्वार्टर सुनसरीले आर्थिक वर्ष २०८१/८२ मा रु.६ करोड ९० लाख ३ सय ९२ बराबरको भन्सार छली तथा बिलबिजक नभएका अवैध सामान बरामद गरेको जनाएको छ ।  गण अन्तर्गतका सुरक्षा पोस्ट र बिओपीहरूले सो अवधिमा अवैध ओसारपसार नियन्त्रण गर्दै उल्लेखित मूल्य बराबरका सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं.४ गण का प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । भन्सार छली गरेर भित्र्याइएका ती अवैध सामग्रीहरू सुनसरीस्थित कोशी ब्यारेज भन्सार कार्यालयमा दाखिला गरिएको उनले बताए । त्यस्तै, गत आर्थिक वर्ष २०८१/८२ भरिमा मात्र रु.१८ लाख ७५ हजार १३५ मूल्यका बिलबि

    • प्रकाशित मितिः साउन ३, २०८२
    • 648 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लागू औषधसहित किशोर पक्राउ

    धरान/  सुनसरीको धरानमा लागू औषध गाँजासहित एक १६ वर्षीय किशोर पक्राउ परेका छन्। शुक्रबार(आज) बिहान ११:३० बजे धरान उपमहानगरपालिका–१३ स्थित निसाने डाँडामा कोशी राजमार्गमा खटिएको प्रहरी चौकी अमरहाटको टोलीले विशेष सूचनाको आधारमा चेकजाँचका क्रममा उक्त पक्राउ गरेको हो।प्रहरीका अनुसार धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्र.१–०२–००२ ख ०८१८ नम्बरको यात्रुबाहक बसमा सवार मोरङ, रंगेली नगरपालिका निवासी रोशन उप्रेतीले बोकेको कालो झोलामा झन्डै १० किलो लागू औषध (गाँजा) फेला परेको हो।पक्राउ परेका उप्रेतीलाई लागू औषधसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय

    • प्रकाशित मितिः साउन २, २०८२
    • 2,381 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापाको बिर्तामोडबाट हालसम्मकै ठूलो परिमाणमा लागू औषध बरामद, गोदाम सञ्चालक फरार

    झापा/ झापाको बिर्तामोडबाट हालसम्मकै ठूलो परिमाणमा औषधिजन्य लागू औषध बरामद भएको छ। प्रतिबन्धित औषधिहरूको ठूलो भण्डारण भानुभक्त खरेल नामक औषधि व्यवसायीको भएको पुष्टि भए पनि उनी हालसम्म फरार रहेका छन्। इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड–५, मंगलदीप टोलस्थित मनकुमार संग्रौलाको दुईतले घरको भुईँतलाका दुई कोठामा लुकाइराखिएको अवस्थामा प्रतिबन्धित औषधिहरू बरामद गरेको हो। ती औषधिहरू भानुभक्त खरेलले भण्डारण गरेका थिए भने सोही गोदाममा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बरामद लागू औषधको विवरण यस्तो छ: ट्रामाडोल हाइड्रोक्लोराइड — १ लाख ३ हजार ८ सय ट्याब्ल

    • प्रकाशित मितिः साउन २, २०८२
    • 710 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा मोटरसाइकलले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

    धरान/ सुनसरीको रामधुनी नगरपालिकामा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार साँझ रामधुनी–६ स्थित चतरा–कान्छीचोक सडक खण्डमा स्कुटरलाई ठक्कर दिँदा रामधुनी–५ का ५० वर्षीय गणेश राजधामी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएकोमा शुक्रबार बिहान १ः२५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए। दुर्घटना चतराबाट इटहरीतर्फ जाँदै गरेको स्कुटर ९को १४ प ४५८ नम्बर० बाटो क्रस गर्ने क्रममा सोही दिशातर्फ आउँदै गरेको मोटरस

    • प्रकाशित मितिः साउन २, २०८२
    • 1,317 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्राउन सुगरसहित एक युवती लौकहीबाट पक्राउ

    सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–१ भन्सार रोडबाट लागू औषध ब्राउन सुगरसहित एक युवती पक्राउ परेकी छिन्। मंगलबार साँझ ५ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सप्तरी जिल्ला हनुमाननगर कंकालिनी नगरपालिका–९ की २१ वर्षीया प्रतिक्षा कुमारी रायलाई पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी रायको रितपूर्वक खानतलासी गर्दा उनले लगाएको कालो बुट्टे हाफ पाइन्टको बायाँ गोजीमा लुकाइछिपाई राखिएको अवस्थामा ब्राउन सुगर १ ग्राम फेला परेको प्रहरी स्रोतले जनाएको छ। पक्राउ परेकी रायलाई लागू औषधसह

    • प्रकाशित मितिः साउन २, २०८२
    • 817 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिरामी श्रीमानका लागि श्रीमतीको गुहारपछि शुरु भयो सहयोगको अभियान

    धरान/धरान–८ स्थित अरुणटोल सुकुम्बासी बस्तीका ४० वर्षीय रोशन राईको उपचारका लागि ६ हजार रुपैयाँ सहयोग जुटाइएको छ। कलेजो फेर्नुपर्ने अवस्था आइसकेपछि आर्थिक अभावका कारण उपचार अवरुद्ध हुँदा श्रीमती शान्ति तामाङले गरेको मार्मिक गुहारले जनचासो र सहयोग आकर्षित गरेको हो। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेश उपाध्यक्ष तथा लेखापढी व्यवसायी तिर्थ दाहाल र उनकी श्रीमती कोशिला राई दाहालले ५ हजार रुपैयाँ, संगठनका सचिव महेश घिमिरे र सदस्य प्रेमप्रसाद पोखरेलले जनही ५ सय रुपैयाँ सहयोग गरेका छन्। सहयोग अभियान मजदुर नेता भीमज्वाला राईद्वारा सार्वजनिक गरिएको ‘श्रीमतीको बिलौना’ शिर्षक

    • प्रकाशित मितिः साउन २, २०८२
    • 500 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुख्यमन्त्रीद्धारा बोलबम उद्घाटन

    धरान/ धरानमा विहीबारदेखि विधिवत रुपमा बोलबम शुरु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले पिण्डेश्वर मन्दिरमा जल अभिषेक गर्दै विधिवत रुपमा बोलबम शुरु भएको घोषणा गरेका छन् । यस बर्षको बोलबम मेला शुरु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जल अविशेष गरी विहीबार बोलबम मेलाको उद्घाटन गरिएको हो । सो अवसरमा बोल्दै मन्त्री कार्कीले धार्मिक तथा सांस्कृतिक कुराहरु नेपालीहरुको पहिचान भएको बताए । धार्मिक तथा साँस्कृतिक पक्षले नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई परिचित गराउने उल्लेख गर्दै यसको प्रवद्र्धन, विकास तथा संरक्षण गर्ने दायित्व सबैको भएको स्प

    • प्रकाशित मितिः साउन २, २०८२
    • 448 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved