धरान/ धरान राउण्ड टेवलको आयोजना भएको राउण्ड टेवलको उपाधि म्याग्नस फार्माले हात पारेको छ । म्याग्रसले उपाधिसंगै ४१ हजार नगदसंगै ट्रफि मेडल हात पारेका थियो । विभिन्न टिमहरूको कडा प्रतिस्पर्धाबीच म्याग्नस फार्माले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको थियो । त्यसैगरी, उपविजेता वन्न सफल एन आइसि एसिया टिमले उत्कृष्ट खेल प्रदर्शन गर्दै दर्शकको मन जित्न सफल भयो। उपविजेता वनेको एनआाइसि एसियाले २१ हजार नगद पुरस्कार प्राप्त गर्न सफल वनेको थियो । प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि खेलाडीहरूलाई सम्मान गरिएको थियो। सर्वाधिक गोल गर्दै म्याग्नस फार्माका नोबेल किशोर राई ‘गोल्डेन
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारि चौथो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगितामा अन्तर्गत शनिवार भएको खेलमा वडा नं १ बिजयी भएको छ । वराहक्षेत्र नगरपालिका वडा नं. ७ स्थित वसन्तऋतु माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न खेलमा वडा नं ४ लाई टाइब्रेकरमा ६ विरुद्ध ७ गोलको अन्तरले पराजित गर्दै वडा नं १ बिजयी भएको हो । निर्धारित र थप अतिरिक्त समयमा दुवै टिमबाट १-१ गोलको वरावरी खेले पछि खेलको नतिजा टाइब्रेकरबाट लिएको थियो । जितसँगै दोस्रो संस्करणको बिजेता वडा नं १ ले प्रतियोगिताको उत्कृष्ट ६ को यात्रा तय गरेको छ । पराजित भएको वडा नं ४ भने प्रतियोगिताको
धरान/धरानमा शनिबार ‘गुलजार कविता र हामी’ शीर्षकमा आयोजना गरिएको साहित्यिक कार्यक्रममा कविता वाचन र गहिरो परिचर्चाले विशेष रौनक थपेको छ। कृष्ण पाख्रिन स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रमले साहित्यप्रेमीहरूलाई एकै थलोमा जोड्दै गुलजारका कविताको बहुआयामिक विश्लेषण प्रस्तुत गरेको हो। कार्यक्रममा बम देवान, बद्री भिखारी र नीला तामाङले परिचर्चाकारको रूपमा फरक–फरक विषयमा धारणा राखे। नीला तामाङले गुलजारका कवितामा ‘विभाजनको पीडा’ कसरी अभिव्यक्त भएको छ भन्ने विषयमा गहिरो विश्लेषण प्रस्तुत गरिन्। बद्री भिखारीले ‘प्रकृति र प्रेम’को पक्ष उजागर गर्दै गुल
धरान/ जिल्ला प्रहरी कार्यालय सुनसरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ अन्तर्गत लागू औषध कारोबार, सेवन तथा समाजमा असामाजिक गतिविधिमा संलग्न १२० जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार २०८३ साल वैशाख ९ र १० गते साँझदेखि बिहानसम्म सञ्चालन गरिएको अपरेसनमा ११५ पुरुष र ५ महिलालाई नियन्त्रणमा लिइएको हो।कारबाहीको क्रममा २६।५६ ग्राम ब्राउन सुगर र ४४ पिस ट्याब्लेट समेत बरामद गरिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएकामध्ये १५ जनालाई सुधार केन्द्र पठाइएको छ भने ७६ जनालाई सम्झाइ–बुझाइ गरी आफन्तको जिम्मा लगाइएको छ। यस्तै, २ जनाविरुद्ध लागू औषध मुद्दा दर्ता गरिएको छ भने एक
प्राधिकरणले प्राप्त गरेको विवरण अनुसार थापाथलीका सुकुमबासीमध्ये सबैभन्दा धेरै जग्गा दिनेशमान श्रेष्ठसँग रहेको पाइएको छ । काभ्रेको पाँचखाल स्थायी ठेगाना रहेका उनीसँग झन्डै १३ हजार वर्गमिटर अर्थात् करिब २५ रोपनी जग्गा रहेको देखिएको छ । उनको कारोबारको विवरण हेर्दा उनी घरजग्गा कारोबारी हुनसक्ने देखिएको प्राधिकरणले जनाएको छ । उनीसँग धनकुटाको हात्तीखर्कमा २३ रोपनी ३ आना, मकवानपुरको हाँडीखोलामा १ रोपनी १४ आना र मकवानपुरको भैंसेमा ८ आना जग्गा छ । त्यस्तै, मकवानपुरको धियाल स्थायी ठेगाना भएका चन्द्र बहादुर योञ्जनसँग ११ हजार ९३६ वर्गमिटर अर्थात् झन्डै २३ रोपनी जग्गा रहेको देखिएको छ । उनीसँग सिन्धुलीको
धरान/ धरानमा खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई जोड्दै “राउण्ड टेबल फुटसल २.o” आयोजना हुने भएको छ। Dharan Round Table 26 को आयोजनामा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो। धरानस्थित Sunegros Cafe & Restro मा आयोजित पत्रकार भेटघाटमार्फत प्रतियोगिताबारे जानकारी दिँदै आयोजकले सहभागी टोली, खेल तालिका तथा प्रतियोगिताको उद्देश्यबारे स्पष्ट पारेको हो। प्रतियोगितामा बैंक तथा कर्पोरेट क्षेत्रका८ टोली सहभागी हुने अध्यक्ष सुमित अग्रवालले जानकारी दिए । प्रतियोगिताका विजेताले ४१ हजार रुपैयाँ नगद सहित गिफ्ट भौचर प्राप्त गर्नेछ भने उपविजेताले २१ हजा
धरान/ सुनसरीको धरान उप–महानगरपालिका वडा नं. ८ गैरि टोलमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा एक युवक लागूऔषधसहित पक्राउ परेका छन्। मिति २०८३ वैशाख १० गते अपराह्न करिब ३:३० बजे अस्थायी प्रहरी पोष्ट वरगाछीबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ वर्षीय तुफान विकको घर कोठा जाँच गर्दा ब्राउन सुगर ३।९३ ग्राम पदार्थ फेला पारेको हो। बरामद गरिएको लागूऔषधसहित विकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई थप कडाइका साथ अघि बढाइएको समेत उल्लेख गरेको छ।
धरान/ खेलकुदको शहरका रूपमा परिचित धरान मा यही वैशाख १८, १९ र २० गते दोस्रो धरान खुल्ला तथा राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। धरान ब्याडमिन्टन क्लब को आयोजनामा हुने प्रतियोगिता धरान १३ मा रहेको अमरसेवा समाजस्थित कभर्ड हलमा सञ्चालन गरिनेछ। आयोजकका अनुसार प्रतियोगितामा खुला पुरुष–महिला सिंगल, पुरुष–महिला डबल्स, मिक्स डबल्स तथा भेट्रान (उमेर समूह) गरी विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ। देशभरका राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय खेलाडीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। करिब ४५० भन्दा बढी खेलाडी सहभागी हुने अनुमान गरिएको छ
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले नगर भित्र रहेका धार्मिक तथा सामुदायिक बिद्यालयका शिक्षकहरुलाई विषयगत कार्यशाला आयोजना गरिएको छ । बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ को बजेट तथा कार्यक्रम र विभिन्न विद्यालयहरूको सहयोगमा आधारभूत तह कक्षा १ देखि ८ का शिक्षकहरुका लागि विषयगत कार्यशाला आयोजना गरेको हो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उत्तम राज भारतीका अनुसार नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त कार्यक्रम आयोजना गरिएको हो । तालिममा नगरपालिका भित्र रहेका सामुदायिक तथा धार्मिक विद्यालयका शिक्षक तथा शिक्षिकाहरूको सहभागिता रहेको छ । बिहिवार र शुक्रब
विराटनगर/कोशी प्रदेशका विभिन्न क्याम्पसहरूबाट विद्यार्थी संगठनका अफिस, झन्डा, ब्यानर तथा पर्चा–पम्प्लेट हटाउन प्रहरीले सक्रियता बढाएको छ। शैक्षिक संस्थालाई राजनीतिक प्रभावबाट मुक्त बनाउने सरकारी नीति सार्वजनिक भएसँगै प्रदेश प्रहरी क्याम्पस केन्द्रित कारबाहीमा उत्रिएको हो। सम्बन्धित क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरूलाई समन्वय गरी यस्ता सामग्री हटाउन आग्रह गरिएको प्रहरीले जनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गतको कार्य विभागले क्याम्पसमा विद्यार्थी संगठनका नाममा भइरहेका राजनीतिक गतिविधि नियन्त्रण गर्न देशभरका प्रदेश प्रहरी कार्यालय तथा मातहतका इकाइहरूलाई निर्देशन दिएको थियो।