स्थानीय

    Showing 2,941-2,950 of 3,423 items.
  • कृषकलाई चार थान पावर ट्रिलर प्रदान

    धरान । धरानका कृषकलाई चार थान खेतबारी जोत्ने पावर ट्रिलर उपमहानगरपालिकाले प्रदान गरेको छ । मङ्गलबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वडा नं. ४ का साना किसान तथा सहकारी संस्था लि, वडा नं. ५ का श्री जरिआहाल सामुदायिक कृषक समूह, वडा नं. ६ का गंगाधन बहुउद्देशीय कृषि फर्म र वडा नं. २० का चक्रकुण्ड सहकारी संस्था लि. का कृषकलाई पावर ट्रिलर हस्तान्तरण गरेका हुन् । कृषि शाखा अधिकृत भक्तिराज शर्माले धरान उपमहानगरपालिका भित्र रहेका कृषकहरुको व्यवसाय प्रवद्र्धन र सहजताका लागि आधुनिकिकरण कार्यक्रम अन्तर्गत विभिन्न प्याकेजहरु ल्याएको बताए । किसानहरुको पेशालाई प्रवद्र्धन गर्नका निम्ति खेतबारी जोत्ने प

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 781 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गरिमाको खुल्ला बाल एकल नृत्य

    धरान । गरिमा डान्स सेन्टर धरानले सरस्वती पुजाको अवसरमा आईतबार खुला बाल एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । धरान ९ आचार्य लाईन स्थीत डान्स सेन्टरमा सम्पन्न प्रतियोगिताको सिनियर गु्रप तर्फको प्रथम बरदान तामाङ, दोस्रो कृष्टिना राई र तेस्रो गौरव श्रेष्ठ भएका छन् । यसैगरी जुनियर गु्रप तर्फका प्रथम प्रिया राई, दोस्रो खिम्दुङ्मा राई र तेस्रो ओजस्वी निरौला भएका छन् । दुबै गु्रपका प्रथम, दोस्रो र तेस्रोलाई गरिमाका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुले पुरस्कार तथा प्रमाण पत्र बितरण गरेका छन् । यसैगरी प्रतियोगिताको १६ जना प्रतियोगिहरु लाई पनि प्रमाण पत्र बितरण गरिएको थियो । प्रतियो

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 1,037 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विजयपुरका मन्दिरमा भक्तजन घटे

    धरान । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा ऐतिहासिक धरान १४ विजयपुरमा रहेका मन्दिरहरुमा कोरोना संक्रमण कारण भक्तजनहरु घटेका छन् । विजयपुरमा रहेका प्रख्यात र भिडभाड हुने मन्दिरहरु दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर मन्दिरमा विगतको भन्दा कम भक्तजनहरु आउने गरेको मन्दिर व्यवस्थापन समिति र मन्दिरका पूजारीहरुले बताएका छन् । दन्तकाली मन्दिर व्यवस्थापन समितिका सदस्य विश्वराज खनालका अनुसार अत्याधिक बढेको चीसो र कोरोना संक्रमणको दर वृद्धि हुँदै जाँदा भक्तजनहरु धेरै घटेको बताउँछन् । उनले विगतमा दैनिक १ हजार भक्तजन आउने र शनिवार २ हजार भक्तजन आउने गरे पनि अहिले यो संख्या घटेको बताए । उनले भने, ‘विगतमा

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 599 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ओशोको फुटसलमा धरान प्याब्सन विजयी

    धरान । धरान ७ स्थित ओशो ट्रेनिङ सेन्टरले आयोजना गरेको मैत्रीपुर्ण फुटसल प्रतियोगितामा धरान प्याब्सन विजयी भएको छ । धरान १५ स्थित बिग फुटसलमा शनिबार सम्पन्न प्रतियोगितामा एन प्याब्सन धरानलाई हराउँदै प्याब्सन धरान विजयी भएको हो । एन प्याब्सन उपविजेता बनेको छ । सात वटा विभिन्न संस्थाहरु बिच भएको फुटसल प्रतियोगितामा तेस्रो विजेता आयोजक संस्था ओशो ट्रेनिङ सेन्टर भएको छ । विजेता टिमहरुलाई नेपाल फिजिकल ट्रेनिङ एशोसियसनका पुर्व क्षेत्रीय अध्यक्ष पर्वत राईले पुरस्कार वितरण गरेका थिए । संस्थाहरु बिच मैत्रीपुर्ण सम्बन्ध बढाउनका लागि प्रतियोगिताको आयोजना गरिएको सेन्टरका संचालक पारुहाङ तुम्बाहाम्फेले ब

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 1,064 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा दुई जना पत्रिका वितरकलाई साइकल प्रदान

    धरान । प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा सुनसरीमा पत्रिका वितरण गर्दै आएका २ जना हकरलाई साइकल प्रदान गरेको छ । प्रेस चौतारी सुनसरीले शनिबार एक कार्यक्रमको आयोजना गरि धरान र इटहरीका लामो समय देखि विभिन्न पत्रिका वितरण गर्दै आएका दुई जनालाई साइकल प्रदान गरेको हो । कार्यक्रममा धरानमा विगत १५ बर्षदेखि पत्रिका ग्राहकहरुको घरमा पुर्याउदै आइरहेका ५० बर्षीय बद्री राई र उदयपुर घर भई इटहरीमा विगत ८ बर्षदेखि पत्रिका वितरण गर्दै आइरहेका कल्याण राईलाई चौतारीले साइकल वितरण गरेको हो । उनीहरु दुवै जनालाई नेकपा एमाले केन्द्रीय महासचिव शंकर पोख्रेलले चाबी हस्तान्तरण गरेका थिए । प्रेस चौतारीकी अ

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 1,232 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • माओवादीका वडाअध्यक्ष सहित एमाले प्रवेश

    धरान । नेकपा एमालेले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिब ८ सय जना एमाले प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र धरानको २ वटा वडा कमिटीका अध्यक्ष र पदाधिकारीहरु सहित नेपाली कांग्रेस लगायत अन्य दलका जिल्ला सदस्य देखि वडा सदस्यहरु समेत रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय महासचिव शंकर पोखरेल लगायत पार्टीका नेताहरुले अबिर र रुद्राक्षको माला लगाईदिदै स्वागत गरेका थिए । एमालेको शनिबार धरानमा आयोजित कार्यक्रममा माओवादी केन्द्रको धरान वडा नं १२ र वडा नं १६ का अध्यक्षसहित पदाधिकारीहरु एमालेमा प्रवेश गरेका छन् । कार्यक्

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 998 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘सरकार निर्वाचन सार्ने षडयन्त्र गर्दैछ’

    धरान । गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्रमा लागेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले आरोप लगाएका छन् । निर्वाचन ऐनको आधारमा चैत ५ गतेभित्र स्थानीय तह निर्वाचन हुनुपर्ने भएपनि गठबन्धन सरकारले चुनाव टार्न अनेक तानाबुना गरिरहेको उनले बताए । महासचिव पोखरेलले सत्तारुढ गठबन्धनले स्थानीय तहको चुनाव नगरी जनप्रतिनिधिविहिन बनाएर लोकतन्त्रविरुद्ध अघि बढेको भन्दै यो षडयन्त्रलाई जनताको बीचमा गएर दण्डित गर्ने बताएका छन् । उनले भने, ‘आयोगले एक प्रकारको सम्झौता गरी ४ जेठमा चुनाव गराउन निर्देशन दिएको छ । संसद्ले बनाएको कानुनले त झन् दुई महिना अगावै चुनाव गर्ने प्रावधान राखेको छ ।

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 794 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • माघ बाटै शुरु भयो धरानमा खानेपानी अभाव

    धरान । पर्याप्त खानेपानी वितरण गर्ने भन्दै करिब डेढ अर्बको परियोजना संचालन हुँदा पनि धरानमा अहिलेदेखि नै खानेपानीको अभाव शुरु हुन थालेको छ । वर्षौ देखि धरानमा चलिरहेको खानेपानी समस्यालाई समाधान गर्न सन २०१२ देखि शुरु भएको परियोजना सम्पन्न भई धरान उपमहानगरपालिका मातहतमा रहेको धरान खानेपानी बोर्डमा आइसकेको छ । तथापि धराने जनताले खानेपानीको अभाव भागिरहेका छन् । दैनिक २४ सै घण्टा पानी खुवाउने योजनाका साथ परियोजना सम्पन्न भएको थियो । नेपाल खानेपानी संस्थानले सुख्खा मौसममा खानेपानी खुवाउन नसकेपछि नेपाल सरकारको सहरी विकास आयोजना अन्तर्गत खानेपानी परियोजना ल्याइएको थियो । परियोजना सम्पन्न गर्न एशिया

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 1,209 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका मेयर तिलक राईद्वारा सोनाम ल्होसारको शुभकामना

    धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले तामाङ समुदायको महान चाड सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । मङ्गलबार एक शुभकामना सन्देश जारी गर्दै मेयर राईले स्वदेश तथा विदेशमा रहेका तामाङ समुदाय लगायत सम्पुर्ण नगरबासी दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् । ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता चाडपर्व आपसी मित्रता, सद्भाव र एकताको प्रतीकका रुपमा रहेका छन्,’ मेयर राईले शुभकामना सन्देशमा उल्लेख गरेका छन्, ‘यस्तो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायमा पनि

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 925 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा कांग्रेसको सक्रियता बढ्यो

    धरान । नेपाली कांग्रेस धरान उपमहानगर समितिले पार्टीलाई जनस्तरमा बलियो बनाउन वडास्तरमा पार्टीको संगठन विस्तार गर्न सक्रियता बढाएको छ । सभापति श्याम पोख्रेलले दुई साता अघिदेखि वडास्तरमा पार्टीको संगठन विस्तार गर्न थालिएको जानकारी दिए । मङ्गलबार नगर सभापति पोख्रेलकै प्रमुख आतिथ्यतामा धरान वडा नं. ८ का सहीद रत्नमार्ग, बम्जन टोल र बरपीपल चौकमा संगठन बिस्तार गरेको हो । कांग्रेसले अन्तरक्रियासँगै धरानको सबै वडामा पार्टीका टोल कमिटी बिस्तार गर्दै जाने र जनस्तरमा जनताका समस्या, गुनासा बुझ्दै बिकास निर्माण कार्यमा सक्रियता बढाउने जनाएको छ । कांग्रेस धरान उपमहानगर समितिका सचिव हिमाल श्रेष्ठले उपमहानगरप

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 1,046 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved