दुर्घटनाग्रस्त स्कार्पियोमा भेटियो ३९८ किलो गाँजा, चालक फरार

  • असोज ११, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ विराटनगरमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट प्रहरीले ३९८ किलो गाँजा बरामद गरेको छ ।

विराटनगरस्थित आयल निगम अगाडि शनिबार राति दुर्घटनामा परेको को १ च ७३९९ नम्बरको स्कार्पियोबाट १३ वटा प्याकेटमा राखिएको अवस्थामा गाँजा बरामद भएको हो ।

इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको स्कार्पियो शनिबार राति करिब १० बजे आयल निगम अगाडि अर्को कारसँग ठोक्किएको थियो ।

दुर्घटनापछि प्रहरीले गाडी जाँच गर्ने क्रममा गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा स्कार्पियोको अगाडिको भागमा क्षति पुगेको छ । दुर्घटनापछि चालक गाडी छाडेर फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बरामद गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको थियो भन्ने खुलेको छैन । गाँजा ओसारपसारमा संलग्न व्यक्तिको पहिचान तथा घटनाको थप विवरण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रहरीका अनुसार कोशी प्रदेशका पहाडी जिल्लाबाट उत्पादन तथा संकलन गरिएको गाँजा विभिन्न माध्यमबाट तराईका सीमावर्ती क्षेत्रसम्म ल्याउने र त्यहाँबाट भारततर्फ तस्करी गर्ने गरिएको छ ।

पहाडी क्षेत्रमा तुलनात्मक रूपमा सस्तोमा पाइने गाँजा भारतमा महँगो मूल्यमा बिक्री हुने भएकाले यसको अवैध ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परेको स्कार्पियो अहिले प्रहरीको नियन्त्रणमा छ । प्रहरीले फरार चालकको खोजी गर्नुका साथै गाँजा ओसारपसारमा संलग्न अन्य व्यक्तिबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ ।

 

 

धरान १० स्थित युएन स ...

धरान/ धरान उपमहानगरपालिका वडा नं. १० द्वारा ६२ औं राष्ट ...

कांग्रेस क्षेत्रीय स ...

धरान/  नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकि ...

श्रीमान् काममा गएका ...

झापा/  झापाको मेचीनगर–१० धुलाबारी माइत भएकी ...

धरानका रोशन उदाससहित ...

धरान/ सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानमा गरेको छु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved