स्थानीय

    Showing ४३१-४४० of ५,३३२ items.
  • हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

    धरान/  हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाचित विद्यार्थीहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेकाछन् । केही दिन अघि स्कुलमा सम्पन्न हाउस क्याप्टेन, सहायक क्याप्टेन तथा विद्यालय क्याप्टेनका लागि भएको निर्वाचनमा निर्वाचित विद्यार्थीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन ।स्कुलका शिक्षक नयनराज राईले निर्वाचित विद्यार्थीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । उनीहरुलाई नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राई, स्कुलका प्रेस संयोजक भोला श्रेष्ठ स्कुलका सहायक प्रिन्सिपल विजयसिं थेवे लगायतले दज्र्यानी चिन्ह तथा प्रमाण पत्र प्रदान गरेका थिए । निर्वाचनबाट प

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ८१७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला : तीन दिनमै ५४ गाडी बिक्री

    इटहरी/ इटहरीको राजस्व ढाटस्थित टिभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता पारस अटोमोबाइलद्वारा सञ्चालन गरिएको ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला उत्साहजनक सहभागितासहित जारी रहेको छ। जेठ १० गतेदेखि सुरु भएको मेला १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिएको उक्त मेलामा ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। मेलामा ग्राहकको आकर्षण उल्लेख्य देखिएको छ भने बुधबार ९जेठ १३ गते० सम्ममा ५४ वटा सवारी बिक्री भइसकेको पारस अटोमोबाइलले जनाएको छ। मेलाअन्तर्गत ग्राहकका लागि विभ

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ६७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रविनको निर्णायक गोलमा पुर्वेली भेट्रान सेमिफाइनलमा

    धरान/ धरानमा जारी चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत चौथो क्वाटरफाइनल खेलमा पुर्वेली भेट्रान फुटबल क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ। पुर्वेली भेट्रान र हाम्रो इटहरी भेट्रान बीच भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा पुर्वेली भेट्रानका जर्सी नं. ११ का प्रविन विश्वकर्मा ले निर्णायक गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। त्यसपछि थप गोल हुन नसक्दा पुर्वेली भेट्रानले महत्वपूर्ण जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो। खेलको ‘प्लेयर अफ द म्याच’ पुर्वेली भेट्रानका जर्सी नं. ५ का भुपेन लिम्बू घोषित भ

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ५३७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सभाहलमै संसद : विद्यालय शिक्षा विधेयक पारित गर्दै ए.ई.ई. स्पिकर-६ सम्पन्न

    धरान/ धरानका विद्यार्थीहरूले मंगलबार भाषण मात्रै दिएनन्, संसद् पनि चलाए। धरान–८ स्थित सहिद स्मृति माध्यमिक विद्यालयको सभाहल केही घण्टाका लागि वास्तविक संसद् जस्तै बनेको थियो, जहाँ विद्यार्थीहरूले शिक्षा नीतिमाथि बहस गरे, नियमापत्ति उठाए, मन्त्रीले जवाफ दिए र अन्ततः “विद्यालय शिक्षा विधेयक–२०८३” बहुमतले पारित समेत भयो। यही फरक र रचनात्मक अवधारणासहित आयोजित धरान उप–महानगरव्यापी “एस.ई.ई स्पिकर–२०८३, सिजन–६” को फाइनल मंगलबार सम्पन्न भएको हो। प्रतियोगिताको आयोजना र्‍याडिकल लाईट नेपाल प्रा.लि.धरानले गरेको थियो। प्रतियोगितामा पब्लिक हाईस्क

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ९९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टिकटकमा ‘हातहतियार’ देखाउँदै पोस्ट गर्ने दुई किशोर प्रहरी फन्दामा

    धरान/  सामाजिक सञ्जाल टिकटकमा हातहतियार प्रदर्शन गर्दै पोस्ट गरिएको घटनापछि प्रहरीले अनुसन्धान तीव्र पारेको थियाे । सोही आधारमा खोजतलास गर्दै जाँदा मिति २०८३।०२।११ गते साँझ १८:५० बजेको समयमा जिल्ला सुनसरीको देवानगञ्ज गाउँपालिका–०२ बाट दुई जना किशोरलाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका वर्ष १७ र वर्ष १५ का ती किशोरहरूको साथबाट फलामबाट बनेको घरेलु हतियार, कटुवा पेस्तोल जस्तो देखिने वस्तु समेत बरामद भएको प्रहरीले जनाएको छ। बरामद हतियारसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। प्रहरीले सामाजिक सञ्जालमा यस्ता गतिविधि नगर्न

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ४७६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पार्किङको छाना उड्दा दुई बसको अगाडिको सिसा चकनाचुर

    झापा/ साेमबार राति चलेको शक्तिशाली हावाहुरीका कारण झापाको मेचीनगर नगरपालिका–८, ईटाभट्टास्थित सुर्योदय कम्पनी को पार्किङ स्थलमा क्षति पुगेको छ। हावाहुरीले पार्किङ स्थलको भवनको जस्ताको छाना उडाउँदा सोही स्थानमा पार्किङ गरेर राखिएका मे १ ख २५२६ र मे १ क २७९३ नम्बरका दुईवटा बसमा ठोक्किन पुगेको थियो। घटनामा दुवै बसको अगाडिको सिसा फुटेर क्षति भएको जनाइएको छ।

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • २५६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुढामै बसिरहेका वृद्ध अचानक लडे, उपचारका क्रममा मृत्यु

    झापा/ झापाको बुद्धशान्ति गाउँपालिका–४ अमरबस्तीमा एक वृद्धको अचानक लडेर मृत्यु भएको छ। साेमबार राति करिब ९:०० बजे स्थानीय ६७ वर्षीय खेम बहादुर राना मगर आफ्नै घरमा मुढामाथि बसिरहेको अवस्थामा अचानक लडेर बेहोस भएका थिए। तत्काल उपचारका लागि भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल पुर्‍याइए पनि चिकित्सकले राति ९:५६ बजे मृत घोषणा गरेका हुन्। भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय धुलाबारी बाट खटिएको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहे

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • १७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चौथो धरान भेट्रान कप : धरान भेट्रानको शानदार जित

    धरान/ चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा हाम्रो धरान भेट्रान फुटबल क्लब ले बेलका भेट्रान उदयपुर माथि ५–१ को प्रभावशाली जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको छ। खेलको पहिलो हाफमै धरानले आक्रामक खेल प्रदर्शन गर्दै जीवन लिम्बूको २ तथा पदम राईको २ गोलमार्फत ४–० को मजबुत अग्रता बनाएको थियो। दोस्रो हाफमा टिम कप्तान अशोक राईले थप एक गोल गर्दै स्कोर ५–० पुर्‍याए। खेलको अन्त्यतिर बेलका भेट्रानले पेनाल्टीको अवसर पाएको थियो, जसलाई केशर राईले सफलतापूर्वक गोलमा परिणत गर्दै अन्तर ५–१ मा झारे। तर त्यो गोल बेलकालाई खेलमा फर

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • १,०९७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा बेवारिसे अवस्थामा भन्सार छलिका लाखौँका कपडा बरामद

    झापा/  झापाको बिर्तामोड नगरपालिका–८ कटहरबारीस्थित सडक छेउबाट भन्सार छलि नेपाल भित्र्याइएका लाखौँ रुपैयाँ बराबरका कपडा बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको छ। नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मिति २०८३ जेठ ११ गते दिउँसो करिब २ बजे उक्त स्थानमा शंकास्पद रूपमा छाडिएका कपडाहरू फेला पारी नियन्त्रणमा लिएको हो। बरामद सामग्रीमा १ हजार थान सेतो सेन्डो भेष्ट, ३७ थान एडिडास हाफपेन्ट, ६ थान धारी हाफपेन्ट, २९ थान सादा हाफपेन्ट, १४ थान जिन्स पेन्ट, ३६ थान कटन पेन्ट, २७ थान साडी, ७१ थान बक्सर हाफपेन्ट, ३२४ थान पेन्टी तथा ११ थान सर्ट रहेका छन्। प

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • १६२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दमकमा ब्राउन सुगर कारोबार गर्ने दुई पक्राउ

    दमक/ झापाको दमक नगरपालिका–५ मा अवैध लागूऔषध ब्राउन सुगर कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक–५ निवासी २३ वर्षीय तुलसी माझी र ३० वर्षीय राज माझी रहेका छन्। विशेष सूचनाका आधारमा  खटिएको प्रहरी टोलीले आइतबार राति करिब १० बजे तुलसी माझीको डेरा कोठामा छापा मार्दा प्लाष्टिकमा स–साना पोका बनाएर राखिएको ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो। प्रहरीले घटनास्थलबाट नगद नेपाली रु. ५६ हजार ६ सय, भारतीय रु. १ हजार १ सय तथा दुई थान मोबाइल समेत बरामद गरेको जनाएको छ। प्रारम्भिक सोधपुछका क्रममा तुलसीले लागूऔषध बिक्रीमा राज माझीको समेत

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • ५२४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved