वराहक्षेत्र नगरपालिकाद्वारा कृषकलाई अनुदानमा स्प्रेयर टंकी, टुबवेल तथा पानी तान्ने मोटर वितरण "संगम बिस्ट"

  • असार ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले कृषकहरुलाई चार्जेवल टु ईन वान स्प्रेयर टंकी, साना सिंचाई स्यालो टुबवेल तथा पानी तान्ने विधुतिय मोटर वितरण सुरु गरेको छ ।

नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक स्विकृत कार्यक्रम अनुसार कृषकलाई ५० प्रतिशत मुल्य अनुदानमा चार्जेवल टु ईन वान स्प्रेयर टंकी वितरण सुरु गरेको हो ।1719135764896

 नगरपालिकाको कृषि बिकाश शाखामा किसानहरुले दिएको निबेदनका आदारमा आर्थिक बिकाश समितिको बैठक बसेर ९ सय ८८ जना किसानलाई चार्जेवल टु ईन वान स्प्रेयर टंकी वितरण गर्ने तय गरिएको शाखाकी प्रमुख तुलसा लिम्बुले बताईन् ।

त्यस्तै समितिको बैठकबाटै ७८ जनालाई साना सिंचाई स्यालो टुबवेल र ४४ वटा पानी तान्ने विधुतिय मोटर वितरण गर्ने समेत तय गरिएको छ ।

उक्त कार्य पनि नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक स्विकृत कार्यक्रम अनुसार भएको शाखाकी प्रमुख लिम्बुले बताईन् ।

सार्बजनिक सुचनानै आव्हान गरेर कृषक, कृषक समूह/कृषि सहकारी/कृषि फर्म हरुलाई जानकारी गराई निबेदन माग गरिएको र हाल निवेदन उपर छलफल गरि स्प्रेयर टंकी, सिंचाई स्यालो टुबवेल तथा पानी तान्ने विधुतिय मोटर प्राप्त गर्ने लाभग्राही कृषक, कृषक समूह,

कृषि सहकारी, कृषि फर्म हरुलाई सूचना प्रकाशन गरि जानकारी दिईएको शाखाका कृषि प्राबिधिक निरकुमार राईले बताए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved