स्थानीय

    Showing ६१-७० of ५,३३१ items.
  • कांग्रेस क्षेत्रीय सभापतिमा युवा नेता बिनोद आले मगरको उम्मेदवारी

    धरान/  नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा क्षेत्रीय सभापति पदका लागि युवा नेता बिनोद आले मगरले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। विद्यार्थी राजनीतिबाट पार्टी संगठनमा सक्रिय रहेका आले मगरले युवा पुस्ताको नेतृत्व र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका हुन्। नेपाल विद्यार्थी संघ (नेविसंघ) क्षेत्र नं. १ का सचिव, नेविसंघ महेन्द्र क्याम्पस धरानका उपसभापति हुँदै संगठनमा सक्रिय रहेका उनी हाल महेन्द्र क्याम्पस धरानका इकाई सभापतिका रूपमा कार्यरत छन्। २०७९ सालको स्ववियु निर्वाचनमा सभापति पदका उ

    • प्रकाशित मितिः असोज ११, २०८३
    • १९० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीमान् काममा गएका बेला झापाकी हेमाको भारतमा हत्या आशंका, श्रीमान् विप्लव पक्राउ

    झापा/  झापाको मेचीनगर–१० धुलाबारी माइत भएकी हेमा मण्डलको भारतको नक्सलबारीमा रहस्यमय मृत्यु भएको घटनामा उनका श्रीमान् विप्लव कुमार चौधरी पक्राउ परेका छन्। नक्सलबारीको रथखोला मोडस्थित भाडाको घरमा हेमाको सडिसकेको अवस्थामा शव फेला परेको थियो। घटनापछि हेमाको माइती पक्षले उनको मृत्यु स्वाभाविक नभई हत्या भएको आशंका गर्दै प्रहरीमा उजुरी दिएपछि भारतीय प्रहरीले श्रीमान् विप्लवलाई नियन्त्रणमा लिएको हो। उनलाई सिलिगुडी अदालतमा समेत पेश गरिएको छ। भारतको गंगारामपुरका विप्लव करिब दुई वर्षअघि नेपालमा काम गर्न आएका बेला हेमासँग प्रेम सम्बन्धमा जोडिएका थिए। त्यसपछि उनीहरूले भागेर विवाह गरेका थिए। वि

    • प्रकाशित मितिः असोज ११, २०८३
    • २२३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका रोशन उदाससहित चार जना लागुऔषधसहित पक्राउ

    धरान/ सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानमा गरेको छुट्टाछुट्टै कारबाहीमा लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१० का ३१ वर्षीय रोशन उदाससमेत छन्। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उदासलाई नाइट्रोजेपाम ८२ ट्याब्लेटसहित पक्राउ गरेको हो। उनलाई लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यस्तै, इटहरी उपमहानगरपालिका–५ मा लागूऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको टोलीले २३ वर्षीय निशान सार्कीको कोठामा खानतलासी गर्दा १६० पिस लागूऔषध ट्याब्लेट र १६० पि

    • प्रकाशित मितिः असोज ११, २०८३
    • १,३६२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुर्घटनाग्रस्त स्कार्पियोमा भेटियो ३९८ किलो गाँजा, चालक फरार

    धरान/ विराटनगरमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट प्रहरीले ३९८ किलो गाँजा बरामद गरेको छ । विराटनगरस्थित आयल निगम अगाडि शनिबार राति दुर्घटनामा परेको को १ च ७३९९ नम्बरको स्कार्पियोबाट १३ वटा प्याकेटमा राखिएको अवस्थामा गाँजा बरामद भएको हो । इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको स्कार्पियो शनिबार राति करिब १० बजे आयल निगम अगाडि अर्को कारसँग ठोक्किएको थियो । दुर्घटनापछि प्रहरीले गाडी जाँच गर्ने क्रममा गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा स्कार्पियोको अगाडिको भागमा क्षति पुगेको छ । दुर्घटनापछि चालक गाडी छाडेर फरार

    • प्रकाशित मितिः असोज ११, २०८३
    • १८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १ अर्बभन्दा बढी हुण्डी कारोबार, धरानका शाही पक्राउ

    धरान/ सुनसरीको धरानमा विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्थाका खाता प्रयोग गरी १ अर्ब रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको आरोपमा एक पुरुष  पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वित्तीय कारोबारको विश्लेषण गर्ने क्रममा धरान उपमहानगरपालिका–१३ स्थायी ठेगाना भएका ज्योति शाही हुण्डी कारोबारमा संलग्न रहेको खुलेपछि पक्राउ गरेको हो। शाहीलाई थप अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट असोज ६ गते पक्राउ अनुमति लिइएको थियो। त्यसपछि सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार धरान–५, खैरेनी

    • प्रकाशित मितिः असोज ९, २०८३
    • ९१३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  •  धरानका सबै विद्यालय एक दिन बन्द, मिनपचास बिदाबाट कट्टा हुने

    धरान/ भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै धरान उपमहानगरपालिकाले उपमहानगर क्षेत्रका सबै विद्यालय एक दिन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाले असोज  ९ गते सामुदायिक, संस्थागत (निजी) तथा धार्मिक विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको हो। विद्यालय बन्द हुने दुई दिनको बिदा भने मिनपचास (हिउँदे) बिदाबाट कट्टा हुने जनाइएको छ। धरान उपमहानगरपालिकाको शिक्षा महाशाखाका अधिकृतस्तर सातौं उमाकुमारी दाहालका अनुसार मौसम प्रतिकूल बन्न सक्ने सम्भावना र विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै उपमहानगर क्षेत्रका सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरिएको हो। जल तथा मौसम

    • प्रकाशित मितिः असोज ८, २०८३
    • २२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सडक दुर्घटनामा मन्त्री दीपिका पाण्डेकी छोरीसहित ४ जनाको मृत्यु

    काठमाडौं/ झारखण्डको जमशेदपुर जिल्लास्थित दोमुहानी क्षेत्रमा भीषण सडक दुर्घटना भएको छ।  कार र ट्रक एकापसमा ठोक्किँदा कारमा सवार चार जनाको मृत्यु भएको छ। मृतकहरूमा झारखण्डकी ग्रामीण विकासमन्त्री दीपिका पाण्डे सिंहकी छोरी पनि समावेश छिन्। यो घटना बुधवार अबेर राति भएको हो। दुर्घटना यति भीषण थियो कि कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। प्राप्त जानकारी अनुसार, दोमुहानी नजिकै कार र ट्रकबीच तीव्र ठक्कर भएको थियो। ठक्कर यति शक्तिशाली थियो कि कार क्षतविक्षत भएको छ। दुर्घटनापछि घटनास्थलमा भागदौड मच्चिएको थियो। वरपरका मानिसहरूले घटनाबारे थाहा पाएपछि घटनास्थलमा भिड जम्मा हुन थालेको थियो। दुर्घ

    • प्रकाशित मितिः असोज ८, २०८३
    • ३८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देशका अधिकांश स्थानमा मध्यम वर्षा जारी

    काठमाडौं/  बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भूभागदेखि पूर्वसम्म हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको हो । लुम्बिनीदेखि पूर्वका भूभागहरूमा वर्षा केन्द्रित रहने तथा कर्णाली र सुदूरपश्चिममा तुलनात्मक रूपमा क्रमश कम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै शुक्रबार गण्डकीदेखि पूर्वका हिमाली भूभागमा भारी हिमपात तथा कर्णालीदेखि पूर्वका भूभागमा बढी वर्षाको सम्भावना रहेको

    • प्रकाशित मितिः असोज ८, २०८३
    • ८४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुन्दुम्को अध्ययन र अनुसन्धानका लागि इलाममा खुल्दै ‘मुन्दुम् पाठशाला’

    किरात धर्म, दर्शन र मुन्दुम्को अध्ययन तथा अनुसन्धानका लागि इलाममा ‘मुन्दुम् पाठशाला’ सञ्चालन हुँदैछ। यसै विषयमा कोशी पत्रले युएन नवाेदय कलेजका प्रिन्सिपल तथा  फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाका अध्यक्ष, माङ्गेन्ना माङ्हीम मुन्दुम् पाठशालाका संस्थापक डम्बर तुम्वापापोसँग गरेको विशेष संवादको अंश। मुन्दुम् पाठशाला किन आवश्यक छ ? यसको उद्देश्य के हो र आगामी योजना कस्तो छ ?   पूर्वी नेपालको किरात–याक्थुङ समुदायको मौलिक ज्ञान, दर्शन, संस्कार, संस्कृति र परम्परासँग जोडिएको मुन्धुमको खोज, अध्ययन तथा अनुसन्धानलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यल

    • प्रकाशित मितिः असोज ८, २०८३
    • १,१०० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्राउन सुगरसहित धरानका युवक पक्राउ

    धरान/ सुनसरीको धरानका एक युवक विराटनगरमा लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित बिहीबार बिहान पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१० का ४३ वर्षीय शिवराज राईलाई विराटनगर महानगरपालिका–१५ स्थित रानी बैंक चोकबाट प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका राईमाथि शंका लागेपछि प्रहरीले रोकेर चेकजाँच गरेको थियो । इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले राईको शरीर खानतलासी गर्दा ८ ग्राम ६२० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ । लागुऔषधसहित पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान अघि बढाइएको

    • प्रकाशित मितिः असोज ८, २०८३
    • ३८३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved