स्थानीय

    Showing ३७१-३८० of ५,३३१ items.
  • धरान मेघा हिमालयनमा कक्षा १२ को शतप्रतिशत नतिजा

    धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा १२ को नतिजामा उत्कृष्ट सफलता हासिल गरेको छ। कलेजले यस वर्ष पनि उत्कृष्ट शैक्षिक नतिजा कायम राख्दै विद्यार्थी, अभिभावक तथा शैक्षिक समुदायको विश्वासलाई थप मजबुत बनाएको जनाएको छ। कलेजका अनुसार यस वर्ष कक्षा १२ को परीक्षामा १३ जना विद्यार्थीले A+ग्रेड प्राप्त गरेका छन्। जसमध्ये विज्ञान संकायका ९ जना, व्यवस्थापन संकायका ३ जना र होटल म्यानेजमेन्ट संकायका १ जना विद्यार्थी रहेका छन्। त्यसैगरी १५६ जना विद्यार्थीले A ग्रेड प्राप्त गरेका छन् भने २४१ जना विद्यार्थीले B+ र B ग्रेड हासिल गरेका छन्। संकायगत नतिज

    • प्रकाशित मितिः असार ६, २०८३
    • १,८९३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बाबु–छोरीको मृत्यु

    झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थित भित्री सडक खण्डमा खेत जोतेर सडकमा निस्कँदै गरेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बाबु–छोरीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे।४प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे।१त ७४०४ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ निवासी २० वर्षीय समिर अली, उनकी आमा ४५ वर्षीया नुरेश सादेवी र ५ वर्षीया छोरी हाजिरा खातुन घाइते भएका थिए। घाइतेहरूलाई तत्काल उपचारका लागि कनकाई अस्पताल, सुरुङ्गा लगि

    • प्रकाशित मितिः असार ५, २०८३
    • २९१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कक्षा १२ को नतिजा सार्वजनिक : ६४.३१ प्रतिशत उत्तीर्ण

    काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। यस वर्षको परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ६४.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। बोर्डका अनुसार यस वर्ष नियमित र आंशिक गरी कुल ४ लाख ९५ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। जसमध्ये २ लाख ६८ हजार १९० जना विद्यार्थीले सफलता हात पारेका छन्। नियमिततर्फको नतिजा विश्लेषण गर्दा सहभागी ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये ६९.७५ प्रतिशत अर्थात् २ लाख ३१ हजार ७७० विद्यार्थी सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन्। सोही समूह

    • प्रकाशित मितिः असार ५, २०८३
    • ७०१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • 'सत्ता सुन्दैन' प्रतिपक्ष बोलिरहन्छ'— संसदमा हर्क साम्पाङ

    काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ राईले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको जवाफदेहिता, बजेट पारदर्शिता र वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा कडा टिप्पणी गरेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्ता र प्रतिपक्षबीच संवादहीनता बढ्दै गएको भन्दै असन्तुष्टि जनाए। प्रतिपक्ष बोलिरहने, सत्ता पक्ष नसुनी अगाडि बढिरहने गर्न नहुने भन्दै सरकार र संसद दुवै जिम्मेवार बन्नुपर्ने बताए । उनले नेताहरूको व्यवहार र नैतिकतामाथि टिप्पणी गर्दै पद र पहिरनले मात्र मानिस जिम्मेवार नबन्ने भन्दै ‘हामी जिम्मेवार बन्नुपर्छ, नैतिकता र जवाफदेहिता आवश्

    • प्रकाशित मितिः असार ५, २०८३
    • ८६५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विपी प्रतिष्ठानलाई ‘राष्ट्रिय महत्वको संस्था’ घोषणा गर्न विद्यार्थीहरूको माग

    धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई ‘राष्ट्रिय महत्वको संस्था’ को मान्यता दिई स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा स्तरोन्नति गर्न विद्यार्थीहरूले सरकारसँग माग गरेका छन्। प्रतिष्ठानको विद्यार्थी कल्याण समाज (Students' Welfare Society–SWS) ले प्रतिष्ठानको वर्तमान अवस्था, संस्थागत चुनौती तथा दीर्घकालीन विकासका विषयमा विभिन्न मन्त्री, सांसद तथा नीति–निर्मातासँग छलफल गर्दै उक्त माग अघि सारेको हो। समाजका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

    • प्रकाशित मितिः असार ५, २०८३
    • ३८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा बालुवा प्रशोधन प्लान्टको अनुमति, स्थानीयको विरोध

    इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी चोक क्षेत्रमा बालुवा प्रशोधन (बालुवा चाल्ने) प्लान्ट सञ्चालनको अनुमति दिइएपछि स्थानीयवासीले विरोध जनाएका छन्। बस्ती, विद्यालय तथा धार्मिक क्षेत्र नजिकै प्लान्ट स्थापना गर्न लागिएको भन्दै स्थानीयले निर्णय पुनःविचार गर्न माग गरेका छन्। त्रिवेणी बुढासुब्बा मल्टिपर्पोज प्राइभेट लिमिटेडले सञ्चालन गर्न लागेको उक्त प्लान्टका लागि आवश्यक कानुनी प्रक्रिया पूरा भइसकेको भन्दै इटहरी उपमहानगरपालिकाले अनुमति दिएको जनाएको छ। वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ भने नगर प्रमुखको

    • प्रकाशित मितिः असार ४, २०८३
    • ६०३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोडर्न प्रीपेरेटोरी सेकेण्डरी बोर्डिङ्ग स्कुल मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

    इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा यातायात व्यवस्थापन कार्यालय, इटहरी, सुनसरीका प्रहरी नायब निरीक्षक (Sub Inspector) लीला नाथ न्यौपानेले सडक सुरक्षा, ट्राफिक नियमको पालना तथा दुर्घटना न्यूनीकरणका विषयमा प्रस्तुतीकरण गर्दै सहभागीहरूलाई सचेतना प्रदान गर्नुभयो। उहाँले सुरक्षित सडक संस्कृतिको विकासका लागि ट्राफिक नियमहरूको जानकारी र व्यवहारिक कार्यान्वयन आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यालयले पाठ्यक्रमसँगै यस्ता सचेतनामूलक

    • प्रकाशित मितिः असार ४, २०८३
    • ९४७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हर्क साम्पाङको लाइसेन्स १० वर्षदेखि नवीकरण नभएको खुलासा

    धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा धरानका पूर्वमेयर हर्क साम्पाङको सवारी चालक अनुमति पत्र (लाइसेन्स) लामो समयदेखि नवीकरण नभएको तथ्य सार्वजनिक भएको छ। यातायात व्यवस्था कार्यालय इटहरीको अभिलेख अनुसार साम्पाङले २०७१ पुस ६ मा अन्तिम पटक जरिवानासहित आफ्नो ‘ए’ श्रेणीको लाइसेन्स नवीकरण गरेका थिए। त्यसयता भने उनले लाइसेन्स नवीकरण नगरेको भेटिएको छ। प्रहरी स्रोतका अनुसार साम्पाङको लाइसेन्स २०७३ पुस १२ मा म्याद सकिएको थियो। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५७ अनुसार तोकिएको अवधिभित्र नवीकरण नगरिए चालक अनुमति पत्र स्वतः रद्द हुने व्यवस्था छ। सोही आधारमा

    • प्रकाशित मितिः असार ४, २०८३
    • ८७३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अस्पतालकै अगाडि टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु

    दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्पतालअगाडि पूर्व–पश्चिम राजमार्गमा टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार आज बिहान करिब ९ः५५ बजे दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४२८५ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको मे ११ प १६२० नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटी चालक दमक नगरपालिका–५ निवासी ६० वर्षीय भिमबहादुर कार्की गम्भीर घाइते भएका थिए। उनको टाउको र दाहिने हातमा चोट लागेको तथा नाक र कानबाट रगत बगेको अवस्थामा उपचारका लागि दमक अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान १०ः१० बजे चिकित्सकले उनलाई मृत घ

    • प्रकाशित मितिः असार ३, २०८३
    • ६८४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदयका विद्यार्थीलाई १ लाख ७५ हजारसहित सम्मान

    धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले १६औँ राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगिता २०८२ मा उत्कृष्ट प्रदर्शन गर्दै कोशी प्रदेश सरकारबाट कुल १ लाख ७५ हजार रुपैयाँ नगदसहित सम्मान प्राप्त गरेका छन्। कोशी प्रदेशको प्रतिनिधित्व गर्दै तेक्वान्दोको छात्रा पुम्से विधामा स्वर्ण पदक जितेकी युमी राईलाई नगद १ लाख रुपैयाँ तथा कराते विधामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालमै दोस्रो स्थान हासिल गरेका कक्षा–११ का विद्यार्थी प्रमोद राईलाई ७५ हजार रुपैयाँ प्रदान गरिएको हो। राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वर काठमाडौंको आयोजनामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका दुवै खेलाड

    • प्रकाशित मितिः असार २, २०८३
    • १,४३६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved