काठमाण्डौं/ सवारी साधनको कागजात नविकरण गर्दाकै बखत कार्यरत मजदुरलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको कागजात संलग्न गर्नु पर्ने अनिवार्य व्यवस्था लगायतका मागहरु राख्दै यातायात व्यवस्था कार्यालयको ध्यानाकर्षण गराएको छ । बुधबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले देशभरीका सबै यातायात व्यवस्था कार्यालयमा चारबुँदे ध्यानाकर्षण गराइएको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनु भएकोछ । ध्यानाकर्षण पत्रमा सरकारले सबै श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्नुपर्ने नीति अख्तियार गरिसकेकाले यातायात व्यवस्था कार्यालय मार्फत सवारी दर्ता, नविकरण लग
धरान/ पूर्वी नेपालको पर्यटकीय शहर धरान उपमहानगरपालिका अचेल एउटा विचित्रको विरोधाभासबाट गुज्रिरहेको छ । एकातिर सहरको आधुनिकता र विकासको चर्चा छ भने अर्कोतिर सहरको मुख्य मेरुदण्ड कोशी राजमार्ग र बजारका भित्री सडकहरू ‘अव्यवस्थित पार्किङ’ का कारण कुरुप र साँघुरा बन्दै गएका छन् । भानुचोकदेखि छाताचोक र लक्ष्मी चोक सम्मको क्षेत्रमा सवारी साधनको चाप यति बढेको छ कि अब सडक केवल हिँड्नका लागि मात्र होइन, सवारी थुपार्ने थलोका रूपमा परिणत हुन थालेको छ । तथ्याङ्कको अन्योल र सवारीको बाढी धरानमा कति सवारी साधन छन ? यो तथ्यांक उपमहानगरपालिकामा छैन, न त यातायात कार्यालयले राखेको छ । यातायात व्यव
धरान/ १२औँ मनमोहन स्मृति अन्तरविद्यालय फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न क्वार्टरफाइनल खेलबाट नेपाल पुलिस स्कुल र डिपोट स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन्। धरान–१४ स्थित हात्तिसार केन्द्रीय प्राविधिक क्याम्पसको खेल मैदानमा सम्पन्न पहिलो खेलमा नेपाल पुलिस स्कुलले शिक्षा सन्देश स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। पुलिस स्कुलको जितमा जर्सी नम्बर ७ का विकास मगरले दुवै गोल दर्ता गरे। उनले खेलको १७ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा अर्को गोल थप्दै जित सुनिश्चित गरेका थिए। त्यसैगरी दोस्रो क्वार्टरफ
पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ स्थापना दिवस देशव्यापी रूपमा रतmदान कार्यक्रम आयोजना गरि मनाउँदैछ । संगठनको यस वर्षको नारा “श्रमिकको हक, अधिकार र सम्मानका लागि निरन्तर संघर्षरत नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४७औँ स्थापना दिवस सफल पारौँ, श्रमिक एकतालाई अझ सशक्त बनाऔँ।”रहेको छ । धरानमा पनि संगठनको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । भानुचौकमा उक्त रक्तदान कार्यक्रम गरेको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानका नगर अध्यक्ष किरण थापाका अनुशार उक्त रक्तदान कार्यक्रममा ४० जनाले रतmदान गरेको बताए । कार्यक्रममा प्रम
धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्सन र एन–प्याप्सनले आफ्ना मागहरू सम्बोधन नभए धरानका सम्पूर्ण निजी विद्यालय बन्द गर्नेसम्मको आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका प्रतिनिधिहरूले वर्तमान अवस्था यथावत् रहे चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै विद्यालय बन्दसम्मको निर्णय लिन सकिने बताएका हुन्। पत्रकार सम्मेलनमा प्याप्सन अध्यक्ष दीपक घिमिरे र एन–प्याप्सन अध्यक्ष भगत लिम्बूले आफूहरू आबद्ध विद्यालयले तोकिएकोभन्दा बढी शुल्क लिएको प्रमाणित भए कानुनअनुसारको कारबाही भोग्न तयार रहेको स्पष्ट पारे। साथै, अन्य विद्यालयहरूल
धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक्षा बोर्डद्वारा हालै प्रकाशित कक्षा_१२ को नतिजामा ए प्लस (A+) ग्रेड प्राप्त गर्ने १३ जना विद्यार्थीलाई सोमबार कलेज प्राङ्गणमा आयोजित एक कार्यक्रममार्फत सम्मान गरेको छ। कलेजका अनुसार ए प्लस प्राप्त गर्ने १३ जना विद्यार्थीमध्ये ९ जना विज्ञान संकाय, ३ जना व्यवस्थापन संकाय र १ जना होटल व्यवस्थापन संकायका रहेका छन्। सम्मान कार्यक्रममा ए प्लस प्राप्त गर्ने अधिकांश विद्यार्थी उच्च शिक्षा अध्ययन तथा इन्जिनियरिङ र चिकित्सा शिक्षाको तयारीका लागि विभिन्न स्थानमा रहेकाले उनीहरूका अभिभावक उपस्थित भएका थिए। अभिभावकहरूले आफ्ना छोराछोरीको तर्फबाट
काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ४७ वर्ष पुरा गरेको छ । २०३६ साल असार ९ गते सुनसरी जिल्लाको पानीपिया जंगलमा भूमिगत रुपमा स्थापना भएको यातायात श्रमिकहरुको देशकै पुरानो संगठन हो । स्थापना दिवसको अवसरमा सोमबार यातायात मजदुर तथा व्यवसायीहरुले संयुक्त रुपमा बसपार्क सरसफाइ गरेको छ । “हाम्रो बसपार्क, स्वच्छ बसपार्क” नाराका संगठनले गोंगवु स्थीत नयाँ बसपार्क सरसफाइ गरेको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी गराउनुभयो । संगठनको आह्वानमा भएको सरसफाइ कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, प्रमुख सल्लाहकार विजयबहादुर स्वाँ
धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी किनारबाट प्रहरीले १६८ किलोग्राम गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पिआइटी टोली र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी गस्ती टोलीले उक्त परिमाणको गाँजा फेला पारेको हो। आज सोमबार बिहान करिब ३:१० बजे गस्ती गर्दै जाने क्रममा नदी किनारमा ट्युबमाथि बाँसमा बाँधेर राखेको अवस्थामा ९ वटा प्लास्टिकको बोरामा लुकाइ राखिएको अवस्थामा उक्त गाँजा फेला परेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ। बरामद गरिएको लागूऔषध गाँजालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा
धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ देवीमार्गबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको संयुक्त प्रहरी टोलीलेआइतबार राति करिब ११:१० बजे धरान–१३ निवासी ३२ वर्षीय राजकुमार तामाङ (माकुने) लाई पक्राउ गरेको हो। प्रहरीले तामाङको शरीर तथा साथमा रहेको सामान चेकजाँच गर्दा १.२० ग्राम ब्राउन सुगर फेला पारेको जनाएको छ। बरामद लागूऔषधसहित तामाङलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरान मा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगमि मंसिर २७ गते भित्र नगरलाई बालमैत्री स्थानीत शासन युक्त नगर घोषणाको तयारीमा लागि परेको छ । बालबालिकाको अधिकार, संरक्षण, सहभागिता र विकासलाई प्राथमिकता दिँदै बालमैत्री नीति, कार्यक्रम र सेवाहरू प्रभावकारी रूपमा लागू गर्ने लक्ष्य सहित नगरलाई बालमैत्री स्थानीत शासन युक्त नगर घोषणाकालागि नगरपालिका लागि परेको हो । यसै संन्दर्भमा आइतबार बालमैत्री स्थानीय शासनयुक्त नगरका सूचकहरू बालबालिकाको हित सुनिश्चित गर्न पूरा गर्नुपर्ने मापदण्डहरू मध्य बालमैत्री स्थानीय शासनको सुचकको मापनयोग्य स्थानीयकरण तथा बालमैत्री आचार संहिता तयारीको बिषयमा कार्यशाला कार्यक