हर्क साम्पाङको लाइसेन्स १० वर्षदेखि नवीकरण नभएको खुलासा बिनालाइसेन्स मोटरसाइकल चलाएको आरोप

  • असार ४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा धरानका पूर्वमेयर हर्क साम्पाङको सवारी चालक अनुमति पत्र (लाइसेन्स) लामो समयदेखि नवीकरण नभएको तथ्य सार्वजनिक भएको छ।

यातायात व्यवस्था कार्यालय इटहरीको अभिलेख अनुसार साम्पाङले २०७१ पुस ६ मा अन्तिम पटक जरिवानासहित आफ्नो ‘ए’ श्रेणीको लाइसेन्स नवीकरण गरेका थिए। त्यसयता भने उनले लाइसेन्स नवीकरण नगरेको भेटिएको छ।

प्रहरी स्रोतका अनुसार साम्पाङको लाइसेन्स २०७३ पुस १२ मा म्याद सकिएको थियो। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५७ अनुसार तोकिएको अवधिभित्र नवीकरण नगरिए चालक अनुमति पत्र स्वतः रद्द हुने व्यवस्था छ। सोही आधारमा उनको लाइसेन्सको वैधता समाप्त भइसकेको प्रारम्भिक निष्कर्ष निकालिएको छ।

प्रहरी प्रधान कार्यालय अन्तर्गतको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले यस विषयमा थप छानबिन तथा कानुनी परामर्श गरिरहेको जनाएको छ।

एक अधिकृतका अनुसार म्याद सकिएको पाँच वर्षभित्र जरिवाना तिरेर लाइसेन्स नवीकरण गर्न सकिने भए पनि साम्पाङले करिब एक दशकदेखि नवीकरण प्रक्रिया पूरा नगरेको देखिएको छ।

यसैबीच, गत जेठ २९ गते उदयपुरगढी गाउँपालिका–६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल चलाउँदा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा साम्पाङलाई ट्राफिक प्रहरीले कारबाही गरेको थियो।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा उनले एक हातले मोटरसाइकल चलाउँदै अर्को हातले भिडियो खिचिरहेको देखिएपछि व्यापक आलोचना भएको थियो। त्यसपछि ट्राफिक प्रहरीले उनको नाममा चिट जारी गरी जरिवाना गरेको थियो।

सन् २००६ मा इटहरीबाट लाइसेन्स लिएका साम्पाङले २०१४ पछि नियमित नवीकरण नगरेको अभिलेखमा देखिएको छ।

कानुन अनुसार वैध लाइसेन्स बिना सवारी साधन चलाउनु गैरकानुनी मानिन्छ। यस घटनाले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले समेत ट्राफिक नियम र कानुनी प्रक्रियाको पालना गर्नुपर्ने विषयलाई पुनः चर्चामा ल्याएको छ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved