धरानमा ‘राउण्ड टेबल फुटसल २.O’ हुँदै विद्यालय सहयोगार्थ कर्पोरेट टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा

  • वैशाख ११, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानमा खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई जोड्दै “राउण्ड टेबल फुटसल २.o” आयोजना हुने भएको छ।

 Dharan Round Table 26 को आयोजनामा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो।

धरानस्थित Sunegros Cafe & Restro मा आयोजित पत्रकार भेटघाटमार्फत प्रतियोगिताबारे जानकारी दिँदै आयोजकले सहभागी टोली, खेल तालिका तथा प्रतियोगिताको उद्देश्यबारे स्पष्ट पारेको हो।

प्रतियोगितामा बैंक तथा कर्पोरेट क्षेत्रका८ टोली सहभागी हुने अध्यक्ष सुमित अग्रवालले जानकारी दिए । 

प्रतियोगिताका विजेताले ४१ हजार रुपैयाँ नगद सहित गिफ्ट भौचर प्राप्त गर्नेछ भने उपविजेताले २१ हजार रुपैयाँ नगदसहित फुड तथा गिफ्ट भौचर प्राप्त गर्नेछन्।

प्रतियोगितामा सहभागी हुन प्रति टिम १५ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

सहभागी टोलीहरूमा प्रभु बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड, म्याग्नस फर्मा प्रा.लि।, एनआईसी एसिया बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड लगायत रहेका छन्।

‘शिक्षा मार्फत स्वतन्त्रता’ भन्ने मूल नारासहित आयोजना गरिएको यस दातृभावयुक्त प्रतियोगिताबाट संकलित रकम धरानका सामुदायिक विद्यालयहरू—संयक शिक्षा आधारभूत विद्यालय, अनन्तज्योति आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय र सिलामसाक्मा बाल विकास केन्द्र—को भौतिक पूर्वाधार तथा शैक्षिक वातावरण सुधारमा खर्च गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता भोलि (शनिबार)बिहान ८ बजेदेखि धरान–१६ स्थित बिग गोर्खा फुटसल मैदानमा सुरु हुनेछ। कुल ७ खेल हुने प्रतियोगितामा प्रत्येक खेल १५–१५ मिनेटको हुनेछ भने एक टोलीमा १० खेलाडी रहने र ५ खेलाडी मैदानमा उत्रने व्यवस्था गरिएकोअग्रवालले जानकारी दिए । 

प्रतियोगिताको विशेष आकर्षणका रूपमा मुख्य खेलअघि सहयोग प्राप्त विद्यालयका छात्र–छात्राबीच मैत्रीपूर्ण खेल पनि आयोजना गरिनेछ। विशेषगरी छात्राहरूलाई प्रोत्साहन गर्न १२ जना बालिकाको सहभागितामा विशेष खेल हुने आयोजकले जनाएको छ।

यसैबीच प्रतियोगिताको बिजेता तथा उपबिजेतालाई पुरस्कार वितरण र समापन समारोह धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले गर्ने आयोजकले जानकारी दिएको छ।
आयोजकका अनुसार विगत एक दशकदेखि संस्थाले सरकारी विद्यालयहरूको पूर्वाधार सुधारमा निरन्तर काम गर्दै आएको छ।

यस फुटसल प्रतियोगिताले खेलकुदसँगै सामाजिक सेवाको सन्देश प्रवाह गर्दै कर्पोरेट क्षेत्रबीच सहकार्य र सहयोगको भावना अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved