अध्यक्ष प्रचण्ड क्षतिग्रस्त पार्टी कार्यालय अवलोकन गर्दै

  • भदौ ३१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टीको केन्द्रीय कार्यालयको अवलोकन गरेका छन्।

जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि क्षतिग्रस्त बनेको कार्यालयको अवस्थाबारे उनले प्रत्यक्ष जानकारी लिएका हुन्।

आन्दोलन उग्र बनेपछि प्रचण्ड २४ गतेदेखि सेनाको कडा सुरक्षा घेरामा थिए। सुरक्षा कारण पार्टी गतिविधिबाट केही समय टाढा रहेका उनले नयाँ अन्तरिम सरकार गठनसँगै फेरि सक्रिय राजनीतिक भूमिकामा फर्किएका छन्।

कार्यालय अवलोकनका क्रममा प्रचण्डले आन्दोलनका नाममा हिंसा र तोडफोड हुनु दुःखद रहेको उल्लेख गर्दै पार्टी संरचना पुनः सुदृढ बनाउन तत्काल पहल गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, उनले क्षतिग्रस्त कार्यालयको मर्मत तथा पार्टी कामलाई अझ प्रभावकारी बनाउन आवश्यक कदम चालिने बताएका छन्।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved