ईटहरी/सुनसरीको ईटहरी -९ ओसेनपार्क स्थितमा रहेको प्रमोद मोटस्स ग्यारेजमा आगलागी भएको छ । हिजो बेलुका साढे ७ बजे रबिन्द्र खड्काले संचालन गर्दै आएको उक्त ग्यारेजमा अचानक आगलागी हुदा तिन वटा कार जलेर नष्ट भएको छ । ग्यारेजमा बनाउनका लागी राखिएको बा २ च ३८७८ नम्बरको, को २ च ८८०३ र को २ झ १४२९ नम्बरको कारमा आगो सल्कदा तिन वटै कार जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।सो आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको छ ।
सुनसरी । लकडाउनको समयमा समेत ठुलो संख्यामा भेला भएर सामाजिक दुरी समेत बेवास्ता गर्दै सुनसरीको इटहरीमा लगाइएको बजार हटाइएको छ । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले अत्यावश्यक काममा समेत सामाजिक दुरी कायम राख्न र अनावश्यक रुपमा घर वाहिर ननिस्कन भन्दै लकडाउन लगाएपनि ठुलो संख्यामा भेला भएर इटहरीमा लगाइएको बजार हटाइएको हो । इटहरी उपमहानगरपालिका, उद्योग वाणिज्य संघ इटहरी लगायत सरोकारवाला निकायहरुको छलफलले विहान ७ बजे देखि १० बजे सम्म सामाजिक दुरी कायम गरी बजार सञ्चालन गर्ने सहमति गरेको थियो तर सहमतीको बेवास्ता गरि लगाइएको बजार उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेल
धरान । अघिल्लो वर्ष देखि फैलिएको अमेरिकन फौजी किराको प्रकोप यस वर्ष पनि फैलिन शुरु भइसकेको छ । अघिल्लो वर्ष धरान उपमहानगरपालिकाको वडा नम्बर ४, ५, ६ मा धान खेतिमा देखिएको अमेरिकन फौजि किराको प्रकोप यस वर्ष मकै बालिमा देखिन थालेको छ । अहिले तीनै वटा वडाका कृषकहरुले मकै खेति लगाएका छन् । भर्खरै लगाएका मकै बालिमा फौजि किराले क्षति गर्न थालेको किसानहरुले गुनासो गरेका छन् । केही दिन अघि धरानको वडा नम्बर २० मा अमेरिकन फौजि किराको प्रकोप अनुगमन गरिएको थियो । अमेरिकन फौजी किरा अथवा (गुबोदेखि पात नल सबै मर्ने रोग) ले यस वर्ष पनि किसानहरु चिन्तित हुन थालेका छन् । मकै उम्रने बित्तिकैदेखि आक्रमण गरेर प
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेको ३ हप्तापछि गर्न सिफारिस गरेको छ ।कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ ।प्रतिवेदनमा वैशाख २५ गते भित्र १–९ को नतिजा प्रकाशन गर्ने, २५ पछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउन सुझाब दिइएको छ ।अब परीक्षा गर्दा कसभर परीक्षार्थीहरु घरको खाना खाएर परीक्षा के
लकडाउनका कारण समस्यामा परेका यातायात मजदुर परिवारलाई पुर्व डिपो विद्यार्थी संगठन द्धारा विहिवार राहत वितरण गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटिको संयोजनमा पुर्व डिपो विद्यार्थीले ७५ जना मजदुर परिवारलाई राहत वितरण गरेको थियो । राहत स्वरुप उनिहरुलाई १० किलो चामल, १ किलो दाल, १ किलो नुन र आधा लिटर तेल वितरण गरिएको पुर्व डिपो विद्यार्थी संगठनका अध्यक्ष एवं धरान १८ न. वडाध्यक्ष प्रविण राईले जनाए । यातायात मजदुर संगठनले सिफारिस गरेको अति विपन्न परिवारलाई राहत वितरण गरिएको अध्यक्ष राईले वताए । पुर्व डिपो विद्यार्थीले ५५ हजार रुपैया वरावरको राहत वितरण गरेको संगठनका उपाध्
वराहक्षेत्र ९ स्थित ढोलबजिया, हिडलुवाका कृषकहरु बारीमा लगाएको तरकारी कुहिन थालेपछि निराश बनेका छन् । कोबिड १९ संक्रमण प्रकोपका कारण देश २०७६ चैत ११ बाट बन्दाबन्दी भएपछि बारीमा फलेको तरकारी बजार जान छाडेको हो । वैदेशिक रोजगारीबाट फर्किएका ३ युवाले ढोलबजियास्थित संचालन गरेको सुन्दर कृषि फर्ममा अहिले जताततै तरकारी कुहिएको देखिन्छ । ‘हाम्रो दैनिक ५ सय केजी काँक्रा र सोही अनुसारको अन्य तरकारी उत्पादन हुन्छ, लकडाउनका कारण गाउँ बाहिर तरकारी जाने अवस्था छैन, यहाँ सबैले खेती गरेकै छन् बिक्री हुने कुरै भएन, त्यसैले यो पटक हामी ८ लाख सम्मको घाटा ब्यहोर्दै छौं ।’ फर्मका सञ्चालक अमिर निरौला
धरान/ १३औं संस्करणको नेवा च्यारिटी धरान १० के रनमा केन्याली धावक वील्लियम चेउलीयोट र धाविका शरन जेरोटिचले उपाधि जितेका छन्। धरान रन समूहको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा खुला पुरुषतर्फ वील्लियमले निर्धारित १० किलोमिटर दुरी ३१ मिनेट ५ सेकेण्डमा पूरा गरे। त्यस्तै, महिलातर्फ शरनले ३८ मिनेट ४२ सेकेण्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। विजेताहरूले जनही नगद ६० हजार रुपैयाँसहित मेडल प्राप्त गरे। पुरुषतर्फ दोस्रो भएका केन्याली धावक जुलियस मरिउकीले ३१ मिनेट ८ सेकेण्डमा दौड पूरा गरे भने तेस्रो भएका जुम्लाका दुर्गा बहादुर बुढाले ३२ मिनेट ४४ सेकेण्डमा दौड पूरा गरे। महिलातर्फ दोस्रो बनेक