स्थानीय

    Showing 691-700 of 5,041 items.
  • धरानमा ५० केजी गाँजासहित दुई जना पक्राउ, दुईजना हाम फालेर फरार

    धरान/ सुनसरीको धरानतर्फ आउँदै गरेको पिकप गाडीबाट प्रहरीले ठूलो परिमाणको अवैध लागुऔषध गाँजा बरामद गरेको छ। तातोपानीबाट धरानतर्फ आउँदै गरेको को १ ज २१७८ नम्बरको गाडीमा गरिएको चेकजाँचका क्रममा प्रहरीले ५० केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूमा गाडी चालक धनकुटा सागुरीगढी–९ का खड्गबहादुर मगराती र सहचालक दुर्गे विक रहेका छन्। उनीहरूलाई विष्णुपादुका प्रहरी चौकी, सुनसरीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा पठाइएको छ। इलाका प्रहरी कार्यालय धरानका डिएसपी भिषणबाबु राईका अनुसार चेकजाँचका क्रममा गाडीको प

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 952 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई दियो १३६ रनको लक्ष्य

    काठमाडौं /  नेपाल प्रिमियर लिग (एनपीएल)को नवौं खेलमा विराटनगर किंग्सले साविक विजेता जनकपुर बोल्ट्सलाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रन जोडेको हो । विराटनगरको पारीमा कुनै पनि ब्याट्सम्यानले ठूलो स्कोर बनाउन नसके पनि मध्यक्रमका शुभम रञ्जने र बसिर अहमदले जुझारु पारी खेल्दै टोलीलाई सम्मानजनक योगफलतर्फ डोर्याए । शुभम रञ्जनेले २९ बलमा २ चौका र २ छक्काको मद्दतले ३७ रन बनाए भने बसिर अहमदले ३५ बलमा ३ छक्का प्रहार गर्दै ३६ रनको योगदान दिए। ओपनर मार्टिन गुप्टिल १३ रन र जर्ज मुन्से १० रनम

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 299 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी एक्सिलेन्स अवार्ड–२०२६को तयारी सुरु

     धरान/ आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आयोजना हुने ‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ का लागि तयारी औपचारिक रूपमा सुरु भएको छ।  कोशी प्रदेशकै सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्डका रूपमा स्थापित यो कार्यक्रम कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मानित गर्दै आएको छ। आयोजकका अनुसार यस वर्ष अवार्डलाई अझ परिष्कृत, प्रभावशाली र राष्ट्रियस्तरमै आकर्षक बनाउन तीन नयाँ विधा थपिएको छ। कार्यक्रमको प्रस्तुति, व्यवस्थापन र सम्मान प्रक्रियामा समेत नवीनता ल्याइँदै अवार्डलाई देशभरबाटै ध्यान तान

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 437 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मलद्वारभित्र लुकाएर ब्राउनसुगर तस्करी गर्न खोज्ने युवक पक्राउ

    झापा/ भारतबाट नेपालतर्फ लागुऔषध लुकाइछिपाई ल्याउँदै गरेका एक युवक भद्रपुरमा पक्राउ परेका छन्। भद्रपुर नगरपालिका–५ मेचिपुल नजिक नियमित गस्तीमा खटिएको वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले मंसिर ७ गते साँझ करिब ७:४० बजे बिर बहादुर कुमाल (३१), स्थायी ठेगाना अर्जुनधारा नगरपालिका–२ खुदुनाबारीलाई शंका लागि चेकजाँच गर्दा लागुऔषधसहित नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार कुमाल भारतबाट पैदलमार्ग हुँदै नेपाल प्रवेश गर्ने क्रममा थिए। चेकजाँचका क्रममा उनको मलद्वारभित्र प्लास्टिकमा प्याक गरी लुकाएर ल्याइएको ब्राउन सुगर फेला परेको प्रहरीको भनाइ छ। बरामद पदार्थसहित तौल गर्दा ८ ग्राम ९० मिलिग्रा

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 372 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा सुरु भयो सुनाखरी एकेडेमी कप: उद्घाटन खेलमा सुनाखरी रेड विजय

    धरान/ सुनाखरी एकेडेमीद्वारा आयोजना गरिएको सुनसरी जिल्ला–व्यापी अन्तरविद्यालय फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’ आईतबारदेखि भव्य शैलीमा सुरु भएको छ। धरान उप–महानगरपालिकाका उप–मेयर अइन्द्र बिक्रम बेघाले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरे। कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेघाले खेलकुदलाई प्राथमिकतामा राख्दै उप–महानगरपालिकाले अलग्गै बजेट व्यवस्था गरेको जानकारी दिए। उनले सुनाखरी एकेडेमीले विद्यालय तहकै छात्र–छात्रामा क्षमता, आत्मविश्वास र खेलकुदप्रति प्रतिबद्धता विकास गर्न गरेको पहल सराहनीय रहेको बताए। त्

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 335 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फोकस १६ द्धारा विदाई कार्यक्रम सम्पन्न

    धरान/  फोकस क्लव धरान–१६ ले सल्लाहकार तथा धनकुटा सेवा समाज दक्षिण कोरीयाका अध्यक्ष समाजसेवी प्रदेश राईलाई विदाई गरेको छ । क्लवका सल्लाहकार र क्लवका सदस्य लक्ष्मी याक्खालाई एक कार्यक्रमका विच विदाई गरेको हो ।समाजसेवी राईले क्लवलाई विगत वर्षदेखि नै सहयोग गर्दै आउनु भएको छ । नेपाल आउनु भएको अवसरमा क्लवले सल्लाहकार राई र सदस्य याक्खालाई क्लवमा योगदान गरे वापत सम्मान समेत गरेको थियो । दक्षिण कोरीयामा रहेर सफल व्यवसायसँगै फुटबल खेललाई समेत अगाडी वढाउदै समाजसेवा समेत सकृय रहदै आउनु भएका राईलाई नेपालमा पनि फुटबल खेलप्रतिथप प्रोत्साहन गर्न प्रेरणा मिलोस भन्ने उदेश्यले सम्मान गरीएको क्लवका

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 328 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट ब्राउनसुगरसहित दुई युवक पक्राउ

    सुनसरी/  इनरुवा–४, पूर्व–पश्चिम राजमार्गस्थित इनरुवा पूर्व बस स्ट्यान्ड नजिक लागू औषध ओसार–पसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। मंसिर ७ गते दिउँसो करिब २ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले सप्तरी राजगढ–३ का २९ वर्षीय दिलिप कुमार मण्डल र हनुमाननगर–६ का ২৩ वर्षीय शिवदत्त मण्डललाई पक्राउ गरेको हो। चेकजाँच तथा खानतलासीका क्रममा दिलिप कुमार मण्डलको साथबाट दुई वटा बट्टाभित्र प्लास्टिकमा प्याक गरिएको अवस्थामा ब्राउनसुगर १०२ ग्राम र १००

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 414 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निवृत प्रहरीलाई मजदुरको माया

    धरान/ प्रहरी सेवामा उत्कृष्ठ काम गरेबापत धराने जनताले सिंघमको उपाधी दिएको धरान वडा प्रहरी कार्यालयका प्रमुख हाल निवृत प्रहरी नायव निरीक्षक रुद्रबहादुर खड्कालाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले सम्मान सहित विदाइ गरेको छ ।  यही मंसिर १ गतेदेखि तीस वर्षे प्रहरी सेवाबाट निवृत हुनुभएका खत्रीलाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले खुकुरी प्रदान गर्दै सम्मान र खदा पहिरियाइदिएर विदाइ गर्नु भएको थियो । २०८० साल फागुन २७ गतेदेखि धरान वडा प्रहरीमा इन्चार्ज भएर आउनु भएदेखिनै वहाँले यातायात मजदुरहरुलाई गर्नु भएको सहयोग र साथका लागि संगठनको तर्फबाट सम्मान र विदाई गरिएको संगठनका ध

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 430 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा जेनजी युनाइटेडको विशाल कोणसभा सम्पन्न

    धरान/ धरानमा जेन-जी युनाइटेड अभियानले शनिबार  विशाल कोणसभा सम्पन्न गरेको छ। धरानको भानुचोकमा ठूलो संख्यामा भेला भएका सहभागीहरूले छाता चौक, चतरालाईन, कल्याण चौक हुँदै पुतली लाइनमार्ग समेटिएको शान्तिपूर्ण र आकर्षक र्‍याली निकालेका छन्। कार्यक्रमलाई चेतनामूलक र सांस्कृतिक रूपमा समृद्ध बनाउन जेन-जी कलाकारहरूले देशभक्ति गीत, नृत्य र नाटक प्रस्तुत गर्दै जनचेतना र राष्ट्रप्रेमको भावनालाई झनै प्रबल बनाए। विभिन्न स्थानमा छरिएका जेनजी युवालाई एकताबद्ध गर्न आयोजित कोणसभामा अधिकांश वक्ताहरूको एउटै सन्देश थियो— “जेनजीहरू एक बनौँ, राष्ट्र बनाऔँ, लक्ष्यलाई यथार्थमा बदलौँ।”

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 398 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमाले नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमणको प्रयास, दुईजना पक्राउ

    विराटनगर/  एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाहरूले  बेलुनको लोला छ्यापेका छन् । बस्नेत युवा संघको कार्यक्रममा सहभागी हुन आइतबार बिहान विराटनगरबाट इटहरीतर्फ जाने क्रममा युवाहरूले उनी सवार गाडी रोकेर रातो रङ छ्यापेका हुन् । इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन श्री एयरको १०:५० बजेको उडानमार्फत विमानस्थल आइपुगेका बेला दुई युवाले बेलुनको लोला हान्दै दुर्व्यवहार गर्ने प्रयास गरेका थिए। घटनापछि सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएर अवस्था सामान्य बनाएको मोरङ प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरू विराटनगर महानगरपालिका–२ का १९ वर्षीय अर्पित कुँवर र व

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 339 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved