धरान/ विश्वमा रहेका मानिसहरु पछिल्लो समय प्रदुषण,हावापानी र खानपानका साथै विलासिताको जीवनकै कारण दीर्घ रोगबाट ग्रसित छन् ।
विश्व सहित नेपाल पनि अछुतो भने छैन । यहाँ पनि पछिल्लो सयम दीर्घ रोगहरु मुलतः मृगौला,मुटु,लिभर, फोक्सो,डाइविटिज, प्रेसर लगायतका दीर्घ रोगको शिकार हुनु परेको छ । नेपालका गाउँ र शहर नै यस्ता समस्याहरु देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।
यो सबै अहिलेको आधुनिकरणसँगै बनाइएको जीवन शैली रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।
मानव शरीर पनि तनाँकतुनुक अनि शरीरमा पसिना आउनु पर्छ अर्थात शरीरलाई चलायमान बनाउनु नै सबैभन्दा उत्तम उपाय हो । तर पछिल्लो समय आएर शरीरले त्यस्तो काम गरेको पाइदैन कि शरीरलाई तक्लित होस र पसिना निस्कियोस् ।
पहिलो कारण जीवनशैली र दोश्रो भनेको बढ्दो जनसंख्यासँगै प्रदुशषले पनि मानब जीवनमा असर गरिरहेको छ। मानव शरीर दिन दिनै कमजोर बन्दैछ । त्यसैले स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जीवन जीउनको लागि आवस्यक ध्यान दिनु पर्ने बताउँछन् ।
शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पुर्वाधार, बहुसाँस्कृतिक, आवासिय समृद्ध शहर” मुल नारा लिएको धरानमा पनि धरानवासीहरु दिनानु दिन दीर्घ रोगबाट पीडित बन्दै गइरहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताको भनाई छ ।
उनका अनुसार अहिले धरानवासीमा नसर्ने रोग जुन रोग दीर्घ रोग हो त्यस्ता रोगको समस्याबाट पीडित हुन थालेको बताइएको छ ।
प्रमुख मेहताले यस्तो हुनुको मुख्य कारण खानपान,विलासिता जीवन र बढ्दो प्रदुशुण भएको बताएका छन् । मानव शरीरलाई व्यायाम अनिवार्य र सन्तुलित आहारले मात्रै स्वास्थ्य जीवन विताउन सकिने बताइएको छ ।
प्रस्तुत छ कोशी पत्रका कार्यकारी सम्पादक रणध्वज लोहारले स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतासँग गरिएको भिडियो कुराकानीः