इटहरीमा बालुवा प्रशोधन प्लान्टको अनुमति, स्थानीयको विरोध

  • असार ४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी चोक क्षेत्रमा बालुवा प्रशोधन (बालुवा चाल्ने) प्लान्ट सञ्चालनको अनुमति दिइएपछि स्थानीयवासीले विरोध जनाएका छन्।

बस्ती, विद्यालय तथा धार्मिक क्षेत्र नजिकै प्लान्ट स्थापना गर्न लागिएको भन्दै स्थानीयले निर्णय पुनःविचार गर्न माग गरेका छन्।

त्रिवेणी बुढासुब्बा मल्टिपर्पोज प्राइभेट लिमिटेडले सञ्चालन गर्न लागेको उक्त प्लान्टका लागि आवश्यक कानुनी प्रक्रिया पूरा भइसकेको भन्दै इटहरी उपमहानगरपालिकाले अनुमति दिएको जनाएको छ।

वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ भने नगर प्रमुखको स्वीकृतिपछि सञ्चालन अनुमति प्रदान गरिएको हो।

सञ्चालक कम्पनीले पनि सबै कानुनी तथा वातावरणीय मापदण्ड पूरा गरी स्वीकृति प्राप्त गरेको दाबी गरेको छ।

कम्पनीका अनुसार सम्बन्धित निकायबाट आवश्यक अध्ययन र मूल्याङ्कनपछि मात्रै अनुमति दिइएको हो।

तर स्थानीयवासीले प्रस्तावित प्लान्ट क्षेत्रको केही मिटरको दूरीमै आवासीय बस्ती रहेको, साथै नजिकै पाथीभरा मन्दिर, सनराइज स्कुल र शिखर एकेडेमी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

प्लान्ट सञ्चालनमा आए धुलो, ध्वनि र वातावरणीय प्रदूषण बढ्ने तथा बालबालिका र स्थानीयको स्वास्थ्यमा असर पर्ने उनीहरूको भनाइ छ।

यता इटहरी–३ का वडाध्यक्ष उमेश सुवेदीले भने वडा कार्यालयलाई यस सम्बन्धमा कुनै औपचारिक जानकारी वा सिफारिसका लागि सम्पर्क नगरिएको बताएका छन्।

उनका अनुसार समुदायस्तरमा पर्याप्त छलफल तथा सरोकारवालासँग परामर्श नभएको गुनासो समेत आएको छ।

स्थानीयवासीले अनुमति दिने प्रक्रिया पारदर्शी नभएको आरोप लगाउँदै निर्णय पुनःमूल्याङ्कन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

यस विषयमा प्रतिक्रिया लिन इटहरी उपमहानगरपालिकाका नगर प्रमुखसँग सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन।

बालुवा प्रशोधन प्लान्टको विषयमा उपमहानगरपालिका, वडा कार्यालय, सञ्चालक पक्ष र स्थानीयवासीबीच फरक–फरक धारणा देखिएपछि विवाद थप चर्किने संकेत देखिएको छ।

 

 

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved