ईपीएस सम्झौताको १७ वर्ष, दक्षिण कोरियामा कामदार नेपाल पहिलो सात महिनामा चर हजार दुई सय ८५ नेपाली दक्षिण कोरिया

  • मंसिर १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

रासस
काठमाण्डौ – दक्षिण कोरियामा कामदार पठाउनेसम्बन्धी रोजगार अनुमति प्रणाली ९ईपीएस० सम्झौताको १७ वर्ष भएको छ । दक्षिण कोरिया नेपाली युवाका लागि आकर्षक रोजगार गन्तव्य देशका रूपमा रहेको छ ।

दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली युवाको सङ्ख्याले पनि यो तथ्यलाई पुष्टि गर्छ । सन् २००८ देखि दक्षिण कोरियाले ईपीएसमार्फत रोजगारीका लागि नेपाली श्रमिक लैजाँदै आएको छ । ईपीएस शुरु भएयता लिइएका भाषा परीक्षामा सहभागी हुन नौ लाख बढीले आवेदन फारम भरेका छन् ।

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाको तथ्याङ्कानुसार अहिलेसम्म नौ लाख १९ हजार छ सय ३१ युवाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् । सन् २०२४ का लागि अहिलेसम्मकै बढी एक लाख ९९ हजार एक सय १३ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका थिए । सन् २०२४ को पछिल्लो सात महिनाभित्र चार हजार दुई सय ८५ नेपाली श्रमिक दक्षिण कोरिया गइसकेका छन् ।

इपीएसअन्तर्गत वैदेशिक रोजगारीमा दक्षिण कोरिया जाने सङ्ख्या लगातार बढ्दो छ । अहिलेसम्म ९८ हजार तीन सय १० पुरुष र सात हजार दुई सय ४३ महिला गरी एक लाख पाँच हजार पाँच सय ४४ जनाले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेका ईपीएस शाखाका प्रमुख मैयाँ कँडेल बताउनुहुन्छ । नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया जान थालेको १७ वर्षको अवधिमा सबैभन्दा धेरै अघिल्लो वर्ष सन् २०२३ मा १९ हजार छ सय ८९ जना दक्षिण कोरिया गएका छन् ।

सन् २०२३ मा नेपाल कामदार धेरै पठाउने पहिलो देश बनेको छ । दक्षिण कोरियाले ईपीएसअन्तर्गत नेपालसहित इण्डोनेसिया, भियतनाम, थाइल्याण्ड, फिलिपिन्स, श्रीलङ्का, मङ्गोलिया, उज्वेकिस्तान, पाकिस्तान, कम्बोडिया, चीन, बङ्गलादेश, कीर्गिस्तान, म्यानमार, टिमोर–लेस्टे, लाओस र ताजकिस्तानबाट श्रमिक भित्र्याउँदै आएको छ ।

नेपाल र दक्षिण कोरियाबीच सन् २००७ मा रोजगार अनुमति प्रणाली ९ईपीएस०मार्फत नेपाली कामदार दक्षिण कोरिया पठाउन मन्त्रीस्तरीय सम्झौता भएको थियो । सन् २००८ देखि नेपाली श्रमिक रोजगारीका लागि दक्षिण कोरिया जान थालेका हुन् ।

अहिले पनि दक्षिण कोरियामा झन्डै ५० हजार नेपाली श्रमिकले काम गरिरहेका शाखाका निर्देशक कँडेल बताउनुहुन्छ । दुई देशबीचको रोजगार सम्झौता हरेक दुईरदुई वर्षमा नवीकरण हुँदै आएको छ । पछिल्लो पटक सन् २०२२ मा सम्झौता नवीकरण भएको थियो ।

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

चुनु हत्या प्रकरण,मु ...

धरान । सुनसरीको धरान ६ पानबारीको वन परिसरमा भएको चुनु क ...

धरान फाइटनाइटमा १६ ब ...

धरान । बैशाख १२ गते धरानमा हुन लागिरहेको धरान फाइटनाइत ...

२४ केजी गाँजासहित एक ...

सुनसरी/  सुनसरीको हुलाकी राजमार्ग खण्डमा लागू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved