धरान मेघा हिमालयनमा कक्षा १२ को शतप्रतिशत नतिजा १३ विद्यार्थीले A+प्राप्त गर्दा विज्ञान संकाय शतप्रतिशत उत्तीर्ण, व्यवस्थापन तथा होटल म्यानेजमेन्टमा ९६.९७ प्रतिशत सफलता

  • असार ६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा १२ को नतिजामा उत्कृष्ट सफलता हासिल गरेको छ।

कलेजले यस वर्ष पनि उत्कृष्ट शैक्षिक नतिजा कायम राख्दै विद्यार्थी, अभिभावक तथा शैक्षिक समुदायको विश्वासलाई थप मजबुत बनाएको जनाएको छ।

कलेजका अनुसार यस वर्ष कक्षा १२ को परीक्षामा १३ जना विद्यार्थीले A+ग्रेड प्राप्त गरेका छन्। जसमध्ये विज्ञान संकायका ९ जना, व्यवस्थापन संकायका ३ जना र होटल म्यानेजमेन्ट संकायका १ जना विद्यार्थी रहेका छन्।

त्यसैगरी १५६ जना विद्यार्थीले A ग्रेड प्राप्त गरेका छन् भने २४१ जना विद्यार्थीले B+ र B ग्रेड हासिल गरेका छन्। संकायगत नतिजातर्फ विज्ञान संकायमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। व्यवस्थापन तथा होटल म्यानेजमेन्ट संकायको उत्तीर्ण प्रतिशत ९६.९७ रहेको कलेजले जनाएको छ।

कलेज प्रशासनले उत्कृष्ट नतिजा हासिल गर्नुमा विद्यार्थीहरूको निरन्तर मेहनत, अभिभावकहरूको सहयोग तथा शिक्षक–कर्मचारीहरूको समर्पण मुख्य कारण रहेको जनाएको छ।

साथै आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट शैक्षिक उपलब्धिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

कलेजले गौरवपूर्ण सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

खाजा खर्च कटाएर बाढी ...

धरान/ विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु सामाजि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved