धरानको सर्दु खोलामा अज्ञात युवकको शव फेला

  • भदौ २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ धरान वडा नं ११ र २० को सिमाना भएर बग्ने सर्दु खोलामा आज (शनिबार)बिहान करिब ३०–३५ वर्ष उमेर देखिने एक युवकको शव फेला परेको छ।

वडा नं ११ वानडाँडाका स्थानीयले खोलाले बगाएर ल्याएको अवस्थामा शव देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए। मृतकको शरीरमा केवल माथिल्लो भागमा मात्र कपडा रहेको बताइएको छ।

वडा नं ११ का अध्यक्ष लोकेन्द्र फागोका अनुसार शव कस्को हो भन्ने अहिलेसम्म पहिचान खुलेको छैन। शव वडा नं २० तर्फ भेटिए पनि त्यहाँ मानव बस्ती नभएको र पूर्वतर्फको वडा नं ११ मा बस्ती रहेको उनले जानकारी दिए।

घटनास्थलमा पुगेको सशस्त्र र जनपद प्रहरीले मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि मर्चरीमा लगेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले बताएका छन्।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved