विराटनगर । भारतको दिल्ली र बिहारबाट भोकै प्यासै नेपाल–भारत सीमाको जोगबनीसम्म आईपुगेका १५ जना नेपालीलाई भारतीय सुरक्षाकर्मीले सुटुक्क विराटनगरतर्फ छिराई दिएका छन् । विराटनगर–जोगबनी नाकाबाट मानिसहरुको आउजाउ बन्द भएपनि यसरी आएका मानिसलाई क्वारेन्टाइनमा राख्नुको साटो भारतीय क्षेत्रको सीमामा खटिएका सुरक्षाकर्मीले नेपालतर्फ छिराई दिएका हुन । यसरी विराटनगर आउनेमा झापा, मोरङ र सुनसरीका युवा छन् । सोमबार राति आफूहरुलाई भारतीय सुरक्षाकर्मीले सिमापार नेपालतर्फ पठाई दिएको उनीहरुले बताएका छन् । यसरी आउनेमा सुनसरीको गढी गाँउपालिकाका पाँच जना, इटहरी उपमहानगरका दुई जना, इनरुवा नपा र धरान उपमहान
धरान । नेपाल सरकारको उच्च स्तरिय वित्तिय क्षेत्र व्यवस्थापन समन्वय समितीले गरेको निर्णयलाई उल्लंघन गर्दै बैंकहरुले चैत्र महिनाको ब्याज तथा साँवा ऋणीको खाताबाट असुल उपर गरेको भन्दै प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराएका छन् । अर्थमन्त्रीको अध्यक्षतामा २०७६ चैत्र १२ गते बसेको उच्चस्त®ीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले बैंकहरुले चैत्र मसान्तसम्म कुनैपनि ऋणको सा“वा, ब्याज लिन नपाउने, र ऋणीले स्वविवेकले रकम बुझाएमा ब्याजको १० प्रतिशत छुट गर्नुपर्ने निर्णय गरेको थियो । तर बैंकहरुले नियम विपरित ऋणीको खातामा रहेको मौज्दातबाट ऋणीको अनुमति बिना रकम बैंकले स्वतः कट्टा गरिएको
धरान । भारतले नेपाली भुमि मिचेर चिन जोड्ने सडक निर्माण गरेको विरोधमा धरानका सामाजिक अभियन्ताहरुले विरोध प्रदर्शन गरेका छन् । सोमबार बिहान धरानका सामाजिक अभियन्ता सहित बुद्धिजिवीहरुले विरोध र्याली प्रदर्शन गरेका हुन् । भारतले नेपाली भुमि लिपुलेकमा चिन जाने सडक निर्माण गरेको थियो । त्यसैको विरोधमा धराने अभियन्ताहरु स्वस्फुर्त विरोधमा निस्किएका थिए । करिब दर्जन हाराहारीमा निस्कीएको विरोध र्यालीमा कालापानी, लिम्पियाधुरा लिपुलेक हाम्रो हो, अन्तराष्ट्रिय मान्यताको राष्ट्रिय नक्शा सार्वजनिक गर, भारतीय विस्तारवाद मुर्दावाद, हाम्रो भुमि फिर्ता गर, हामीलाई नेपाली माटो प्यारो छ, नेपाली भुमि माथि अतिक्रम
विराटनगर । प्रदेश १ मा सरकारले कोरोना परीक्षणको दर बढाएसंगै परीक्षण गराउनेको संख्या बढेको छ । सरकारले द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट व्यक्तिमा कोरोना भए नभएको परीक्षण गर्दै आएको छ । यसको लागि धरानको बीपी प्रतिष्ठानमा एक र विराटनगरको कोशी अस्पताल मातहत दुई वटा ल्याब संचालनमा छन् । यसक्रममा आइतबारसम्म आरडीटी विधिबाट जम्मा ७ हजार ७ सय ३७ जनाको नमूना परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये ७ हजार ७ सय १६ जनाको रिर्पोट नेगेटिभ आएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका स्वाब ल्याबमा ल्याएर गरिने परीक्षण पिसिआरबाट २ हजार २ सय ४० जनाको न
धरान/ उदयपुरका थप १ जनामा कोरोना भाइरस को संक्रमण देखिएको छ । प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार उदयपुरको भुल्केमा थप १ जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो सगै नेपालमा संक्रमितको संख्या ११० पुगेको छ । प्रदेश १ मा मात्रै कोरोना संक्रमण हुनेको संख्या ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपचार पछि निको हुनेको संख्या ३१ पुगेको छ ।
धरान । कृषि पकेट क्षेत्रको मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप देखिएपछि शुक्रवार धरान उपमहानगरपालिकाले किटनाशक औषधी वितरण गरे पनि पर्याप्त नभएको किसानहरुले गुनासो गरेका छन् । मकैबालि लगाएको क्षेत्रफलको अध्ययन नै नगरी किटनाशक औषधी वितरण गरेको उनीहरुको गुनासो छ । धरान उपमहानगरपालिकाले कृषि पकेट क्षेत्र मानिएको ५, ६ र २० का लागि जम्मा १ सय ९८ बिघा मकै बालीका लागि कीटनाशक औषधी वडा कार्यालय मार्फत वितरण गरेको थियो । धरान उपमहानगरपालिकाको वडा नं. ५ मा ३३ बिघाका लागि दिएको किटनाशक औषधी पनि पर्याप्त नहुँदा कृषकहरुलाई नै वितरण गर्न समस्या भएको थियो । वडा नम्बर ५ मा करिब ६० विघा क्षेत्रफलमा मकैबाली
तेह्रथुम । सामान्य घरायसी विवादमा एक युवाले आफ्नै बाबुआमाको हत्या गरेका छन् । फेदाप गाउँपालिकाको वडा नम्बर ५ स्थित इसिबुका २० वर्षिय कञ्जन लिम्बुले आफ्नै बाबुआमाको हत्या गरेका हुन् । उनले बाबुआमालाई बञ्चरोले हानेर दुवैको हत्या गरेका हुन् । कञ्चनले ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङको बिहीबार साँझ हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कञ्चनले बाबुआमाको हत्या गरेपछि १०० नम्बरमा फोन गरेर ‘मैले बुबाआमालाई मारेँ’ भनेका थिए । फोनमा त्यस्तो भनेपछि प्रहरी घटनास्थल पुग्यो र उनको पिछा गर्न थाल्यो । कञ्चनलाई भाग्दै गरेको अवस्थामा पोक्लाबाङबाट पक्रा
धरान /प्रदेश १ मा थप ८ जना कोरोना संक्रमित निको भएका छन् । उनिहरुलाई भोलि (शुक्रबार) डिस्चार्ज गरिने भएको छ । उनिहरुको दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । हिजो मात्रै ६ जना कोरोनालाई पराजित गर्दै डिस्चार्ज भएका थिए । प्रदेश १ मा जम्मा ३१ ज्ना कोरोना संक्रिमतहरु रहेका थिए । भाली डिस्चार्ज हुने ८ जना पछि उपचाररत संक्रमितको संख्या १७ हुने छ । उनिहरु सबैको अवस्था सामान्य रहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएअनुुसार प्रदेश १ मा पिसिआरबाट हालसम्म १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ । त्यस्तै आरडिटिबाट
धरान जंगली हात्तीको आक्रमणमा परि विहिवार विहान सप्तरीमा एक महिलाको ज्यान गएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट बस्ती पसेको हात्तीको आक्रमणमा परि शम्भुनाथ नगरपालिका २ भल्वाईकी ३८ वर्षीया जानकी मगरको ज्यान गएको हो । मृतकका पति पेशल मगरका अनुसार विहान करिब १ बजे सुतिरहेको बेला हात्तीले घर नै तोडफोड गर्न थालेपछि भाग्ने क्रममा उनलाई हात्तीले कुल्चेर घाइते भएको थिएन । घाईते मगरलाई उपचारकोलागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले नगरका सुत्केरी तथा गर्भवती महिलाहरुलाई राहत वितरण गरेका छन् । वराहक्षेत्र– १० स्थित प्रकाशपुरका सुत्केरी तथा गर्भवती महिलाहरुलाई ओरेक नेपाल सुनसरीले नगरको एकद्वार प्रणालीमार्फत प्रदान गरेको राहत खाद्यान्न नगर प्रमुख खनालले सम्बन्धित व्यक्तिलाई प्रदान गरेको वडाध्यक्ष महेन्द्रबहादुर खत्रीले जानकारी दिए । वराहक्षेत्र नगरपालिका र ओरेक नेपाल सुनसरीको समन्वयमा नगरका सबै वडाका सुत्केरी तथा गर्भवती महिलाहरुलाई राहत उपलब्ध गराइने ओरेक प्रतिनिधि विमला घिमिरेले जानकारी दिइन् । वराहक्षेत्र नगरपालिकाको ११ वटा वडामा ३ महिनासम्मका १२५ जना सुत्