काठमाडौँ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छन्।
आइतबार बिहानै उनले पार्टीका केन्द्रीय सदस्यहरूको ह्वाट्सएप समूहमार्फत आफ्नो असन्तुष्टि व्यक्त गर्दै राजीनामाको घोषणा गरेकी हुन्।
श्रेष्ठले पार्टीभित्र आफूलाई लगातार मिडिया ट्रायलमा पारिएको, आफ्ना भनाइहरूलाई बेवास्ता गरिएको र काम गर्ने वातावरण नै नरहेको कारण देखाउँदै पार्टी छाडेको बताएकी छन्।
यसैबीच, रास्वपा प्रवक्ता मनिष सुमनले श्रेष्ठको घोषणा ग्रुपमा आएको पुष्टि गर्दै औपचारिक राजीनामा पत्र भने पार्टी कार्यालयमा नपुगेको जानकारी दिए।