धरान विजयपुरमा स्वास्थ्य शिविर

  • असार १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ शनिबार धरान–१४ विजयपुरमा पेटको रोग सम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । उक्त  शिविरमा १०४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
शिविर नेवाः पत्रकार राष्ट्रिय दवू र नेवार एकता समाज महिला समितिले आयोजना गरेको हो । शिविरमा डा.सन्दीपराज बज्राचार्यले स्वास्थ्य परीक्षण गरेका थिए । उनले नियमित ३ महिनामा चेकजाँच गर्दा बेलैमा रोग पत्ता लाग्ने बताउँदै समयमा ध्यान नदिँदा क्यान्सर सम्म हुने उल्लेख गरे ।

धरान–१४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले वडावासीलाई पेटरोग सम्बन्धी विशेष सेवा प्रदान गरेकोमा डा. बज्राचार्य लगायत सबैलाई धन्यवाद दिए । समाजका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले डा. बज्राचार्य बिपी प्रतिष्ठानमा रहेकाले बिरामीहरूलाई फलोअप गर्न सजिलो हुने बताए ।

शिविरमा बिरामीहरूलाई आवश्यक औषधी म्यानस फर्माले र बिर्तामोड डायोनोस्टिक सेन्टर एन्ड पोलिक्लिनिकले प्रेसर सुगर जाँचको सुविधा दिएको थियो । समाजले सामाजिक दायित्वका लागि शिविरको आयोजना गरेको नेवार एकता समाज महिला समिति संयोजक सुश्री विद्या शाक्यले बताइन् ।

पूजा कर्माचार्यको संयोजकत्वमा भएको शिविरमा, हरिकृष्ण श्रेष्ठ, शिला बज्राचार्य, अम्बिकादेवी श्रेष्ठ, श्याम श्रेष्ठ, वसन्त श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, राजन प्रधानले सहजीकरण गरेका थिए ।

शिविरको समापनमा डा. बज्राचार्यलाई सम्मान पत्र प्रदान गरिएको थियो । नेवाः पत्रकार राष्ट्रिय दवूले डा. बज्राचार्यबाट प्रत्येक महिनामा एक पटक स्थानीय सङ्घ संस्था समूहको सहकार्यमा स्वास्थ्य शिविरको आयोजना गर्ने योजना बनाएको दवूका अध्यक्ष मोहन श्रेष्ठले बताए ।

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

हाइवे विस्तारबाट जग् ...

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० जिरिखिम् ...

६२ प्रतिशत काम सम्पन ...

धनकुटा । तराइदेखि पहाड हुँदै हिमाली जिल्ला जोड्ने छोटो ...

शिक्षक आन्दोलनले निर ...

धरान । शिक्षा एउन जारी गर्न माग गर्दै निरन्तर आन्दोलनमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved