उपमहानगरपालिकाले दिएको किटनाशक औषधी अपर्याप्त "वडालाई वितरणमा समस्या"

  • वैशाख २७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कृषि पकेट क्षेत्रको मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप देखिएपछि शुक्रवार धरान उपमहानगरपालिकाले किटनाशक औषधी वितरण गरे पनि पर्याप्त नभएको किसानहरुले गुनासो गरेका छन् ।

मकैबालि लगाएको क्षेत्रफलको अध्ययन नै नगरी किटनाशक औषधी वितरण गरेको उनीहरुको गुनासो छ । धरान उपमहानगरपालिकाले कृषि पकेट क्षेत्र मानिएको ५, ६ र २० का लागि जम्मा १ सय ९८ बिघा मकै बालीका लागि कीटनाशक औषधी वडा कार्यालय मार्फत वितरण गरेको थियो ।

धरान उपमहानगरपालिकाको वडा नं. ५ मा ३३ बिघाका लागि दिएको किटनाशक औषधी पनि पर्याप्त नहुँदा कृषकहरुलाई नै वितरण गर्न समस्या भएको थियो । वडा नम्बर ५ मा करिब ६० विघा क्षेत्रफलमा मकैबाली लगाएका छन् । जस मध्ये ठिङ्गाबारीमा मात्रै ४३ विघा क्षेत्रफलमा मकैबालि लगाएका छन् । किटनाशक औषधी पाउने थाहा पाए पछि कृषकहरु वडा कार्यालय पुगेका थिए । तर पर्याप्त नहुँदा वितरण गर्न नै समस्या परेको थियो । जनप्रतिनिधीहरुलाई वितरण प्रक्रिया मिलाउन नै हम्मे हम्मे परेको थियो ।
ठिङगाबारी कै कृषकहरुलाई मात्रै पनि किटनाशक औषधी पर्याप्त नहँुदा कृषकहरु आक्रोशित बनेका थिए । एक कृषकले भने, १ विघाको लागि १० एमएल किटनाशक औषधी छर्कनु पर्छ, यहाँ ६० विघामा मकैबालि लगाएको छ, ३३ विघाको लागि मात्रै आएको छ भन्छ, वडा कार्यालय, कसले लाने, कति लगाउने दबाई ।’ लगत संकलन नगरी औषधी वितरण गरेको उनीहरुको गुनासो छ ।
त्यसै गरि उपमहानगरपालिकाले वडा नम्बर ६ का लागि १ सय ५० विघाको लागि किटनाशक औषधी दिएको थियो । वडामा करिब ४ सय विघा क्षेत्रफलमा बालि लगाएका छन् । वडा नम्बर ६ को लागि पनि पर्याप्त नभएको वडाअध्यक्ष भुवन बस्नेतले बताए । उनका अनुसार वडामा लगाएको मकैबालिको क्षेत्रफल हेर्ने हो भने ५० प्रतिशत लाई पनि पुग्दैन् । उनले भने, ‘यहाँको क्षेत्रफल अनुसार ५० प्रतिशत भन्दा कम छ, त्यसैले ५० प्रतिशत किसानलाई व्यहोर्न लगाउने र बाँकी ५० प्रतिशतमा नगरपालिकाले दिएको नपुगलाई वडा कार्यालय आफैले खरिद गरेर वितरण गर्ने तयारी गरेको छ ।’
पहिलो चरणका लागि वितरण गरिएको किटनाशक औषधी अपुग भएमा जानकारी गराउन धरान उपमहानगरपालिकाले जनाएको छ ।
एका तिर स्थानीय निकायबाट पर्याप्त मात्रामा किटनाशक औषधी पाउन सकेका छैनन् भने अर्को लकडाउनका कारण किसान आफै बजार गएर खरिद गर्न सक्दैनन् । ढुवानी हुन नसक्दा पनि कृषि केन्द्रहरुमा पनि पर्याप्त किटनाशक औषधी पाउन सकेको छैन् । धरानको कृषि पकेट क्षेत्र मानिएका वडाहरू ५ र ६ नम्बर मा यस भन्दा अघि धान बालीमा अमेरिकन फौजी किराले ठुलो क्षति पुर्याएको थियो ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved