धरान/ नेपाल र नेपालीको कलासँस्कृतिलाई जीवन्तता राख्न महत्वपूर्ण भूमिका खेल्ने गन्धर्व जातिको पेशा संकटमा परेको छ ।
पुस्तौपुस्तादेखि सारंगीको तालम नेपालमा गाइने लोकसंगीतलाई सार्रगीको धुनमा गाउँ, सहरमा गाउँदै हिड्ने गन्धर्व जातिको पेशा संकटमा पर्दा समेत राज्य अनविज्ञ रहेको छ ।
अहिले गन्धर्व जातिका युवा पुस्ता आफ्नो पुख्र्यौली पेशालाई संरक्षण गर्नका लागि लागि परेका छन् ।
तेजेन्द्र गन्धर्व । भोजपुर जरायौ टारका तेजेन्द्रले पुख्यौली पेशा अंगालेको १५ बर्ष जति भयो ।
वैदेशिक रोजगारलाई समेत त्यागेर लोप हुन लागेको कला संस्कृतिलाई जोगाउन लागि पर्नुभएका तेजेन्द्र भ्याइस अफ नेपाल सिजन १ को टप १६ सम्म पुगेर गन्धर्व जातिले बजाउने सारंगी र लोक गीतको प्रवद्धृन गरे । भ्याइस अफ नेपालको स्टेजमा चढेर प्रफमेन्स दिइसकेकाहरु आफै एल्बम निकाल्ने, स्टेजमा गाउने गरे पनि तेजेन्द्रको दिनचर्या भने उस्तै नै छ ।
उनी अहिले पनि गाउँ सहरका चौक चौक, गल्ली गल्ली, मठमन्दिर तथा भीडभाड हुने क्षेत्रमा गएर सर्वसाधारणलाई सारंगीको धुनसँगै गीत प्रस्तुत गर्छन् । शुक्रबार बुढासुब्बा मन्दिर परिषरमा भेटिएका तेजेन्द्रले आफैले रचेको, संगीत गरेको लौकभाकाको गीतसँगै भ्याइस अफ नेपालामा लाइभ राउण्डमा प्रस्तुत गर्नुभएको बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको कथामा आधारित गीत गाएका थिए ।
गीतसँगीतमा लागेका लोपोन्मुख जाति गन्धर्वको पेशा संकटमा पर्दा समेत राज्यले संरक्षणमा कुनै चासो नदिएको तेजेन्द्रको भनाई छ ।
कुनै बेला देश विदेशमा भएका घट्नालाई सारंगीमार्फत लय हालेर घटको विस्तृत जानकारी दिने गन्धर्व जातिलाई सूचनाको संवाहकको रुपमा लिने गरिएको थियो ।
करिब ७ हजार जनसंख्या भएको गन्धर्व जातिलाई राज्यबाट कुनै प्रकारको सहुलितसँगै पेशा संरक्षणमा कुनै ध्यान नदिएको गुनासो उनीहरुको छ ।
उनीसँगै साथसाथै हिड्ने र लोकगीत भाकामा गीत प्रस्तुत गर्ने शिव गन्धवका्े भनाई पनि ठ्याक्कै तेजैन्द्रकै जस्तो छ ।
सरकारलाई आफनो पेशा संकटमा परेको कुरा भर्खरै प्रदर्शन भएको आफूहरुकै कथासँग मेल खाने ‘पूर्णबहादुरको सार्रगी’ चलचित्रले पनि आफूहरुले विगतमा भोगेका दुःखलाई सम्झाउने गरेको बताए ।
विगतमा सामाजिक अपहेलना सहेर शिक्षामा समेत विभेद रहेको कथा चलचित्रमा समेटिएको भएपनि आफूहरुले जीवनमा भोगेको वास्तविक कथा त्यो भन्दा कम नभएको शिव बताउँछन् ।
दर्शकहरुले जीवन्तता बोकेर गीत संगीतबाट गुजारा चलाइरहेका गन्धर्व जातिलाई संरक्षणमा राज्यले कुनै नीति निर्माण नबनाए पनि गन्धर्व जाति आफै जाग्नुपर्नेमा जोड दिएका छन् ।
पाल्पाबाट बुढासुब्बा मन्दिर दर्शनका लागि आएका दिनेश बस्यालले पुख्यौली पेशालाई अब युवापुस्तालाई पनि प्रशिक्षण दिँदै संरक्षणको अभियानमा जुट्नुपर्नेमा जोड दिए ,
कुनै पनि घटना तथा परिघट्नाको वास्तविकतालाइ सार्रगीको धुनसँगै गीतमार्फत प्रस्तुत गर्नै गन्धर्व जातिको पेशा साच्चिकै संकटमा परेको छ ।
पछिल्लो समय गन्धर्व जातिका युवाहरु पुख्यौली सम्पत्तिको रुपमा लिँदै आएको यो पेशालाई संरक्षण गर्न युवाहरु नै जागृत हुनु सुखद कुरा भए पनि यो प्रयासलाई सरकारको तर्फबाट कुनै सहयोग नहुनुचाहिँ विडम्बना नै हो ।
यस्ता सर्जकको सम्मानसँगै सरक्षण गर्ने दायित्व राज्यको होइन र ?