देउसीको दक्षिणा मृगौला पीडित पत्रकार दियालीलाई सहयोग

  • मंसिर १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । नेपाल फोटो पत्रकार महासंघ सुनसरीले देउसी खेलेर संकलन गरेको दक्षिणालाई विभिन्न रोगबाट पीडितहरुलाई हस्तान्तरण गरेको छ ।

यसै क्रममा मृगौला प्रत्यारोपण गरेका इटहरीका अग्रज पत्रकार पीबी दियालीलाई बुधबार १५ हजार सहयोग हस्तान्तरण गरेकोछ ।
बुधबार धरानमा पत्रकार दियालीकी भान्जी लिला घिमिरेलाई सहयोग हस्तान्तरण गरिएको हो ।नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि चाम्लिङ, अग्रज पत्रकार तथा मजदुर नेता भीमज्वाला राई र प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य देवेन्द्र कार्कीले सहयोग हस्तान्तरण गरेका हुन् ।

मृगौला प्रत्यारोपणपछि पनि समस्या आएपछि दियाली काठमाण्डौंमै निरन्तर फलोअपमा उपचार गराइरहेकाछन् ।
२०८१ सालको तिहारमा नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अगुवाइमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, प्रेस चौतारी नेपाल धरान साथै धरानका केही पत्रकार, समाजसेवीले देउसी खेलेका थिए ।

उक्त देउसीबाट उठेको दक्षिणा मध्ये ६५ हजार रुपैया क्यान्सर पीडित पत्रकार स्नेहा श्रेष्ठ, धरान बसपार्कमा सामान लोडअनलोड गर्ने क्यान्सर पीडित मजदुर बुद्ध ठटाललाई २२ हजार र पत्रकार दियालीलाई १५ हजार सहयोग गरिएको अध्यक्ष विकास चाम्लिङले बताए ।

पत्रकार तथा मजदुर टोलीले करिव १० वर्षदेखि प्रत्येक वर्ष निरन्तर देउसी खेलेर संकलित दक्षिणालाई सामाजिक काममा लगाउदै आइरहेको अग्रज पत्रकार तथा मजदुर नेता भीमज्वाला राईले बताए ।

राईले स्मरण गरे सुरुमा साहित्यकार श्री सुब्बाको कथा संग्रह प्रकाशन गरिएको, पत्रिकाका हकर ज्ञानबहादुर माझीको घर निर्माण, एकल महिला जानुका बिकको घर निर्माण, मजदुर पून्य प्याकुरेलको घर निर्माणका काममा योगदान गरिएको राईले बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved