धरान/ दुई जना क्यान्सर पीडित बालकलाई सहयोग गर्न धरानमा नेपाली ऐतिहासिक कथानक चलचित्र १२ नेपाली एक चिहान नामक च्यारिटी सो को आयोजना गरिएको छ । धरान ८ का एक बालक र इनरुवा नगरपालिकाका एक गरी दुई जना बोनमेरो क्यान्सर पीडितलाई बालकलाई सहयोग गर्न च्यारिटी सो को आयोजना गरिएको हो । धरान १९ स्थित अपांग तथा असहाय पुनस्र्थापना केन्द्रको आयोजनामा चलचित्र निर्माता निर्देशक अरुण प्रधानले सहयोग गर्ने उद्देश्यले च्यारिटी सोको आयोजना गरिएको निर्माता निर्देशक प्रधानले जानकारी दिए । उनले सानो अभियानको रुपमा आफूहरुले थालनी मात्र गरेको बताउदै क्यान्सर निको हुनका लागि वोनमेरो परिवर्तन गर्नुपर्ने र त्यसका ला
धरान /धरानमा डेंगु रोग माहामारीको रुपमा फैलिएको छ । उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न निजी अस्पताल तथा क्लिनिकमा चेक गर्न आउनेहरुमा डेंगो रोगका संक्रमण पाइएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले डेंगुका विरामी बढेका छन् । प्रतिष्ठानका सह प्रवक्ता डा. चुडामणि पोख्रेलले प्रतिष्ठानमा कोशी प्रदेश र मधेश प्रदेशबाट डेंगुका विरामी अत्याधिक मात्रामा उपचारका लागि बीपीमा आएको बताए । तराई जिल्लामा मात्र देखिने डेंगु पूर्वी पहाडी जिल्ला तेह्रथुम, ताप्लेजुङ, धनकुटा, इलाम, पाँचथरबाट पनि फाट्टफुट्ट डेंगुका विरामी आएको उनको भनाइृ
धरान /कोशी प्रदेशको पाँचौ मुख्य मन्त्रीमा नेपाली काँग्रेसका नेता उद्धव थापा चुनिएका छन् । प्रदेशका मुख्य मन्त्री बनेका नेपाली काँग्रेसको कोशी प्रदेश सांसदीय दलका नेता थापाको राजनीतिकलाई संक्षेपमा भन्नुपर्दा उनी नेपाली काँग्रेसका पुराना कार्यकर्ता हुन् । झापा जिल्लाका बासिन्दा उद्धव थापाले बीपी कोइरालाको सुरक्षा दस्ता हुदै काँग्रेस प्रदेश सभापति सम्मको तय गरिसकेका छन् । २०३४ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा शुरु गरेका थापा दुई कार्यकाल सभापति, २०३६ सालको जनमत संग्रहमा पञ्चायती व्यवस्था विरुद्ध बहुदलीय व्यवस्था स्थापनाका लागि उनी प्रचार अभियानमा सक्रिय भएर लागेका थिए । बीपी क
मोरङ्ग/ कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्वव थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका छन्। बिहीबार नेपालको संविधानको धारा ६८ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतम सहित ४७ सदस्यको समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए। समानुपातिकबाट प्रदेशसभा सदस्य, प्रदेश संसदीय दलको नेता हुँदै झापाली नेता थापा प्रदेशको पाँचौं मुख्यमन्त्री बन्न सफल भएका छन्। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई व
काठमाडौं/ राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४ सय ७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । एसइईको नतिजा हेर्ने तरिकाहरु त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ । सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छ
धरान/ तोकिएको समयसिमा भित्र वडागत र बिषयगत समितिको बिस्तृत बजेट तथा कार्यक्रमहरु नआए पछि धरान उपमहानगरपालिकाको आज हुने भनिएको दोस्रो नगर सभा स्थगित भएको छ । असार २० गते बुधबार सम्मा सबै वडा र बिषयगत समितिहरुलाइ तोकिएको सिलिङ अनुसारको बजेट तथा कार्यक्रम बनाइ बुझाउन समय तोकिएको थियो तर समय सिमा भित्र कार्यक्रमहरु नआइपुगेकोले बुधबार बसेको कार्यपालिका बैठकले असार २५ गते सम्मका लागि नगरसभाको मिति सारेको छ । गत असार १० गते उदघाटन भएर स्थगित भएको धरान उपमहानगरपालिकाको नगर सभा आज असार २१ गतेलाइ तोकिएको थियो । वडामा पठाएको बजेट सिलिङ घटाएर पठाएकाले जनताको आवश्यकता अनुसार काम गर्न नसकिने
धरान/ माध्यमिक शिक्षा परिक्षा दिएर बसेका बिद्यार्थीहरुका लागि आयोजना गरिएको एस.ई.ई.स्पिकरका बिजेताहरुलाई बुधबार पुरस्कार बितरण गरिएको छ। र्याडिकल लाईट नेपाल प्रा.लि.धरान द्वारा आयोजित एस.ई.ई.स्पिकर सिजन-३ का बिजेताहरुलाई धरान उप-महानगरपालिका वडा नम्बर १३ को वडा कार्यालय स्थित वडा बाल सन्जालको भवनमा एक कार्यक्रमका बिच नगद पुरस्कार बितरण गरिएको हो। प्रा.लि.का अध्यक्ष तिर्थ कार्की, धरान-१३ का वडा अध्यक्ष नेत्र प्रसाद काफ्ले र शान्ति अभियन्ता राम बहादुर लिम्बुले बिजेताहरुलाई अबिर र खदा सहित नगद पुरस्कार बितरण गरे। बिजेताले २० हजार नगद सहित प्लस टु अध्ययनका लागि पुर्ण
बिराटनगर/ प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय आज सकिँदै छ । उनले दिएको समयमा मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस, माओवादी, नेकपा एस र समाजवादीले दाबी पेस गर्ने तयारी गरेका छन् । केन्द्रीय गठबन्धनमा रहेका दलहरूले एमालेको साथमा रहेको राप्रपालाई पनि सहभागी गराउने अन्तिम कसरत गरिरहेका छन् । नयाँ सरकार गठनकै लागि प्रदेशस्तरीय नेताहरू केही दिनदेखि काठमाडौँमा रहेका छन् । कोशी प्रदेशमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धन दलसँग बहुमत दाबी गर्ने सिटसंख्या ४७ रहेको छ । ९३ सदस्यीय प्रदेशसभामा बह
धरान/ धरान खानेपानी बोर्डको अध्यक्षका रुपमा काम गर्न मेयर हर्क साम्पाङलाइ बाटो खुलेको छ । उनी विरुद्ध उच्च अदालत बिराटनगरमा परेको रिटको सुनुवाइमा जेठ २६ गतेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने भन्दै अस्विकार गरे पछि बोर्ड अध्यक्षको बाटो खुलेको हो । उनी विरुद्ध सुनसरी उद्योग बाणिज्य संघ तथा बोर्ड सदस्य बिजय श्रेष्ठले आफूखुसी खानेपानी बोर्डको अध्यक्ष बनेको भन्दै साम्पाङविरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । रिटको सुनुवाइ गर्दै न्यायाधीश कृष्णकमल अधिकारी र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार साम्पाङ विरुद्धको अल्पकालीन अन्तरिम आदेशलाइ निरन्तरता दिनु
धरान/ कतिपय संघ संस्थाहरु मानवीय सहयोग भन्दा पनि आफ्नो स्वार्थका लागि स्थापना भएका हुन्छन्, थोरैमात्र निःस्वार्थ भावनाले अभिप्रेरित भएर सञ्चालन हुने गरेका छन् । यसमध्ये धरान १९ मा रहेको अपांग तथा असहाय पुनस्र्थापना केन्द्र धरान पनि एक हो । यो संस्थाले अपांगता भएका लागि निरन्तर सहयोग गरेर आफूलाई स्थापित गरेको छ । धरान १९ स्थित अपांग तथा असहाय केन्द्र अपांग तथा असहायका लागि सहयोगीको रुपमा विगतदेखि नै प्रस्तुत हुदै आएको छ । यो संस्थाले आर्थिक बर्ष ०७९/ ०८० को असार २० गतेसम्म गरिब तथा अपांगता भएका सैयौलाइ खाद्यान सामाग्री, निःशुल्क स्वास्थ्य विमा, जीविको पाजर्नका लागि अपां