वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले कृषकहरुलाई चार्जेवल टु ईन वान स्प्रेयर टंकी, साना सिंचाई स्यालो टुबवेल तथा पानी तान्ने विधुतिय मोटर वितरण सुरु गरेको छ ।
नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक स्विकृत कार्यक्रम अनुसार कृषकलाई ५० प्रतिशत मुल्य अनुदानमा चार्जेवल टु ईन वान स्प्रेयर टंकी वितरण सुरु गरेको हो ।
नगरपालिकाको कृषि बिकाश शाखामा किसानहरुले दिएको निबेदनका आदारमा आर्थिक बिकाश समितिको बैठक बसेर ९ सय ८८ जना किसानलाई चार्जेवल टु ईन वान स्प्रेयर टंकी वितरण गर्ने तय गरिएको शाखाकी प्रमुख तुलसा लिम्बुले बताईन् ।
त्यस्तै समितिको बैठकबाटै ७८ जनालाई साना सिंचाई स्यालो टुबवेल र ४४ वटा पानी तान्ने विधुतिय मोटर वितरण गर्ने समेत तय गरिएको छ ।
उक्त कार्य पनि नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक स्विकृत कार्यक्रम अनुसार भएको शाखाकी प्रमुख लिम्बुले बताईन् ।
सार्बजनिक सुचनानै आव्हान गरेर कृषक, कृषक समूह/कृषि सहकारी/कृषि फर्म हरुलाई जानकारी गराई निबेदन माग गरिएको र हाल निवेदन उपर छलफल गरि स्प्रेयर टंकी, सिंचाई स्यालो टुबवेल तथा पानी तान्ने विधुतिय मोटर प्राप्त गर्ने लाभग्राही कृषक, कृषक समूह,
कृषि सहकारी, कृषि फर्म हरुलाई सूचना प्रकाशन गरि जानकारी दिईएको शाखाका कृषि प्राबिधिक निरकुमार राईले बताए ।