मोडर्न प्रीपेरेटोरी सेकेण्डरी बोर्डिङ्ग स्कुल मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

  • असार ४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा यातायात व्यवस्थापन कार्यालय, इटहरी, सुनसरीका प्रहरी नायब निरीक्षक (Sub Inspector) लीला नाथ न्यौपानेले सडक सुरक्षा, ट्राफिक नियमको पालना तथा दुर्घटना न्यूनीकरणका विषयमा प्रस्तुतीकरण गर्दै सहभागीहरूलाई सचेतना प्रदान गर्नुभयो।

उहाँले सुरक्षित सडक संस्कृतिको विकासका लागि ट्राफिक नियमहरूको जानकारी र व्यवहारिक कार्यान्वयन आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यालयले पाठ्यक्रमसँगै यस्ता सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दा विद्यार्थीहरूले व्यवहारिक ज्ञान हासिल गर्ने विश्वास व्यक्त गरिएको छ।

विद्यालयका प्राचार्य पद्मराज सापकोटाले कार्यक्रमका प्रस्तुतकर्ता प्रहरी नायब निरीक्षक न्यौपानेलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सडक सुरक्षा सम्बन्धी चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

उहाँले ‘Zero Accident Generation’ निर्माण गर्ने लक्ष्यका साथ विद्यालयले विभिन्न सचेतनामूलक तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने जानकारी दिनुभयो।

प्राचार्य सापकोटाले आगामी दिनहरूमा पनि सामाजिक चेतना अभिवृद्धि गर्ने विविध कार्यक्रमहरू आयोजना गरिने बताउनुभयो।

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved