भारतीय सुरक्षाकर्मीले १५ जना नेपालीलाई सुटुक्क छिराए नेपालतर्फ

  • वैशाख ३०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिकात्मक तश्वीर

विराटनगर । भारतको दिल्ली र बिहारबाट भोकै प्यासै नेपाल–भारत सीमाको जोगबनीसम्म आईपुगेका १५ जना नेपालीलाई भारतीय सुरक्षाकर्मीले सुटुक्क विराटनगरतर्फ छिराई दिएका छन् ।

विराटनगर–जोगबनी नाकाबाट मानिसहरुको आउजाउ बन्द भएपनि यसरी आएका मानिसलाई क्वारेन्टाइनमा राख्नुको साटो भारतीय क्षेत्रको सीमामा खटिएका सुरक्षाकर्मीले नेपालतर्फ छिराई दिएका हुन ।

यसरी विराटनगर आउनेमा झापा, मोरङ र सुनसरीका युवा छन् । सोमबार राति आफूहरुलाई भारतीय सुरक्षाकर्मीले सिमापार नेपालतर्फ पठाई दिएको उनीहरुले बताएका छन् ।

यसरी आउनेमा सुनसरीको गढी गाँउपालिकाका पाँच जना, इटहरी उपमहानगरका दुई जना, इनरुवा नपा र धरान उपमहानगरका एक एक जना छन् ।

यसैगरी सोटी समूहमा झापाको शिवसताक्षीका दुईजना, कन्काइका दुई जना, मोरङ सुन्दरहरैंचा र पथरीशनिश्चरेका एक एक जना रहेका छन् ।

युवा विराटनगर आएको खबर पाएसँगै उनीहरुलाई विराटनगर–१६ का वडा अध्यक्ष मनोज सुब्बाले खानापिनको व्यवस्था गरिएका छन् ।

नाका सिल भएको बेला ती युवा कसरी नेपाल प्रवेश गरे भन्ने अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

जोगवनी हुँदै नेपाल छिर्न खोज्ने ६० जना भन्दा बढी रहेको र उनीहरु भारतको क्वारेन्टाइनमा रहेको बताइएको छ । उनीहरुले १५ दिनसम्म हिंडेर अनि कतिपय ढुवानीका साधनमा बसेर नेपाल सीमामा आएको बताएका छन् ।

सीमाबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताएका छन् ।

 

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved