कोशी सरकार : मुख्यमन्त्री र मन्त्रीको प्रतिपक्षद्धारा चर्को आलोचना "एउटै पालिकामा ६० योजना"

  • असार १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

मोरंग/ कोशी प्रदेशको बजेट छलफलमा मुख्यमन्त्री र मन्त्रीहरुकोे चर्को आलोचना भएको छ। शुक्रवार रातीसम्म चलेको कोशी प्रदेश सभाको बैठकमा प्रतिपक्षी सांसदले भन्दा सत्ता पक्षीय सांसदले बजेटको आलोचना गरेका छन् ।

७ घण्टा बढी चलेको प्रदेश सभाको बैठकमा सांसदहरूले सरकारले ल्याएको बजेट मन्त्रीका क्षेत्रमा मात्र केन्द्रित भएको बताएका हुन् ।

कोशी प्रदेश सभामा सबै भन्दा लामो बैठक शुक्रवार नै चलेको थियो । बजेट माथिको छलफलमा बोल्ने अधिकांश सांसदले सरकारले ल्याएको बजेट कुनै पालिका लक्षित, मन्त्रीको घर वरिपरि र आफ्नो कार्यकर्ता रिझाउने गरी आएको भन्दो आलोचना भएको हो ।

पूर्वाधार विकास मन्त्री गणेश उप्रेतीले ३१ करोड ४५ लाख आफ्नै निर्वाचन क्षेत्रमा मात्र हालेको भन्दै सांसद प्रदेश सभा सदस्य बुद्धिकुमार राज भण्डारीले आलोचना गरे ।

सङ्घीयता विरोधीलाई पनि बजेट हाल्नु पर्ने र सङ्घीयता, गणतन्त्र ल्याउन कोलागि बन्दुक बोक्नेलाई मात्र बजेट हाल्नु नहुने भन्दै सरकारको आलोचना गरे ।

उनले रातो किताबलाई रातो किताबकै रूपमा ल्याएर समानुपातिक रूपमा विकास गर्नु पर्नेमा मन्त्रीहरूको क्षेत्रमा मात्र बजेट लगिएको आरोप लगाए । ‘प्रदेश सभा भित्र हामी दुई खालका माननीय रहेका छौँ, एउटा पचास लाखे र अर्को २ सय लाखे, उनले भने, बजेटमा विभेद किन ?’
नेवार समुदायमा लाखे नाच्ने परम्पराको स्मरण गर्दागर्दै सांसद राज भण्डारीले प्रमुख लाखे मुख्यमन्त्री भएको बताउँदै अरू ९ जना मन्त्री जामा लगाएर नाच्ने फुर्सिङको काम गरेको बाँकी सांसदलाई झ्याम्टा बजाउने, गीत गाउने, मादल ठोक्नेको रूपमा व्याख्या गरे ।

‘लाखे नचाउने क्रममा फुर्सिङहरु बाजाको तालमा नाचिरह्यो भने त्यो लाखले नचाई नै रहन्छ, यदि एउटा फुर्सिङले बिगा¥यो भनेँ लात्ताले दिई हाल्छ, पड्काई हाल्छ, उनले भने, आज मन्त्री परिषद्का फुर्सिङले बिगार्दा हामीले त्यसरी पड्काउन नसकेको हो कि?’ सामाजिक विकास मन्त्रीले एक हजार १ सय लाख लगेको र आफ्नो क्षेत्रमा २० लाख मात्र दिएको बताए ।

‘अहिले बजेट हेर्दा लाखेले फुर्सिङलाई लाति हान्न नपुगेको जस्तै देखिन्छ, उनले भने, भौतिक पूर्वाधारको अवस्था हेर्दा भौतिक पूर्वाधार मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई मात्र देख्नु भएछ, ३१ करोड ४५ लाख भौतिक पूर्वाधार मन्त्रीले आफ्नो क्षेत्रमा हाल्दा पनि लाखेको लात्ती त्यहाँ पनि पुगेन छ ।’

एउटा पालिका बराबर २० करोड बजेट गयो भनेर सार्वजनिक भई रहँदा एउटा पालिका बराबर २० करोड बजेट जाने हो भने १३७ पालिकालाई बजेट बाँड्न सरकार सक्छ? उनको प्रश्न थियो । ‘त्यति धेरै बजेट एउटै पालिकमा किन गयो त ? उनले भौतिक पूर्वाधार मन्त्री गणेश उप्रेतीको खुलेरै विरोध गरे । यसरी विकास हुँदैन उनले भने, विकासलाई सबै क्षेत्रमा पुग्ने गरी लग्नु पर्छ ।’

एउटै पालिकामा ६० योजना

भौत्तिक पूर्वाधार विकास मन्त्री हुन् नेकपा माओवादीका कोशी प्रदेश सचिव गणेश उप्रेती । उनले आफ्नो निर्वाचन क्षेत्रका दुईवटा पालिकालाई प्राथमिकतामा राखेर बजेट हालेको भन्दै आलोचना भएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत रतुवामाई नगरपालिका र सुनवर्सी नगरपालिकामा मात्र ८६ वटा योजना देखिन्छ । यसरी हालिएका योजना १० लाख देखि २ करोडसम्मका रहेका छन् । दुई करोडको एउटा योजना, एक करोडका ७ वटा योजना रहेका छन् भनेँ ९५ लाखको एउटा योजना हाल्दा ५० लाखको ६ वटा योजना उप्रेतीले रतुवामाई र सुनवर्सीमा मात्र पारेका छन् ।

योजनाहरू २० देखि २५ लाखका धेरै रहेको छ । रतुवामाईमा साना–ठुला योजनाहरू ६० वटा र सुनवर्सी नगरपालिकामा ३६ वटा योजनाहरू हालेको आर्थिक बर्ष २०८१/०८२ को कार्यक्रम पुस्तिकामा स्पष्ट देखिन्छ ।

भौतिक पूर्वाधार विकास मन्त्री उप्रेतीले आफ्नो निर्वाचन क्षेत्रलाई मात्र प्राथमिकता दिएको आरोप लागेको छ ।

सडक स्तरोन्नति, ग्राभेल, कालोपत्रे, नाला निर्माण, कल्भर्ट, पुल, झोलुङ्गे पुल निर्माण, लगायतमा मन्त्रीले आफ्ना कार्यकर्ता लक्षित बजेट हालेको आरोप नेपाली काँग्रेसले मात्र लगाएर सत्ता पक्षीय सांसदहरूले नै प्रदेश सभामा भएको बजेट छलफलको क्रममा प्रश्न उठाए ।

धनकुटाका प्रदेश सभा सदस्य इन्द्रमणी पराजुलीले अहिले सरकारले बजेट विनियोजन गर्दा ठिक तरिकाले नगरेको बताए ।

प्रदेश सभा सदस्य खड्गबहादुर बस्नेतले मुख्यमन्त्री र मन्त्रीहरूको विज्ञता माथि नै प्रश्न उठाए ।

‘कि तपाईँहरूको विज्ञता लिने साथीहरूले गलत सल्लाह दिएका छन्, विज्ञ कमजोर छन्, या तपाईँ नै त कमजोर हैन नि, उनको प्रश्न थियो, यदि कमजोर हैन भनेँ १६ सय करोड पुँजीगत खर्च हुँदा ६ सय करोड बहुबर्षिय योजनामा जान किन नसकिने ?’ मन्त्रीका निर्वाचन क्षेत्र केन्द्रित मात्र योजनाहरू किन ल्याईन्छन्, सबै निर्वाचन क्षेत्र केन्द्रित गरेर जाँदा सबै कोलागि राम्रो हुनेमा त्यस्तो हुन नसकेको बस्नेतको भनाई छ। ‘यति त गरिदिनुस् न भनेर १० लाखको योजना बनाएर दियो, पाँच लाख च्याट, पाँच लाखको योजना बनायो सबै च्वाट्ट, उनले भने, हामी चैँ भिख मगुवा हो त? तपाईँहरूलाई सधैँ भरी हजुरी गरिरहनु पर्ने, ल्याएर दिएको चिजलाई राम्रो भन्नुस् न ।’

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved