राश्ट्रिय विभुति महागुरु फल्गुनन्दको समाधि स्थल अतिक्रमणको बिरोध

  • चैत १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु फाल्गुनन्दको समाधिस्थल उत्खनन गर्ने क्रियाकलाप आपत्तिजनक भएको उनका अनुयायीहरुको एक समुहले जनाएको छ ।

किरात धर्म सत्यहाङमा सेवा संघले पाँचथरको सिलौटीस्थित किरात धार्मिकस्थलमा आत्मानन्द लिङदेनको समूहले अनाधिकृत रुपले अतिक्रमण गरेको घटना सह्य नहुने पनि सरोकारवालाहरुको चेतावनी छ ।

संघले अदालतबाट परमादेश जारी भएको अवस्थामा त्यहाँको एक समुहले सरोकारवालाहरुसँग समन्वय र छलफल नगरी एकतर्फी ढंगले समाधिस्थल उत्खनन गरेको भन्दा न्यायका लागि अदालत गएको उल्लेख गरेको छ ।

समाधिस्थल उत्खनन वा अतिक्रमणको घटना प्रचलित संविधान र कानुन विपरित भएकोले त्यसलाई रोक्नु राज्यको दायित्व भएको पनि जिकिर गरेको छ ।

सिलौटीस्थित महागुरुको समाधिस्थलको अतिक्रमण वा उत्खननका विरुद्ध आफूहरु कानुनी उपचारका लागि अदालत गएको पनि संघले जनाएको छ ।

यसअघि पटक पटक विवाद भई पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको संयोजकत्वमा बनेको समितिको निर्णयलाई कदर गर्न उच्च अदालतले समेत परमादेश जारी गरेको अवस्थामा पनि त्यहाँ सहमति विपरित निर्माण कार्य भएकोप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

सिलौटी बर्षाेदेखि किरात धर्म संरक्षण समिति अन्तर्गतको साङसेन हाङसम माङहिम सिलौटी पाँचथरले संरक्षण र व्यवस्थापन गरिआएको छ ।

इलामको चुलाचुलीमा केन्द्रीय कार्यालय रहेको सो संघले गत पुस २५ गते गुरु आत्मानन्दको निर्देशनमा महागुरुको शालिक राख्ने कार्य अघि बढाएकाले यसले त्यहाँको धार्मिकस्थलको पर्यावरणीय अतिक्रमण गरिआएको र त्यसबाट आम किरात धर्मावलम्बीहरुको आस्थामाथि चोट पुरयाँएको जारी विज्ञप्तिमा उल्लेख छ ।

‘हामीले वर्षाेदेखि महागुरुको समाधिस्थलको विकासमा लागेकोमा विना समन्वय गुरु आत्मानन्दमार्फत जर्वजस्ती ढंगले पुनः शालिक राख्ने कार्य दोहोरिनु चिन्ताको विषय भएको छ,’ संघका अध्यक्ष ज्ञानोदय लावतीले भने । सिलौटीमा शालिक राख्ने विषयमा दुई समूहबीच द्धन्द मात्र नभएर त्यस कार्य विरुद्ध जिल्ला प्रशासन कार्यालय हुदै अदालतसम्म उजुरी पुगेको थियो ।
सिलौटी धार्मिक स्थलको संरक्षणमा अगुवाई गरिआएका सो क्षेत्रका पूर्व वडाअध्यक्ष समेत रहेका बहादुरसिंह नेम्बाङले अदालतबाट आएको आदेश र जिल्ला प्रशासन र सरोकारवालाबीच भएको सहमतिलाई समेत कार्यान्वयन नहुँदा महागुरुको ऐतिहासिक महत्व राख्ने समाधीस्थल अतिक्रमणमा परेको बताए ।

उनले भने, ‘जर्वजस्त ढंगले शालिक राख्ने कार्य गरिदाँ त्यस क्षेत्रका किरात धर्मावलम्बीहरु क्रसित हुनु परेको छ, यसमा प्रंशासन गंभीर हुनुपर्छ ।’

नेम्बाङका अनुसार आत्मानन्द गुरु र यस संघबीच केही भिन्नताका कारण पनि सो कुरा बुझाबुझ नहुदाँ यो विषय चर्किएर गएको हो ।

पत्रकार सम्मेलनमा झापाका किरात धर्मालम्बी कैदी मावोले महागुरुको शालिक रहेको स्थलमा किरात धर्मगुरु आत्मानन्द समूहबाट भएको हस्तक्षेपकारी कदम तत्काल रोकिनुपर्ने माग गरे ।

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved