तिनै अशक्त श्रीमतीको भिडियो प्रयोग गर्दै चन्दा उठाएर करोडपति भइसकेपछी उनै “अशक्त श्रीमतीको स्विकृती लिएर” अर्को विहे गर्दिन्छ यो समाज एकजना पुरुषको । अनि “बधाइ” थाप्छ उही पुरुष।। अशक्त श्रीमतीको स्वीकृती भन्दै गैरकानुनी बिहे गर्दा पनि बधाई र शुभकामनाको ओइरो छ । यहाँ त्यो पुरुष अशक्त भएको भए अनि त्यो पुरुषलाई एउटा कुनाको ओच्छ्यानमा सुताएर उसको स्वीकृती हो भन्दै श्रीमतीले अर्को पुरुष ल्याएर घरमा राखेको भए,त्यसरी नै बधाई र शुभकामना दिंदा हुँन कि के गर्दा हुन मान्छेहरू ? मेनुका विश्वकर्माकाे फेसबुकवालबाट
काठमाडौं/ दसैंको पूर्व सन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रुपा गिरी मलेसिया उडिन् । मलेसिया जान लागेकी गिरीले भावुक हुँदै भनिन्, ‘घर चलाउन, घरै छाड्नु प¥यो ।’ घरको आर्थिक स्थिति सुधार्न विदेशिन लागेको उनको भनाइ थियो । कक्षा ११ को पढाई बीचैमा छाडेर गिरीले बिहे गरेको केही वर्षमा छोरा जन्मियो । कलाकारिता पेसामा आबद्ध श्रीमानको कमाइले परिवार चलाउन सकिनन् । छोरो स्कुल पठाउन थालेपछि पठनपाठन शुल्क तिर्न र पालनपोषण गर्न समेत हम्मेहम्मे भयो । उनले ऋण गरेर स्वदेशमै व्यापार गर्नेबारे पनि नसोचेको होइन तर लगानी गर्ने आँट नभएपछि विदेशिन बाध्य भएको बताइन् । ‘सन्तान छाडे
ताप्लेजुङ/ सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको संख्या बढ्दै गएको छ । सडक मर्मत गरी सुचारु भएसँगै पाथीभरामा आउने तीर्थयात्रीको संख्या वृद्धि हुँदै गएको हो । ताप्लेजुङको पाथीभरा मन्दिरसम्मको सडक अस्थायी रूपमा सुचारु भएपछि स्थानीय होटल व्यवसायी र यातायात व्यवसायीसमेत उत्साहित भएका छन् । लगातारको वर्षाका कारण अवरुद्ध रहेको मेची राजमार्ग, तमोर करिडोर, र पाँचथर सडक खण्ड खुल्नासाथ तीर्थालुको चहलपहलमा वृद्धि भएको छ । सोमबार मात्र करिब चार सय तीर्थालु मन्दिरमा पुगेको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले बताए । स्थानीय होटल व्यवसायीका अनुसार माथिल्लो फे
सुनसरी/ यही असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा दुई करोड ५० लाख बराबरको तरकारी बाली क्षति भएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्रलगायतका स्थानमा तरकारी बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिए । बाढीले बन्दा, भण्टा, लौका, फर्सीलगायत तरकारी बालीमा क्षति पुगेको हो । ‘बाढीका कारण सुनसरीमा एक सय पाँच हेक्टर क्षेत्रफलको तरकारी बाली क्षति गरेको छ, केरा खेतीमा पनि बाढीबाट क्षति भएको छ’, प्रमुख सिंहले भने । स्थानीय किसान रामबृक्ष मेहता बाढीले तरकारी बालीमा क्षति पुगेपछि आम्दानीको स्रोत गुमाउनुपर
धरान ।धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले मामाससुरा पर्ने धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक मेयर दिएपछि चौतर्फी आलोचना भएको छ । मेयर राई युके भ्रमणमा हिँडेपछि वडाध्यक्ष फागोलाई असोज २८ गतेदेखि धरान उपमहानगरको कार्यवाहक जिम्मेवारी दिइएको छ ।नेपाली काँग्रेसबाट विजयी भएका फागो पनि आलोचित बन्न पुगेका छन् । कोशी पत्रको विशेष सुचना श्रोतका अनुसार फागो साइनो संवन्धले मामाससुरा पर्ने श्रोतले बताएको छ । कार्य वाहक मेयर फागो आफैं पनि निरीह देखिएका छन् । उनी मेयरको कार्यकक्षमा वस्न पाएका छैनन् भने स्वकीय वस्ने स्थानमा रहेर कार्यभार सम्हाल्दैछन् । सामाजिक सञ्जालदेखि सन्चार माध्यममा आ
सात गाउँ हल्ला गरेर दर्शकलाई हलसम्म पुर्यायो । तर, हल्ला गरेजस्तो छैन सिनेमा । नयाँ अनुहार (समिर भट्ट) बाहेक नयाँ केही छैन । * कथा : दन्त्यकथा भन्दा काल्पनिक (अब यस्ता कथामा दर्शकलाई नझुकयाउँदा राम्रो) *पटकथा : फेद न टुप्पाको * सम्वाद : परम्परागत * विषय वस्तु : सामन्तवादी पछौटे समाजको । * सन्देश : केही छैन । * निर्देशनः कमशल !! मेरो सुझाव हो हल्ला गरेर एक पटक सिनेमा चल्ला, पैसा कमाइएला तर, सधैँ यसरी हुँदैन राजा । _भीम राई ज्वाला
निधार किन सधैं यति निरीह हुन्छ यार् ? कहिल्यै हलुङ्गो नहुने भारी कहिल्यै फिका नहुने रङ्ग कहिल्यै नबनिने चिनारी कहिल्यै नभरिने उमङ्ग तर, पनि पोतिरहनुपर्ने एउटा कुरुप पेन्टिङझैँ निदाएको निधार । निधारहरू रङ्गमा डुबिरहेको बेला कति भक्कानिँदो हो गला सेरिनेका मनहरू ! निधार किन सधैं यति निरीह हुन्छ यार् ?? ©मिहाङ
काठमाडौं ।अविल बर्षासँगै बाढी र पहिरोले रोकिएको यातायाता आवागन बीपी राजमार्गमा भोलि मंगलबारदेखि रुटका गाडी चलाउने पाइने भएको छ । सो रुटको अनुमति लिएका गाडीहरू भोलिबाट सो सडकमा सञ्चालन हुन लागेका हुन् । सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्रयाक खोलेर साना गाडीहरू चल्न दिइएको छ ।दशैँका लागि घर गएका सर्वसाधारण सोमबाट काठमाडौं फर्कन सुरु गरेका छन् । चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सनमा केही समस्या भएकाले आज ती ठाउँमा सडक मर्मत गरी भोलिबाट क्युका ठुला बस समेत सञ्चालन गर्न दिने कार्यालयले जनाएको छ । आज साँझसम्म सडक सुधार गरी अनुमति प्राप्त सवारी स
धरान/ नेकपा एमाले धरान ६ बडा कमिटीले चाडपर्व लाई लक्षित गरेर धरान पानबारीको सेउती जंगल आसपासक्षेत्रको सरसफाई कार्यक्रम गरेको थियो । वडा कमिटीले प्राय जसो दशै तिहारमा कोठे शुभकामना अदान प्रदान गर्ने पुरानो परम्परालाई तोड्दै सामाजिक कार्यको लागि धरान पानबारीको सेउती जंगल क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरेको एमाले वडा कमिटी अध्यक्ष हरि राईले बताए । वडा कमिटीले खाल्डा खुल्डी बोटो परपार गर्ने र जंगलको झाडी फाडेर खुल्ला बनाएको हो । झाडीका कारण हिँड डुल गर्नलाई जोखिम बढ्ने चोरी डकैती हुने र खाल्डा र खुल्डी सडकले दुर्घटना निम्त्यिाउन सक्ने भनेर जोखिम कम गर्नको लागि दशै अघि नै एमाले ६ नम्बर
खोटाङ । बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार आफन्त, छिमेकी, विद्यालय भवनमा तथा सार्वजनिकस्थलमा बसेर दसैं मनाइरहेका छन् । यही असोज ११ रु १२ गते आएको बाढी तथा पहिरोबाट सबैभन्दा बढी बाराहापोखरी गाउँपालिका–५ पौवासेरास्थित बङ्सिलाघाटमा १४ परिवार विस्थापित भएका छन् । सुनकोशी किनारमा पर्ने बङ्सिलाघाटमा पानी बहाव घट्दै गएपछि केही परिवार बाढीले क्षतिग्रस्त घर मर्मत गर्दै सर्न थालेको स्थानीयवासी एवं नेपाली कांग्रेस बराहपोखरी गाउँपालिका कार्यसमिति सभापति खिलाराज राईले जानकारी दिए । उनले भने, ‘सुनकोशीमा आएको बाढीले घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका उनीहरुका लागि अहिले द