स्थानीय

    Showing 3,231-3,240 of 3,456 items.
  • चौतर्फी विरोध हुन थाले पछि वीपीको कोभिड अस्पतालमा सेवा बिस्तार गर्ने तयारी

    धरान । कोभिड अस्पतालमा भेन्टिलेटर, अक्सिजन समेत नहुँदा कोरोना संक्रमितको उपचार हुन नसकेको भन्दै चौतर्फी विरोध हुन थाले पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालको उपचार सेवा बिस्तार गर्ने जनाएको छ । कोभिड अस्पतालमा उपचार नपाउँदा अन्यत्रै रिफर गर्नु पर्ने अवश्था आउन थाले पछि धरानका नागरिक समाज, राजनितिक दल सहित सामाजिक संघसंस्थाहरु सहित वीपी सुधार दबाब समुहनै गत विहिबार गठन गरेका थिए । सामाजिक सञ्जालहरुमा समेत प्रतिष्ठानका सेवा सुविधा माथि प्रश्न उठ्न थाले पछि प्रतिष्ठानले सेवा बिस्तार गर्ने तयारी गरेको छ । प्रतिष्ठानको सुचना तथा सञ्चार केन्द्रले एक प्रेस विज

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • 864 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना उपचारमा धरौटी राख्नुपर्ने, लक्षण अनुसार ७ हजार देखि ६० हजार सम्म

    धरान । सरकारको निर्णय कार्यान्यवन गरेको भन्दै धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितको उपचारका लागि धरौटी राखे पछि मात्रै उपचार गरिने जनाएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरी शंकर शाहले सुचना जारी गर्दै ४ वटा वर्गिकरण गरेर उपचार खर्च र धरौटी रकम राख्नुपर्ने जनाएको हो । कार्तिक ९ गते देखि लागु हुने गरि धरौटी रकम र उपचार खर्च सार्वजनिक गरेको छ । उनका अनुसार कुनै लक्षण नभएका संक्रममितलाई ७ हजार धरौटी राख्नुपर्नेछ भने प्रतिदिन २ हजार शुल्क तिर्नुपर्नेछ । हल्का लक्षण भएकाले १२ हजार धरौटी भर्ना हुनु अघि नै राख्नुपर्नेछ भने प्रतिदिन ३५ सय शुल्क तिर्नुपर्

    • प्रकाशित मितिः कार्तिक ६, २०७७
    • 689 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुई महिना पछि धरान उपमहानगरपालिकाको बैठक सम्पन्न, खानेपानी संस्थानलाइ कार्तिक २६ गते बोर्डमा मर्ज गर्ने निर्णय

    धरान । लामो समय देखि को बिबादित खानेपानी बोर्डको समस्या समाधान तर्फ धरान उपमहानगरपालिका उन्मुख रहेको छ । विभिन्न बहानामा अवरुद्ध हुँदै आएको खानेपानी बोर्डको समस्या समाधानका लागि धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठक टुंगोमा पुगेको छ । करिब २ महिना पछि बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले खानेपानी संस्थानलाई कार्तिक २६ गते खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गर्ने निर्णय गरेको छ । लामो समय देखि बिबादित बनेको संस्थानको सम्पती तथा दायित्व बोर्डमा औपचारिकरुपमा नै कार्तिक २६ गते संस्थानलाई बोर्डमा हस्तान्तरण गरि मर्ज गर्ने बैठकले निर्णय गरेको छ । पटक पटक संस्थानलाई बोर्डमा मर्ज गर्ने निर

    • प्रकाशित मितिः कार्तिक ५, २०७७
    • 1,696 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जनशक्ति अभाव देखाउँदै वीपीले गर्यो डाइलासिस सेवामा कटौती

    धरान । हप्तामा दुई पटक डाइलासिस गर्नु पर्ने बिरामीलाई धरान स्थित वीपी कोइाराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हप्तामा १ पटक मात्रै गरिदिने भए पछि स्वास्थ्य अधिकार कुण्ठित भएको गुनासो गरेका छन् । डाइलाइसिस युनिटमा खटिएका स्टाफ नर्सहरुलाई कोरोना संक्रमण भएकोले दक्ष जनशक्ति अभाव भएको भन्दै प्रतिष्ठानले एक विरामीलाई हप्तामा १ पटक मात्र डाइलाइसिस गर्न थालेको हो । विरामीहरु भने आफुहरुको बाँच्ने अधिकार कुण्ठित गरेको र तड्पेर मर्ने अवस्था आएको भन्दै विरोध गरेका छन् । मृगौला पीडित सरोकार समाजका अध्यक्ष मानबहादुर बजगाईका अनुसार सोमबार देखि प्रतिष्ठानको डाइलाइसिस युनिटले एक जना विरामीको हप्तामा १ पटक म

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 537 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संचालकहरु भागाभाग, ६ वटा पसल सिल

    धरान । औषधी पसलहरुबाट बिरामी ठगिएको गुनासो बढ्दै गए पछि औषधी व्यवस्था विभाग अनुगमन गर्न आउँदा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गेट अगाडिमा औषधी पसल संचालकहरु भागाभाग भएका छन् । केही दिन अघि बिर्तामोड मेडिकल हलले एक बिरामीलाई ठगेको समाचार सार्वजनिक भए पछि औषधी व्यवस्था विभाग विराटनगरको चासो बढेको थियो । अनुगमनको टोलि आउँदै गरेको खबर सुने पछि प्रतिष्ठान गेट बाहिरका अधिकांश औषधी पसलहरु बन्द गरेर फरार भएका थिए । यसले पनि प्रष्ट के पार्छ भने बन्द गरी फरार रहेका औषधी पसलहरु गैह्रकानुनी रुपमा संचालनमा आएका हुन् । कारवाहीमा पर्ने डरले पसलनै बन्द गरेर फरार भएका छन् । विभागका अनुसा

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 1,072 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीमा कोरोना संक्रमित बसेको आवास क्षेत्रमा तिन दिन देखि फोहोर उठेन

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आवाशीय क्षेत्रमा होम आइसोलेसनमा बस्दै आएका कोरोना संक्रमितहरुको आवासमा तिन देखि फोहोर उठ्न नसक्दा थप जोखिममा परेका छन् । आवास क्षेत्रमा तिन देखि पानी पनि नआएको र फोहोर पनि उठेको छैन् । तिन देखि समस्या भए पनि प्रशासनले कुनै चासो नदेखाएको आवासमा बस्दै आएका कर्मचारीहरुले गुनासो गरेका छन् । होम आइसोलेसनमा बसेका एक संक्रमितले भने, ‘संक्रमण पुष्टि भई होम आइशोलेसनमा बसेका संक्रमितहरुको आवास क्षेत्रको फोहोर उठेको छैन, धारामा पानि नआएको ३ दिन भयो, प्रशासलाई खवर गर्न खोज्दा प्रशासनको फोन उठ्दैन, फोहोरबाट झन अन्य संक्रमण फैलने उच्च जोखिम छ ।&rsquo

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 1,053 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिड अस्पतालको भेन्टिलेटर बिग्रे पछि अख्तियारको चासो

    धरान । कोभिड अस्पतालमा ३ महिना अघि खरिद गरिएको भेन्टिलेटर बिग्रेका कारण बारे अख्तियारले अनुसन्धान शुरु गरेको छ । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा भेन्टिलेटर बिग्रेर थन्किए पछि अख्तियारले अनुसन्धान गरेको हो ।सोमबार आयोगको इटहरी कार्यालयबाट आएको चार जनाको टोलीले अस्पताल निर्देशक डा। गौरिशंकर शाहलाई भेट गरी आवश्यक सोधपुछ गरेका थिए । कोरोना अस्पतालको भेन्टिलेटर खरिदमा भएका फायलहरु माग गरेको छ । अख्तियारले भेन्टिलेटर विग्रनुको कारण, कुन सप्लायर्सबाट, कुन प्रक्रियाबाट खरिद गरिएको हो रु कति वटा भेन्टिलेटरले काम नगरेको सोधपुछ गरेको छ । प्रतिष्ठानका उपकुलपति डा। ज्ञाने

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 893 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी गेट अगाडीको बिर्तामोड मेडिकल हलबाट यसरी ठगिए बिरामीका आफन्त

    धरान । अस्पताल परिसरमा रहेका सबै औषधी पसलहरुले ठगि गर्छन भन्न सकिन्दैन्, तर कतिपय पसलहरुले औषधी खरिदमा ठग्ने गरेका छन् । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर खुलेका औषधी पसलेहरुले बिरामीलाई फोनको भरमा औषधी वार्ड सम्मै पुर्याइदिन्छन्, त्यसैको लोभमा बिरामीका आफन्तहरु ठगिएका हुन्छन् । साउन १९ गते धरान १६ कि रिता राना मगरले आफ्नी १७ वर्षिय छोरी तृप्ती राना मगरको ओपन हर्ट सर्जरीका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेकी थिईन् । २३ गते सम्म प्रतिष्ठान बाहिर रहेका औषधी पसलहरुबाट औषधी लगिन् । २३ गते देखि बिर्तामोड मेडिकल हलबाट औषधी लान थालिन् । उधारो चल्ने भ

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 2,815 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिरामी धान्न नसक्ने भए पछि लकडाउन गर्न चिकित्सकको सुझाव

    धरान । कोरोना संक्रमितहरुको संख्या दिनहुँ बढ्दै गए पछि अस्पतालले बिरामी धान्न नसक्ने भए पछि लकडाउन घोषणा गर्न सुझाएका छन् । सुनसरीमा दिनहुँ कोरोना संक्रमित बढ्दै गए पछि बिरामीको संख्या पनि बढ्दो अवश्थामा रहेकाले अस्पतालले धान्न समस्या हुने भएकाले लकडाउन घोषणा गर्न धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आग्रह गरेको छ । शनिबार इटहरी र धरानका जनप्रतिनिधि, सुनसरीका प्रमुख जिल्ला अधिकारी र बिशेषज्ञ चिकित्सकहरुबीच भएको छलफलमा चिकित्सकहरुले अझै भयावह अवस्था आउन नदिन लकडाउन गर्न सुझाव दिएका हुन् । संक्रमित संख्या अझै बढ्न नदिन र स्वास्थ्य संस्थाहरुले धान्न सक्ने अवस्था नभएसम्मलाई लकडा

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 651 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • डा. केसीको जिवन रक्षाको माग गर्दै वीपीमा शुक्रबार देखि ओपिडि सेवा बहिष्कार

    धरान । तीन साता देखि मेडिकल माफिया विरुद्ध सत्यग्रहमा बसेका डाक्टर गोविन्द केसीको जिवन रक्षाको माग गर्दै आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले शुक्रबार देखि ओपिडि सेवा बहिष्कार गर्ने घोषणा गरेका छन् । नेपाल मेडिकल एशोसियसनको देशव्यापी आव्हान अनुसार प्रतिष्ठानका चिकित्सकहरु केही दिन देखि देखि प्रतिष्ठान परिसरमा धर्ना दिदै आएका छन् । दैनिक ९ बजे देखि ११ बजे सम्म ओपिडि अघि धर्नामा बस्दै आएका उनीहरुले विहिबार २ घण्टा ओपिडि नै बहिष्कार गरेका छन् । शुक्रबार देखि पुर्ण रुपमा ओपिडि सेवा बहिष्कार गर्ने चिकित्सकहरुले बताएका छन् । आन्दोलनमा प्रतिष्ठानका सिनियर, जुनियर

    • प्रकाशित मितिः असोज २३, २०७७
    • 1,184 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved