धरान जंगली हात्तीको आक्रमणमा परि विहिवार विहान सप्तरीमा एक महिलाको ज्यान गएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट बस्ती पसेको हात्तीको आक्रमणमा परि शम्भुनाथ नगरपालिका २ भल्वाईकी ३८ वर्षीया जानकी मगरको ज्यान गएको हो ।
मृतकका पति पेशल मगरका अनुसार विहान करिब १ बजे सुतिरहेको बेला हात्तीले घर नै तोडफोड गर्न थालेपछि भाग्ने क्रममा उनलाई हात्तीले कुल्चेर घाइते भएको थिएन ।
घाईते मगरलाई उपचारकोलागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।